भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको ३० औं बार्षिक साधारण–सभा एवम् १० औं अधिवेशन एवं युवा उद्यमी मञ्चको दोश्रो साधारण–सभा एवम् प्रथम अधिवेशनबाट महिला उद्यमी मञ्चमा पार्वती सुवेदी र युवा उद्यमी मञ्चमा सुरेन्द्र कार्कीको नेतृत्व नयाँ कार्यसमिति चयन भएको छ ।

महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल र युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरेको संयुक्त अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहनु भएको थियो भने, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठा, निवर्तमान अध्यक्ष भेषराज दुवाडी विशिष्ट अतिथि रहनुभएको थियो ।

भेलाले निर्वाचन कार्यतालिका अनुसार ०७८/०८० दुई वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको थियो । नवनिर्वाचित महिला उद्यमी मञ्चको अध्यक्षमा पार्वती कुँबर, उपाध्यक्षमा सृजना सोती, सचिवमा दक्षिणा गैह्रे न्यौपाने, कोषाध्यक्षमा सरिता खनाल पौडेल, सदस्यहरुमा अम्बिका धिताल, राधा शर्मा, सुमित्रा दाहाल, गीता ढकाल रहनु भएको छ । त्यस्तै युवा उद्यमी मञ्चको कार्यसमितिको अध्यक्षमा सुरेन्द्र कार्की, सदस्यहरुमा मुक्तिनाथ पोखरेल, अनिष पौडेल, अश्विन गोले, रमेश पौडेल, सरोज बाबु घिमिरे रहनुभएको छ ।

कार्यक्रममा युवा उद्यमी मञ्च अन्तर्गत युवा उद्यमी पुरस्कार युवा उद्यमी मुक्ति पोखरेललाई, युवा उद्यमी मञ्चका अध्यक्षद्वारा प्रदान गरिएको अध्यक्ष पुरस्कार युवा उद्यमी भरत दवाडीलाई र महिला उद्यमी मञ्च अन्तर्गत महिला उद्यमी पुरस्कार दक्षिणा गैह्रे न्यौपानेलाई, महिला उद्यमी मञ्चद्वारा प्रदान गरिएको अध्यक्ष पुरस्कार महिला उद्यमी पार्वती कुँबरलाई प्रदान गरिएको थियो ।

यसअघि सम्पन्न बन्द सत्र कार्यक्रममा चितवन महिला उद्यमी मञ्चकी उपाध्यक्ष दक्षिणा गैह्रे न्यौपाने, युवा उद्यमी मञ्चका सदस्य युवा उद्यमी मुक्ति पोखरेलले आर्थिक प्रतिवेदन प्र्रस्तुत गर्नुभएको थियो । भने युवा उद्यमी मञ्चका उपाध्यक्ष युवा उद्यमी सुरेन्द्र कार्की, महिला उद्यमी मञ्चकी उपाध्यक्ष पार्वती सुवेदी कुँबरले बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।







