• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं/साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५९ औ वार्षिकोत्सव मनाएको छ । कर्पोरेशनले भाद्र २७ गते आईतबार आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा कर्पोरेशनका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको सभाध्यक्षता माझ आयोजित कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारी लगायत सिमित कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो अवसर माझ कार्यक्रम समारोहलाई सम्बोधन गर्दै कर्पोरेशनका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले अत्यावश्यकिय दैनिक उपभोग्य वस्तु नुनको कारोबारसँगसँगै सेवा विविधीकरण मार्फत कर्पोरेशनले अनवरत रुपले आम जनताको सेवा गर्दै आउने क्रममा स्वर्ण इतिहास लेख्न सफल भएको बताए ।

    Advertisement

    अध्यक्ष श्रेष्ठले कर्पोरेशनले अत्यावश्यकिय वस्तुहरुको आपुर्तीलाई सहज बनाउदै सरकार समेतको जिम्मेवारीलाई वस्तुनिष्ठपुर्वक निभाउदै आएको स्पष्ट पारे । साथै उनले सरकारको निर्देशनलाई पालना गर्दै आम उपभोक्ताको हितमा समर्पित रहेको उल्लेख गरे । मानन्धरले कर्पोरेशनलाई विश्वासपुर्वक जिम्मेवारी प्रदान गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उसैगरि सरकार र आम उपभोक्ताको मन जित्दै अगाडि बढने प्रण गर्दै सोको विश्वास दिलाउन चाहेको बताए । त्यसैगरि उनले समारोह माझ पुरस्कार प्राप्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै केही महिना अघि मृत्‍युवरण गरेका कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको निधनले मर्माहत तुल्याएको बताए । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेशनका संचालक समिति सदस्य तथा वाणिज्य मन्त्रालयका सहसचिव प्रेम कुमार श्रेष्ठले साल्ट ट्रेडिङले आम उपभोक्ताको हकहितलाई मुखरित गर्दै आएको जिकिर गर्दै आगामी दिनमा आफ्नो उदेश्य प्राप्ती गर्दै जाओस भन्ने शुभेच्छा प्रकट गरे । श्रेष्ठले नेपालमा नुनको आपुर्तीको सुनिश्चित नभईरहेको स्थिती माझ नुनको कारोबार गर्ने उदेश्यका साथ कर्पोरेशनको स्थापना भएको र यसले जनस्वास्थ्यसँग सरोकारीत आयोडिनयुक्त नुनको आपुर्तीलाई नेपाल भर नै पुर्याउने जिम्मेवारीलाई वहन गर्ने क्रममा महत्वपूर्ण योगदान पुर्याएका कारण स्वास्थ्य समस्या निराकण गर्न सहज भएको उल्लेख गरे । साल्ट ट्रेडिङ नुनको कारोबार गर्न सक्षम छ भनेर मन्त्रालयले यस संस्थान मार्फत मात्रै नुनको बिक्री वितरण गर्न पाउने कार्य गरि काम कार्वाही अगाडी बढाएको जानकारी समेत उनले दिए ।

    संचालक समिति सदस्य तथा सह सचिव श्रेष्ठले देश भर संजाल रहेको साल्ट ट्रेडिङको सबल पक्ष भनेकै चुस्त व्यवस्थापन रहेको जिकिर गर्दै कर्पोरेशनले आगामी दिनहरुमा समेत सफलता प्राप्त गर्दै जाओस भन्ने शुभकामना व्यक्त गरे । त्यसैगरि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उपभोक्य बस्तुको कारोबार गर्ने उदेश्य सहित स्थापना भएको कर्पोरेशनले सरकार र आम उपभोक्ता बीचमा सेतुको काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय सेवा वीविधीकरणको नीति सहित बढि भन्दा बढि जनताहरुलाई लाभ पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको बताईन् । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आपुर्ति र वितरणको क्षेत्रमा सकृय रहदै कर्पोरेशनले सेवा प्रवाहलाई उपभोक्ताको हितमा केन्द्रित गरेको उल्लेख गर्दै कोभिडको समयमा पनि सेवालाई निरन्तरता दिईएको जानकारी दिइन् । श्रेष्ठले कर्पोरेशनले कृषि विकासमा योगदान पुर्याउने हेतु अनुदानितका अलवा गैर अनुदानित मल समेत बिक्री वितरण गरेको बताईन् । उनले अझै खुला रुपमा कार्यक्रम गरिहाल्ने स्थिती नरहेकाले कर्पोरेशनको वार्षिकोत्सवलाई थोरै उपस्थिती माझ आयोजना गरिएको जिकिर गर्दै पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्दै कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको निधन प्रति गहिरो शोक व्यक्त गरिन । सोही अवसर माझ गत बर्ष र यस बर्षको बालहितकारी पुरस्कार, हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कार, इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कार, अनङमान शेरचन एवम् लोकनाथ जोशी छात्रब्रित्ती प्रदान गरिएको थियो भने बिस बर्ष सेवा अवधी पुरा गरेका कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । समारोह माझ हालै दिवंगत कर्पोरेशनका संचालक समिति सदस्य किर्तीकुमार जोशीको स्‍मृतिमा मौन धारणा गरिएको थियो ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.