• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कांँग्रेसको महाधिवेशनमा जो आए पनि कांँग्रेस आउने हो, रुख आउने हो : प्रवक्ता हेमन्त बास्तोला ‘विश्व’


  •   शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
  • प्रजातान्त्रिक योद्घा महामानव वि.पि.कोइरालाले २०१० साल कात्तिक १० गते नेपाल तरुणदलको स्थापना गर्नुभएको यो संस्था नेपाली कांँग्रेसको भातृसंगठन मध्ये सबैभन्दा जेठो सस्था हो । १०४ वर्षको जहानिया राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशिल बनाउने, युवा सरोकारका मुद्दालाई मुर्तरुप दिने साथै नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ तरुणदल स्थापना भएको हो । देशभर तरुणदलको सञ्जाल रहेको छ । २००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडागरेको मुक्तिसेनाको प्रजातन्त्र स्थापना पश्चात बिघटन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसमा खड्किएको युवा संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरुणदलको स्थापना भएको कांग्रेस नेताहरु बताउंँछन । प्रजातन्त्र विरोधिहरु सलबलाउन थालीसकेकाले प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरुको जमाात तयार गर्ने हेतुले तरुणदल गठन गरिएको हो भन्ने आम नेताहरुको बुझाई छ । नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रुपान्तरण गर्नका लागि नेताहरुलाई दवाव श्रृजना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई तरुणदलले सहयोग पुरयाउंँदै आएको छ । नेपाली कांग्रेसको २०१२ सालमा विरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुइतिहाई सिटसहित पहिलो पार्टी बनाउन बिशेष भूमिका रहेका थियो भन्ने विश्वास गरिन्छ । त्यस्तै हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवनले अगुवाई गर्दै आएकोले पनि चितवनमा कांँग्रेसको योगदानलाई निकै चासोको रुपमा हेर्ने गरिन्छ । पछिल्लो समय युवाले हरेक संगठनको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेका बेला चितवनमा पनि कांँग्रेसका सबै भातृसंगठन उत्तिकै सक्रिय र जुझारु रहंँदै लोकतन्त्रको रक्षा र संर्वद्धनको लागि आवाज उठाउंँदै आएका छन । यसै शिलशिलामा चितवनमा तरुण दलको अवस्था, भूमिका , योगदान के छ र तरुणदलले कसरी पार्टीलाई सहयोग गर्दै आएको छ लगायत १४ औं महाधिवेशनलाई लक्षित गर्दै युवा तथा जुझारु नेता एवं तरुणदलका प्रवक्ता हेमन्त बास्तोला ‘विश्व’  संँग गरिएको कुराकानीको अंश ।

    Advertisement

    तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?
    वास्तवमा भन्नुपर्दा मेरो तीन पुस्ता देखिनै कांँग्रेस राजनीतिमा सक्रिय रहंँदै आएको छ । जसले गर्दा म पनि कांँग्रेस परिवार र पृष्ठभूमि हुंँर्के । मेरो राजनीतिक संस्कार र स्कुलिङ्ग नै कांँग्रेस पार्टीबाट भयो । सानैदेखि मेरो हजुरबुबा र बुबाले गर्दै आउनु भएको राजनीतिले मलाई कांँग्रेस पार्टीमा आकर्षण गर्यो । उहांँहरुले पञ्चायतकालबाट नै जिल्लाका तात्कालिन शिर्षस्थ नेताहरुबाटनै पार्टीमा योगदान गर्दै आउनु भयो । निष्ठा र इमान्दारीताको राजनीति गर्दै आउनु भयो । त्यो मार्गनिर्देशन नै मेरो लागि कांँग्रेसको राजनीतिक यात्रा बन्यो ।

    तपाईं कांँग्रेस पार्टीमा कसरी प्रवेश गर्नुभयो ?
    म सानै हुंँदा पञ्चायतकालमा भनौं बुबा कांँग्रेसको सक्रिय राजनीति गर्नुहुन्थ्यो । मेरो बुबा हाल भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विश्व प्रकाश माविको शिक्षक पनि हुनुहुन्थ्योे । शैक्षिक पेशा संँगै वहांँ साविक मंगलपुर गाविसको नेता हुनुहुन्थ्यो । त्यति बेला जिल्लाका वरिष्ठ नेता रामकृष्ण घिमिरे, टेकप्रसाद गुरुङ्ग लगायतका नेताहरुसंँगै राजनीति उहांँले गर्नुभयो । तात्कालिन समयमा कम्युनिष्ट पार्टीहरुले हाम्रो बुबालाई मरणासन्न हुने गरी कुट्थे । दुःख दिन्थे , हेप्थे, पीडा दिन्थे । त्यस्तो बेलामा मेरो बालापनको उमेरमा मैले टुलुटुल हेर्ने शिवाय केही थिएन । त्यसले गर्दा मेरो मस्तिष्कमा कम्यनिष्ट प्रति घृणा, द्धवेष जाग्यो । त्यतिमात्र होइन राज्यपक्षबाट पनि हाम्रो परिवारमाथि धेरै धरकपड भयो । प्रहरीले हाम्रो घरमा आएर पटक पटक धेरै दुःख दिन्थे ।
    म जब ठूलो हुदै गए मलाई कांँग्रेस प्रति ठूलो सद्धभाव , आत्मियता जाग्यो । मलाई बालमष्तिष्कमा कांँग्रेस नशा नशामा पुगेजस्तो भयो । म स्कुल पढ्दापनि घरमा विपिका पुस्तकहरु हुन्थे । मै ती किताबहरु अध्ययन गरे । विपिका विचारले पनि मलाई कांँग्रेसमा प्रवेश गर्ने हुटहुटी जाग्यो । तपाई भन्नुहुन्छ भने म पार्टीमा क्रियाशील सदस्यता लिएको नै १६ बर्ष पुग्यो । मेरो नशा नशामा कांँग्रेस छ । काँग्रेस बाहिरी रुपबाट बनिंँदैन यो भित्री मनबाटनै, लगावबाटनै हुनुपर्छ । सच्चा कांँग्रेस बन्न घरबाटनै संस्कार र प्रशिक्षण लिनुपर्छ । यसैले म हजुरबुबाको स्कुलिङ्ग बाट बुबाले र बुबाको स्कुलिङ्ग बाट मैले कांँग्रेस पार्टीमा प्रवेश गरेको हुंँ ।

    तपाईंको कांँग्रेस पार्टीको राजनीतिक यात्रा कहिले देखि शुरु भयो ?
    मैले स्कुल देखिनै स्कुल कमिटीबाटनै राजनीतिक यात्रा शुरु गरेको हुंँ । विश्वप्रकाश माविबाटनै मैले राजनीतिक यात्रा शुरु गरेको हुंँ । म सानैदेखि कांँग्रेसको राजनीतिमा लागेको व्यक्ति हुुंँ । जो निष्ठावान राजनीति गर्न चाहन्छ ,उसले बुझेर राजनीतिमा प्रवेश गर्नुपर्छ । लहैलहैमा सच्चा काँग्रेस बनिदैन । र अर्कोकुरा निरन्तर अहिले सम्म कांँग्रेसको राजनीतिमा लागिरहेको छु । र विभिन्न राजनैतिक आन्दोलनमा मैले निरन्तर आफ्नो आवाज उठाउंँदै आएको छु । म काँग्रेसको सिद्धान्त आत्मसात गर्दै म अहिले जिल्लाको तरुणदलको प्रवक्ताको जिम्मेवारीमा छु ।

    तपाई चितवनमा कांँग्रेस भातृसंगठन तरुण दलको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ, जिल्लामा तरुण दलको अवस्था के छ ?
    हिजोका दिनहरुमा पनि चितवन जिल्लाको तरुणदल बलियो थियो । अहिले पनि तरुण थप बलियो बन्दै गएको छ । तरुणदल बलियो हुनु अहिलेको आवश्यकता पनि हो । अब हरेक संगठनमा युवाको नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता छ । तर यसो भन्दैमा सिनियर नेता तथा कार्यकर्तालाई वाइपास गर्न मिल्दैन । तरुणदल संगठनले पनि प्रमाणित गर्दछ की यो युवाहरुको समुह हो । विगतमा भन्दा अहिले तरुणदल थप मजबुत हुंँदै गएको छ । युवाहरुको यसमा आकर्षण बढ्दै गएको छ । हामी संगठन विस्तार गर्दै लगेका छौं । किनकी कुनै पनि संगठनमा जो कोही आउंँदा पनि पार्टीको, संगठनको सिद्धान्त , विचारको बारे राम्रो ज्ञान हुनु जरुरी छ । म यही स्कुलिङ्गबाट आएको नेता भएकोले पनि मेरो अनुभव, दक्षता अनुसार मैले तरुण दलका साथीहरुलाई कन्भिन्स गर्दै आएको छु । चितवनको परिप्रेक्ष्यमा भन्ने हो भने तरुणदलको अवस्था बलियो छ ।

    जिल्लामा तरुण दलले मातृ संस्था कांँग्रेस पार्टीलाई कसरी सहयोग गरिरहेको छ र अन्य भातृसंगठनको समन्वय कसरी गर्दै हुनुहुन्छ ?
    जिल्लाको कुनैपनि कार्यक्रममा, कुनै पनि आन्दोलनमा , प्रर्दशनमा हामी एकताबद्ध भएर काम गरिरहेका छौं । पार्टीलाई वा पार्टीका अन्य भातृसंगठनलाई समस्या पर्दा हामी एकै ठाउँमा उभिएर समस्या समाधन गरिरहेका हुन्छौं । पार्टीमा विभिन्न संगठन र विभिन्न तहतप्कामा साथीहरु भएपनि हाम्रो उद्धेश्य र गन्तव्य एउटै छ । हामी एक अर्काका परिपुरक हौं । र जिल्लाको हकमा कुरा गर्नुहुन्छ भने मैले तरुणदलको हैसियतले नेपाली कांँग्रेसलाई अघि बढाउन , कांँग्रेसमाथि दमन गर्नेमाथि प्रतिकार गर्न हामी पछि हटेका छैनौ । कांँग्रेस पार्टी प्रतिपक्षमा रहंँदा हामी ओलीको सरकारको निरंकुश प्रवृतिको विरुद्ध हामीले विरोध प्रर्दशन गर्यौं, आन्दोलन गर्यौं । म आफै आन्दोलनमा प्रर्दशनमा सहभागी हुंँदा प्रहरीको लाठी र बुट खाएको व्यक्ति भएकोले कांँग्रेस पार्टी सरकारमा हुंँदा या नहुंँदा पनि तरुण दलले आफ्नो संगठनको तर्फबाट सहयोग गर्न कुनै कसर बांँकी राखेको छैन । अहिले जिल्लामा कांँग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । यसमा हामीले वडास्तरदेखिनै युवाहरुको प्रतिनिधित्व गर्नुपर्छ भन्ने अभिप्रायका साथ सक्षम, उर्जाशील युवाहरुलाई अगाडि ल्याईरहेका छौं । जिल्लाका नेता तथा उम्मेदवारलाई पनि तरुणदलले निरन्तर सहयोग गरिरहेको छ ।

    काँग्रेसलाई देशभर बलियो बनाउन के गर्नुपर्ला ?
    वास्तवमा भन्ने हो भने कुनैपनि पार्टी बलियो हुनलाई त्यसका भातृसंगठन बलियो हुनुपर्छ । भातृसंगठन बलियो भएन भने पार्टी बलियो हुंँदैन । पछिल्लो समय कांँग्रेस कमजोर हुंँदै गयो भन्ने चिन्ता भईरहेको छ । जसले गर्दा हामीले अघिल्लो स्थानीय तथा संघीय निर्वाचनमा हार बेहोर्नुपरेको सर्वविदितै छ । पार्टीलाई बलियो बनाउन तल्लोतहदेखिनै प्रशिक्षण आवश्यक छ । पार्टीको सिद्धान्त र म्यान्डेट के हो ? भन्ने कुरा वडा तहबाट सिकाउनु जरुरी छ । पार्टीको सिद्धान्त विचारधारा बारे नेताहरुले कार्यकर्तालाई गहिरो रुपमा प्रशिक्षण नदिइकन पार्टी बलियो हुन सक्दैन । हामीले यदाकदा सुनेका हुन्छौं कांँग्रेस पार्टी छाडेर अर्को पार्टीमा गए भन्ने कुरा ! यो हाम्रो कमजोरी हो । हामीले त्यस्ता कार्यकर्तालाई चित्त बुझाउन सकेनौ । हामीले राम्रो संँग प्रशिक्षित गर्न सकेनौ । अर्को कुरा पार्टीमा गुट अन्र्तगुट हाबी छ । हामी भाई भाई एक अर्कामा लडिरहेका छौं । गुट र खेमा भनेर एक अर्कामा आग्रह , पूर्वाग्रह राखेका छौं । कुण्ठा पालेका छौं । जबसम्म यी कमजोरीलाई सुधार्दैनौ हाम्रो पार्टी संगठन बलियो हुन सक्दैनौं । छोटकरीमा भन्ने हो भने गुटको अन्त्य गरेर सबै सिंगो कांँग्रेस पार्टीमा गोलबन्द हुन आवश्यक छ ।

    जिल्लाको वडा देखि जिल्ला तहको अधिवेशनमा तपाईको भूमिका के छ ?
    हामी तरुणदलले चाहे हाम्रो माउ पार्टी होस या भनौं अन्य भातृसंगठन होस सबैलाई सहयोग र समन्वय गरिरहेको छ । म तरुणदलको प्रवक्ता र सक्रिय सदस्य भएकोले पार्टीका हरेक गतिविधिमा चासो र चिन्ता हुन्छ नै । अहिले १४ औं महाधिवेसनको प्रक्रिया चलिरहेका बेला मैले र हाम्रो तरुणदलले गर्नुपर्ने भूमिकामा कुनै कमी कमजोरी हुन दिएको छैन । शायद तरुणदलको यो सक्रिय भूमिका भएकै कारण पार्टीमा अहिले युवाहरुलेने नेतृत्व गरिरहनु भएको छ । मेरै १५ नम्बर वडा र वडा नम्बर ७ मा को अधिवेशनका लागि कति भूमिका निभाएंँ जिल्लाका नेताहरुलाई सोध्न सक्नुहुन्छ । आखिर यो अधिवेशनमा जो आएपनि कांँग्रेस आउने हो । रुख आउने हो ।

    कांँग्रेसमा अन्तर पार्टी विवाद , संगठन भित्र विवाद भईरहन्छ , यसको समस्याको समाधान कसरी होला?
    यो सामान्य विवाद , छmलफल , भन्ने कुरा हाम्रो पार्टीमा मात्र नभई अन्य पार्टीमा पनि भईरहेको हामीले नसुनेको , नदेखेको होइनौ । यो आन्तरिक कलह , असमझदारीलाई हामीले पार्टीभित्रै मिलाउन सक्नुपर्छ । हामीले सबै तहतप्कालाई समानुपातिक ढंगले मिलाएर लैजान सक्नुपर्छ । अर्को कुरा पार्टी कसरको योगदान र भुमिका कस्तो छ । उसको पार्टी संगठनमा सक्रियता कत्तिको छ । उसले पार्टीलाई कत्तिको सहयोग गरिरहेको छ र उ कुन पृष्ठभुमिबाट आएको हो । सो को आधारमा मुल्यांकन हुनुपर्छ । यी कुराहरुलाई अक्षरस पालना गर्दै जाने हो भने यस्ता साना तिना समस्या सल्टिहाल्छ ।

    तपाईले तरुणदल मा रहेर राजनीति मात्रै नगरीकन अन्य सामाजिक काम के के गर्नु भएको छ ?
    तरुणदल एउटा पार्टीको मात्र भातृसंगठन होइन यो हरेक युवाको मुटुको ढुकढुकी हो । पार्टीको मेरुदण्ड हो । तर यति भनेर मात्रै हामी हाम्रो दायित्वबाट पन्छिन सक्दैनौं । तरुणदलले सामाजिक कार्यामा पनि उत्तिकै सक्रियता देखाउंँदै आएको छ । चाहे भुकम्प होस। बाढी पहिरो किन नहोस हामीले हाम्रो तर्फबाट सहयोग गरिरहेका छौं । त्यस्तै कोभिडको बेलामा पनि मेरै संयोजन र समन्वयमा विभिन्न ठाउंँ , टोल , अन्य सामाजिक संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्यौं । यही कोभिडको समयमा जिल्लाका अस्पतालमा रगतको अभाव कम हुन नदिन मैले मेरै नेतृत्वमा मंगलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरयौं जहांँ २३४ जनाले रक्तदान गर्नु भएको थियो ।

    तपाईको नेपाली कांँग्रेसको राजनीतिमा भविष्यमा के योगदान हुनेछ ?
    मेरो सारा जीवन अब नेपाली कांँग्रेसमै समर्पित हुनेछ । मैले मेरो बुबाको सपना पुरा गर्ने ममा अभिभारा छ । चाहे म पार्टीको जुनसुकै संगठनमा भएपनि पार्टीलाई सहयोग गर्न तयार छु । भवियष्मा पार्टीले , संगठनले, जनताले मेरो कामको, भुमिकाको र सक्रियताको मुल्यांकन गरी जुन पद तथा जिम्मेवारी दिन्छ म त्यो पार्टीको चेन अफ कमाण्ड अनुसार शिरोधार्य गर्नेछु । भविष्यमा कांँग्रेसलाई एक ढिक्का बनाएर सधैभर देशमा एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने मेरो धोको छ ।

    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.