नारायणगढ/लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको आयोजनामा चार्टर प्रिन्जेन्टेसन एन्ड तिज फेलोसिप कार्यक्रम सम्पन्न भयो । लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष लायन सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न चार्टर प्रिन्जेन्टेसन एन्ड तिज फेलोसिप कार्यक्रममा लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५बि का डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि लायन भट्टले लायन दिदीबहिनीहरुले तीजको पूर्वसन्ध्या पारेर भेटघाट एवं फेलोसिप कार्यक्रम गरेकोमा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले लायन दिदीबहिनीहरुको यस फेलोसिपले नेपाली महिला दिदीबहिनीबीच सहकार्य, सम्बन्ध स्थापित र एकअर्कामा घुलमिल हुने वातावरण सिर्जना भएकोले आगामि दिनहरुमा समेत यस्ता खाले कार्यक्रमहरु गर्दै अगाडि बढ्न प्रेरित गर्नुभयो ।


कार्यक्रममा डिष्ट्रिक एजुकेटिभ चिफ एवं लायन्स क्लव अफ नारायणगढ पुष्पाञ्जलीका एक्सटेन्सन चियर पर्सन दिननाथ न्यौपाने, रिजन चियर पर्सन लायन दुर्गालक्ष्मी श्रेष्ठ, डेपुटी चिफ लायन शंकर नेपाल, एरिया चिफ लायन वालगोपाल चुके, रिजन चियर पर्सन लायन विनिता नेपाल, जोन चियर पर्सन हरिकुमार राजभण्डारी, लायन्स क्लव अफ नारायणगढ पुष्पाञ्जलीकी संस्थापक अध्यक्ष लायन कल्पना थपलिया पाठक लगायत लायन्स क्लव अफ नारायणगढ पुष्पाञ्जली र लायन्स क्लव अफ नारायणगढ लालीगुराँसका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।




