• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

आफ्नो इकाइमा आफू नै कांग्रेसको साझा उम्मेदवार हुँ भन्ने प्रेम थापा को हुन् ?


  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
  • काठमाडौ /नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारी घोषणाको लहर नै चलेको छ । लामो समयदेखि पार्टीमा रहेर सक्रियता देखाएका नेताले नेतृत्व लिन पाए हुन्थ्यो भन्ने चाहना गर्दै आएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका –४ मा इकाई सभापतिमा प्रेम थापाले उम्मेदवारी दिने बताएका छन् । उनले आफू कांग्रेसको साझा उम्मेदवार भएको दाबी गरेका छन् । ‘ म गुटसुटको विश्वास गर्दिन, म सभापति हुन योग्य छु, सबैले मतलान गर्नुहुन्छ भन्ने लाग्छ’ उनले भने ‘पार्टीमा विभिन्न समूहका नाममा देखिएको आपसी द्धन्द्धले कसैलाई फाइदा गर्दैन, म कांग्रेसलाई हाँक्न सक्छु यति बुझे भइगयो नि ।’ उनले आफू राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व पनि भएको स्पष्ट पारेका छन् । उनले पार्टीका लागि त जस्तोसुकै भूमिका पनि खेलेका छन् तर त्योभन्दा बढी उनी सामाजिक रुपमा सक्रिय छन् । जहाँ बसेर काम गरे पनि आफू सफल भएको बताउने उनी भन्छन् ‘मैले आजसम्म कसैलाई पनि घाटा हुने काम गरेको छैन, समाजका प्रत्येक विकास निर्माणमा मेरो सक्रियता रहेको छ ।’ यो इकाइमा ४ सय ३ मतदाता रहेका छन् । उनी २०४९ सालदेखि सक्रिय रुपमा राजनीतिमा लागेका हुन् ।

    Advertisement

    उनी नेपाल तरुण दलको नगरपालिकाको निर्वाचित अध्यक्ष हुन् । हिजोको दिनमा नगर अध्यक्ष हुने बेलामा पनि आफूविरुद्ध अनेक षड्यन्त्र भए पनि निर्वाचन जितेको उनको भनाई छ । ‘मलाई मेरो व्यक्तित्व देखेर आरिस गर्नेहरु धेरै छन्, खुट्टा तान्ने प्रवृत्तिले मलाई पनि अप्ठेरो पारेको छ तर म सफल भएरै निस्केको छु’ उनले भने ‘अहिले मैले इकाई सभापतिको उम्मेदवारी दिइरहँदा पनि धेरै मान्छे अत्तालिएका छन्, मलाई हराउनुपर्छ भनेर लागेका छन् तर मलाई कुनै डर छैन ।’ उनले अहिलेसम्म आफूले पार्टीमा र समाजमा गरेको योगदानको कदर हुने बताएका छन् । उनी ब्रम्हदीप यूवा क्लवका पूर्व अध्यक्ष, डाँछी भद्रवास खानेपानी तथा सरसफाईको सचिव हुन् । प्रष्ट विचार राख्दै आएका उनी आफ्नो उम्मेदवारीबाट पछि नहट्ने बताउँछन् । ‘मेरो उम्मेदवारी परेपछि जित्छु भन्ने लागेर धेरै नेताले आफ्नो पक्षमा सर्वसम्मति गरौं भनिरहेका छन्, म निर्वाचित नै भएर आउँछु भनेको छु’ उनले थपे ‘ मेरो नेतृत्वमा कांग्रेस आएपछि पार्टीलाई कस्तो बनाउनुपर्छ भन्ने मलाई थाहा छ, उदाहरणीय कांग्रेस बनाउने योजनामा कसैले पनि बाधा खडा नगरोस् ।’ उनले आफू इकाई सभापति भएपछि पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीलाई देश विकास र सामाजिक कार्यमा सक्रिय गराउने, पार्टीप्रति आकर्षण ल्याउनेलगायतका योजना बनाएका छन् ।

    कांग्रेस जनताको माझमा लोकप्रिय पार्टी भए पनि नेतृत्वले कहिलेकाहीँ गरेका गलत गतिविधिको विषयमा उनलाई चिन्ता छ । हिजो प्रमुख प्रतिपक्षीको रुपमा संसदमा रहँदा पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेकोमा समेत उनलाई चिन्ता छ । ‘ कांग्रेसलाई मतदान गर्न जनता तयार छन् तर कांग्रेस एजेण्डाविहीन भयो भन्ने धेरैको गुनासो छ, विगतका कमजोरीलाई सच्याएर पार्टी अघि बढ्नुपर्छ’ उनले भने ‘ कांग्रेस पुरानो र ऐतिहासिक पार्टी भएकाले जनाधार बलियो छ, यसलाई व्यवस्थितमात्र गरे पुग्छ ।’ झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले कांग्रेसको विकल्प अरु नभएको उनी बताउँछन् । उनले आफू इकाई सभापति भएपछि आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै पार्टीलाई जिताउने अडान लिएका छन् । उनले युवा परिचालन गर्ने र जनतालाई आफ्नो विचारले प्रभाव पार्ने क्षमता आफूसँग भएको दाबी गरेका छन् । पार्टीलाई बलियो बनाउन र जनताको माझमा कांग्रेस नै एकमात्र विकल्प हो भन्ने पुष्टि गर्न पनि आफू सभापति हुनुपर्ने उनले स्पष्ट पारेका छन् ।

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.