• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुर महानगरपालिकामा पिपिपी मोडेलमा ‘भरतपुर मेट्रो प्लाजा’को निर्माण सुरु, ३ वर्षभित्रै सञ्चालनमा

"चितवनको विकास राष्ट्रको विकासको मोडल बन्ने प्रचण्डको दावी "

  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरमा निजी क्षेत्रको सहकार्यमा निर्माण गर्न लागिएको भरतपुर मेट्रो प्लाजाको शिलान्यास भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भवनको शिलान्यास गरे ।
    सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता महानगरसँग भएको छ । भरतपुर महानगर र आर्या बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिबीच गत साउन २४ गते सम्झौता भएको हो । आर्या बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए ।

    Advertisement

    उनका अनुसार यो भवनमा चिड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट क्यासिनोलगायतका संरचनाहरु रहने छन् । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाइको भवन बन्ने छ । उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । महानगरको भरतपुर–३ स्थित नारायणगढ लायन्सचोकमा रहेको साढे ११ कठ्ठा जग्गामा करिब २ अर्ब लगानीमा भवन निर्माण हुन लागेको हो ।

    बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि ः प्रचण्ड

    कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर मेट्रो प्लाजा चितवन भरतपुरका जनताको चेतना, संस्कार र सम्यतालाई प्रतिबिम्बित गर्ने प्रोजेक्ट भएको बताए । यसले दिने सन्देश पनि बहुआयामिक हुने उनको भनाइ छ । यसको निर्माणसँगै यसले  चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित गर्ने बताउँदै दाहालले यो मोडल देशकै लागि नमुना मोडलको रुपमा विकास हुने दाबी गरे  ।

    निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग नगर्दासम्म देशको विकास नहुने बताउँदै दाहालले देशको विकासलाई तीव्रता दिन निजी क्षेत्रको साधन स्रोत र क्षमतालाई राज्यले सदुपयोग गर्न अलि छाती ठूलो बनाएर मुठी खोलेर उदार मन बनाउनुपर्ने तर्क गरे  । बिगतमा निजी क्षेत्रप्रति राज्य उदार नभएकाले विकास नभएको र अब राज्य निजी क्षेत्रका हकमा धेरै उदार हुने र यसले गर्दा देशमा ठूला ठूला प्रोजेक्टहरु सञ्चालन हुने उनको भनाइ छ । यो महानगरमा विकासको प्रचुर सम्भावना भएको बताउँदै दाहालले यसलाई समयमै निर्माण गरी थप नयाँनयाँ गौरवका आयोजनाहरु पनि अब सरकारले अगाडि बढाउने दाबी गरे ।

    यो परियोजना सार्वजनिक निजी साझेदारीको नयाँ सन्देश भएको र यो शिलान्यास गर्न पाउँदा गर्भ लागेको उनको भनाइ छ । आफनो बाँकी जीवन समाजवाद उन्मुख विकासका लागि प्रयोग गर्ने पनि दाहालले बताए । दाहालले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना भएको र चाहनाअनुसार नयाँ फड्को मार्ने दावी पनि गरे । विकासको मुहार फेर्न सबै एकजुट हुनुको विकल््प नभएको पनि दाहालको भनाइ छ ।

    महानगरको विकासको संकल्पलाई अगाडि बढायौँ  ः मेयर दाहाल

    कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाले आधुनिक सहरको सोच बोकेर आफुहरु अगाडि बढेको र महानगरमा धेरै विकास भएको बताइन् । आफूहरु निरन्तर सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको उनको भनाइ थियो । आफू र आफनो टिम निर्वाचित भएर आउँदा  अवसरसँगै धेरै चुनौती रहेको र ती सबै चुनौतीहरुको सामाना गर्दै हरेस नखाई महानगरको विकासको संकल्पलाई अगाडि बढाएर आएको दाहालले बताइन् ।
    अहिले महानगरपालिकाको विकास देखेर निकै गर्भको अनुभुति भएको बताउँदै दाहालले सबैको साथ सहयोग र तत्परताबाटै महानगरमा यति बिकास सम्भव भएको बताइन् । निजी क्षेत्र र यहाँका स्थानीयको राय र सुझावका आधारमा स्थानीयलाई  बिकासको साझेदार बनाएर पुर्वाधार निर्माण, ६ लेनको सडक, लिंक रोड  रिंग रोड, सिटि हल रंगशाला निर्माणलगायतका गौरवका परियोजनाहरु निर्माणमा आफूहरु अहोरात्र खटिएको उनको भनाइ छ ।
    यो भवन महानगरले पहिला आँफै बनाउने भन्ने मनसाय राखे पनि पछि निजी क्षेत्रलाई आह्वान गरेर लगानीमैत्री बातावरण बनाउनुपर्छ भन्ने राय र सुझाव आएपछि निजी क्षेत्रलाई यसको जिम्मा दिएको उनको भनाइ थियो । महानगरमा सार्वजनिक निजी प्रवद्र्धन इकाइ खडा गरेर परामर्शदाता र  निजी क्षेत्रसँग बारम्बार छलफल गरिसकेपछि यही नै उत्तम विकल्प देखापरेकाले आफूहरु यतातर्फ लागेको उनको भनाइ थियो ।

    महानगरबासीले गौरव गर्ने महत्वपूर्ण योजना स् उपप्रमुख ठकुरी

    कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरबासीले गौरव गर्ने महत्वपुर्ण योजना भरतपुरमा बन्न लागेको बताइन् । शुभकार्य र समय भएको भन्दै ठकुरीले महिलाले अवसर पाए पुरुषले भन्दा धेरै राम्रो गर्न सक्छन भन्ने कुरा भरतपुर महानगरबाट प्रमाणीत भइसकेको दाबी गरिन् । यो भवन समय अबधि भित्रै निर्माण गर्न पनि निर्माण कम्पनीलाई आग्रह गरिन् ।

    ३० वर्षमा महानगरले पाउँछ ८२ करोड

    भवन निर्माण हुनु महानगरका लागी निकै फलदायी हुने महानगरका बरिष्ठ इन्जिनिर्यस् भरतकुमार आचार्यले बताए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजस्व पाउने महानगरका वरिष्ठ इञ्जिनियर आचार्यको भनाइ छ । उनका अनुसार पहिलो वर्ष ३० लाख, दोस्रोे वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्वसहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ । उनले राजस्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए ।
    २०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए । मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने आचार्यको भनाइ छ ।
    भरतपुर महानगरले सुरुमा यो प्रकारको भवन आफँै बनाउने योजना बनाए पनि पछि आएर निजी क्षेत्रको लगानीमा डिजाइन, निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण गर्ने गरी भरतपुर मेट्रो प्लाजा निर्माण गर्ने नीति तथा कार्यक्रम तयार पारेको हो ।

    महानगरको विकासबाट सन्तुष्ट छौँ ः कांग्रेस सभापति श्रेष्ठ
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले चितवनको विकास आफूहरुले सोचेभन्दा पनि बढी भएको भन्दै मेयरसहितको टिमलाई धन्यबाद व्यक्त गरे । कांग्रेसले जहिले र जुनसुकै अवस्थामा पनि महानगरको विकासको काममा सहयोग गरिरहेको र विकासमा सबैजना एक मत भएर अगाडि बढ्नुपर्ने बताए । सत्तामा को पुग्यो ? को पुगेन ? भन्दा पनि विकास कसले कसरी गरिरहेको छ त्यो महत्वपुर्ण कुरा हुने बताउँदै श्रेष्ठले महानगरको विकासमा कांग्रेस सधैँ सहयोगी रहने बताए ।

    यस्ता परियोजना देशभर बन्नुपर्छ ? परामर्श दाता
    सार्वजनिक निजी साझेदारीसम्बन्धी परामर्श दिँदै आएको भिरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तले भरतपुर महानगरले सुरु गरेको यो परियोजना संघ प्रदेश र पालिकाहरुले अनुसरण गर्दै देशैभर यस्ता परियोजना निर्माण र सन्चालन गर्नु आवस्यक रहेको बताए ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल मेयर रेनु दाहालको नेतृत्वमा भरतपुर महानगरमा अकल्पनीय रुपमा विकास भएको बताए । उनीहरुले यो भवनले चितवनको विकासमा अर्को फड्को मार्ने दाबी गर्दै मेयर रेनु दाहालको कार्य कौशलताको खुलेर प्रशंसा गरेका थिए ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.