• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रिय संयोजक पदमा विनोद कुवँरले उम्मेदवारी घोषणा


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं /गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको क्षेत्रिय संयोजक पदमा विनोद कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । कुँवरले गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको स्थापनाकाल देखिनै संस्थापक सदस्य हुँदै दुई कार्यकाल (सन् २००९–२०११, २०१४–२०१५) अध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् । यस्तै कुँबरले अन्तरार्ष्ट्रिय समन्वय समिति सदस्य (२०१५–२०१७), एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप–संयोजक (२०१७–२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) हुदै करिव १६ वर्ष गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्य गरेका छन् ।

    Advertisement

    यसै सन्दर्भमा कुँवरले लामो समयको एनआरएनए अभियानको अनुभवसहित नेपाल बाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थप कार्य गर्ने अठोट बोकेर यसपालि गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार। गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको स्थापना काल देखिनै संस्थापक सदस्य हुदै दुई कार्यकाल (सन् २००९ – २०११, २०१४ – २०१५) अध्यक्षको जिम्मेवारी वहन गर्ने मौका प्राप्त भयो l त्यस पछी गैर आवासीय संघ अन्तरार्ष्ट्रिय समन्वय समिति सदस्य (२०१५-२०१७), एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप-संयोजक(२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुदै करिव १६ वर्ष गैर आवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रही कार्य गर्ने अवसर मलाई प्राप्त भयो l यसरी कार्य गर्ने तथा जिम्मेवारी सम्हाल्ने दौरानमा संस्थासँग एक प्रकारको लगाव पनि बढ्दै गयो र संस्थागत हितका निम्ति लगातार लागि परिरहेको छु । गैरआवासीय नेपालीहरूको अभियानमा लाग्ने क्रममा सम्पुर्ण साथीहरु तथा शुभचिन्तकहरुबाट हौसला तथा उत्साह पाउदा, यस अभियानमा लागेकोमा झनै आनन्दित र गौरवान्दित महसुस गरेको छु। लामो समयको NRNA अभियानको अनुभव सहित नेपाल वाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थप कार्य गर्ने अठोट बोकेर यस पालि गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा मैले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पद (Regional Coordinator, RC) मा उमेद्वारी दिने निर्णय गरेको छु l

    एसिया प्यासिफिक क्षेत्र आफैमा गतिशील क्षेत्र हो l विश्व अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा ओगट्ने सामर्थ्य राख्ने यो क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले वसोवास गर्ने नेपाली समुदायको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ। यस क्षेत्रका नेपाली समुदायले पछिल्लो समयको तीव्र विकासको साक्षी बन्ने विरलै मात्र पाइने एउटा अभूतपूर्व मौका पाएका छन् । गैर आवासीय अभियानको एउटा मुख्य उदेस्य नेपालको समग्र समृद्दीमा टेवा पुर्याउनु पनि हो l एसिया प्यासिफिक क्षेत्रका नेपालीको यो अभूतपूर्व अनुभव सँगसँगै ज्ञान, शिप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति लगाउन सक्नु धेरै ठुलो उपलव्धि हुनेछ भने नेपालको समग्र विकासमा एसिया प्यासिफिकका नेपाली समुदायको पनि प्रत्यक्ष सहभागिता पनि रहने छ । समग्रमा मेरो उद्देश्य नै यही रहने छ । लामो इतिहास बोकेको गरिमामय संस्था गैरआवासीय नेपाली संघ मार्फत एशियाली देशहरूमा भएका द्रुत गतिको विकास मोडलमा बर्षौ देखी सहभागी गैरआवासीय नेपालीहरूको अनुभवलाई मातृभूमिको समृद्धिका निम्ति सदुपयोग गर्नको लागि काम गर्ने कुरा यहाँहरू समक्ष अवगत गराउन चाहन्छु ।

    मेरो उमेदवारी केका लागि भन्ने प्रसङ्गमा म कुरा गर्ने भन्दा काम गरेर देखाउने मा विस्वास राख्दछु। एशियाका कुना-कुनामा रहेका नेपाली युवाहरुको आवाज, सीप, उर्जा र क्षमतालाई एकीकृत गर्दै वुलन्द र सशक्त रूपमा एनआरएनए मार्फत मातृभूमि नेपालको समृद्दिको निम्ति हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रण गरेको छु। मेरा मुख्यत चार ओटा कुरामा प्रतिवद्धताहरु छन् र यी प्रतिवद्धताहरु प्रतिवद्धतामा मात्र सीमित हुने छैनन भन्ने विस्वास पनि दिलाउन चाहन्छु l १. संस्थागत सबलीकरणको लागि नेटवर्किङ, समावेशीता, पारदर्शिता २. श्रम डिप्लोमेसी मार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिस्चितता ३. ब्रेन पुलिङ द्वारा सम्बृद् नेपालका लागि ज्ञान, सिप र प्रविधि हस्तान्तरण अभियान ४. उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवर्धन र रोजगारी सृजना मेरो यस उम्मेदवारीमा यहाँहरु सम्पुर्णको साथ, सहयोगका साथै सकारात्मक उर्जाको प्रवाह हुने छ भन्ने कुरामा विश्वस्त छु । मेरो मन बचन र कर्म संस्था अनि संस्थामा आवद्द सम्पूर्णको सर्वोपरी हितमा रहने प्रतिवद्धता जनाउदै गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनको निर्वाचनमा यहाँको अमुल्य मतको अपेक्षा राखेको छु। तपाईको मत सम्पुर्ण एशिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूको समग्र हितका लागि हुनेछ। धन्यवाद ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.