• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय उप–संयोजकमा रमेश भट्टले उम्मेदवारी घोषणा


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय उप–संयोजकमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । भट्टले आगामी कार्यकाल (२०२१—२०२३) का लागि विभिन्न प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भट्ट कतारका सफल व्यावसायी, समाजसेवी र एनआरएनका अभियन्ताका रुपमा चिनिन्छन ।

    लामो समयदेखि हालसम्म एनसीसी कतारको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रुपमा क्रियाशिल रहेक भट्ट एनसीसी कतारको स्थापनाकालदेखि नै संस्थालाई श्रममैत्रि तथा मजदुरमुखि बनाउने अभियानमा निरन्तर लागि परेका छन् । एनसीसी कतारबाट आइसीसी सदस्यमा निर्वाचित भई सफलताका साथ कार्य सम्पन्न गरिरहँदा मध्यपूर्वमा रहेका मजदुरहरुका विद्यमान समस्याहरु आईसीसीसंग समन्वय गरि सम्बोधन गर्न सकिने अनुभव संगालेको र यसलाई सहि सदुपयोग गर्नुपर्ने आवश्यकता महसुस गरि भट्टले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् । ‘एनआरएनको अभियानमा निरन्तरता दिने दृढ संकल्प सहित यहाँहरुको साथ, सहयोग र सद्भाव पाएमा आफुले संगालेको अनुभवलाई कुनैपनि कसर नराखि निस्वार्थ सेवाभावका साथ कुशलता पूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले प्रतिबद्धता व्यक्र गरेका छन् ।
    ।
    भट्टले नेपाली श्रमिकहरुको साथै व्यवसायीहरुको हकहितको लागि अहोरात्र खट्ने बताउँदै भट्टले मध्यपूर्वका बिगतदेखि थाती रहेका मुद्धाहरुलाइ सस्थागत गर्नकै निम्ति आफुले उम्मेदवारीको घोषणा उनले बताए ।
    मध्यपूर्वका एनआरएनए आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहन उनले आफ्नो प्रतिवद्धतामा व्यक्त गरेका छन् । रेमिट्यान्सको ठुलो हिस्सा मध्यपुर्वबाट भित्रिएकोले नेपालीहरुको सिप अनुसारको उचित पारिश्रमिक दिलाउने कार्यमा एनसीसीहरुसँग समन्वय गरि अघि बढ्ने उनले आफ्नो एजेण्डामा उल्लेख गरेका छन् । वैदेशिक रोजगारमा कतारलगायत खाडी राष्ट्रमा कार्यरत नेपालीहरुले अकालमा ज्यान गुमाउनु परिरहेकोले स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    भट्टले बैदेशिक रोजगारीमा कल्याणकारी कोषको बृद्धि र प्रभावकारी कार्यन्वयनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने, बैदेशिक रोजगारीमा जानेहरुका लागि जिवन बिमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवस्यक समन्वकारी भुमिका निर्वाह गर्ने, म स्विकृति, अद्यागमन, भिषा प्रमाणिकरण र मेनपावरहरुमा देखिएको अनिमियता वा झन्झटिलो प्रक्रियाहरुमा दवाबमुलक समन्वयकारी भुमिका खेल्ने।, मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्संग समन्वयकारी भुमिका खेलि सम्बन्धित देशको नियम कानुन भित्र रहि श्रमिकहरुको समस्याहरु समाधानका लागि विशेष भुमिका निर्वाह गर्ने, मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्संग समन्वय गरि नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि विशेष भुमिका निर्वाह गर्नेलगायतका प्रबिद्धता व्यक्त गरेका छन् ।

    प्रतिबद्धताहरु

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
    मध्यपूर्व क्षेत्रीय उप–संयोजक पदमा
    रमेश भट्टको
    २०२१–२०२३ कार्यकालका लागि उम्मेदवारी र प्रतिवद्धता

    आदारणीय, गैरआवासीय नेपाली दिदीबहिनी, दाजुभाई, पत्रकार तथा शुभेच्छुक साथीहरु ।

    बैदेशिक रोजगारीको सुरक्षित तथा भरपर्दाे गन्तव्यको रुपमा रहेको मध्यपूर्वका विभिन्न देशहरुमा रोजगारी र व्यवसाय संलग्न सम्पूर्ण गैरआवासीय नेपालीहरुमा महान चाडपर्वहरु विजयादशमी, शुभ दिपावली, नेपाल सम्बत, छठ, मोहनी नखः लगायत यही पर्वको सेरोफेरोमा आउने अन्य राष्ट्रिय चाडपर्वहरुको अवसरमा हार्दिक शुभकामना सहित कोभिड—१९ बाट सुरक्षित रहन आवस्यक सावधानी अपनाउन समेत सादर अनुरोध गर्दछु ।

    हालै सम्पन्न मध्यपूर्वका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिबेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु साथै २०२१—२०२३ कार्यकालका सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा आफ्नो क्षेत्रको एनसीसीको कार्यकाल सफल बनाउन आ—आफ्नो ठाउबाट सहयोग गर्नुहुनेछ भन्नेमा पूर्ण आशाबादी छु । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुमा विश्व सम्मेलन तथा महाधिवेशन सफल बनाउन यहाँहरुको सक्रिय र शसक्त भुमिका रहनेमा विश्वस्त छु ।

    म लामो समय देखि हालसम्म एनसीसी कतारको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रुपमा क्रियाशिल रहेको यहाँहरुलाई जगजाहेर नै छ । एनसीसी कतारको स्थापना कालदेखि नै संस्थालाई श्रम मैत्रि तथा मजदुर मुखि बनाउने मेरो अभियान जारी छ । म एनसीसी कतारबाट आइसीसी सदस्य मा निर्वाचित भई सफलताका साथ कार्य सम्पन्न गरिरहँदा मध्यपूर्वमा रहेका मजदुरहरुका विद्यमान समस्याहरु आईसीसीसंग समन्वय गरि सम्बोधन गर्न सकिने अनुभव संगालेको छु र यस्लाई सहि सदुपयोग गर्नुपर्ने आवस्यकता महसुस गरि एनआरएनको अभियानमा निरन्तरता दिने दृढ संकल्प सहित यहाँहरुको साथ, सहयोग र सद्भाव पाएमा आफुले संगालेको अनुभवलाई कुनैपनि कसर नराखि निस्वार्थ सेवाभावका साथ कुशलता पूर्वक जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

    सुरक्षित, मर्यादित र सम्मानित बैदेशिक रोजगार :

     बैदेशिक रोजगारीमा कल्याणकारी कोषको बृद्धि र प्रभावकारी कार्यन्वयनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने ।

     बैदेशिक रोजगारीमा जानेहरुका लागि जिवन बिमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवस्यक समन्वकारी भुमिका निर्वाह गर्ने ।

     श्रम स्विकृति, अद्यागमन, भिषा प्रमाणिकरण र मेनपावरहरुमा देखिएको अनिमियता वा झन्झटिलो प्रक्रियाहरुमा दवाबमुलक समन्वयकारी भुमिका खेल्ने ।

     मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्संग समन्वयकारी भुमिका खेलि सम्बन्धित देशको नियम कानुन भित्र रहि श्रमिकहरुको समस्याहरु समाधानका लागि विशेष भुमिका निर्वाह गर्ने ।

     मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्संग समन्वय गरि नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि विशेष भुमिका निर्वाह गर्ने ।

    उद्यमशिलता र व्यवसायीकरणमा सहजिकरण :

     समग्र मध्यपूर्वमा कार्यरत नेपालीहरुलाई प्रमुख केन्द्रविन्दुमा राखी व्यवसाय तथा उद्यमशिलताका लागि उन्प्रेरित गर्ने र सहजिकरणको भुमिका निर्वाह गर्ने ।

     आईसीसी संग समन्वय गरि स्वदेशमा लगानीका लागि तथा स्वरोजगारीको व्यवासायीकरणमा समन्वयकारी भुमिका निर्वाह गर्ने ।

     स्वदेशमा लगानीका लागि नेपाल सरकारका प्रावधान, अवसर र लगानीका सुरक्षित क्षेत्रहरुका बारेमा जानकारीमुलक कार्यक्रमहरको संयोजन गर्ने ।

    कला, संस्कृति, पर्यटन र व्यापारको प्रबद्र्धन :

     नेपाल र नेपालीको पहिचान विश्व भर चिनाउन कला र संस्कृतिलाई महत्व दिई समयानुकुल कार्यक्रमहरुको संयोजन गर्न समन्वकारी भुमिका निर्वाह गर्ने ।
    ¬¬
     नेपालको आर्थिक विकासमा मध्यपूर्वमा स्थापित राजदुताबास, आईसीसी र एनसीसी संग समन्वय गरि पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकहरुलाई नेपाल भ्रमणमा जान उत्प्रेरक कार्यक्रमहरुको समन्वकारी भुमिका निर्वाह गर्ने ।

     नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरुलाई मध्यपूर्वको बजारमा भित्राउन सम्बन्धित निकायसंग समन्वय गरि सहजिकरणका लागि भुमिका निर्वाह गर्ने ।

     विदेशी लगानी कर्ताहरुलाई नेपालमा लगानी गर्नका राजदुताबास, आईसीसी र एनसीसीसंग समन्वय गरि प्रोत्साहन मुलक कार्यक्रमहरुको समन्वयकारी भुमिका निर्वाह गर्ने ।

    अन्तमा, मध्यपूर्वमा रहनुहुने सम्पूर्ण गैरआवासीय नेपालीहरुमा मेरो अभियान र प्रतिवद्धतालाई साकार पार्न यहाँहरुको साथ, समर्थन, सहयोग, अमुल्य सुझाव र शुभेक्षाको लागी हार्दिक अनुरोध गर्दछु ।

    रमेश भट्ट
    मध्यपूर्व क्षेत्रिय उप—संयोजक उम्मेदवार

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.