रत्ननगर/श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुकुलम रत्ननगरको आयोजना मा तेह्रौ धनधान्याचल ज्ञान महायज्ञ तथा शिव महापुराण कथा वाचन कार्यक्रम सञ्चालन भईरहेको छ ।
उक्त धनधान्याचल ज्ञान महायज्ञ तथा शिव महापुराण कार्यक्रम चितवन उद्योग संघका पदाधिकारी एवं उद्योग संघका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य दुर्गाप्रसाद भण्डारी र प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले आजीवन सदस्य लिनुभएको थियो । उहाँहरुलाई गुरुकुलमका अध्यक्ष भेषराज दुवाडीले सम्मान पत्र र दोसल्लाले स्वागत समेत गर्नुभयो । कार्यक्रममा कर्मचारीहरुबाट उठेको रकम समेत वैदिक गुरुकुलमलाई हस्तान्तरण गरिएको थियो ।
उक्त धनधान्याचल ज्ञान महायज्ञ तथा शिव महापुराण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य दुर्गा प्रसाद भण्डारी, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, स्टोर किपर उमेश श्रेष्ठ, कार्यालय सहायक सावित्री पौडेलको सहभागिता रह्यो । कार्यक्रम मंसिर १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।




