• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

निरन्तरको मेहनत र लगनशीलताले उनी अहिले करोडौँ रुपैयाँको मालिक भएका छन् आनन्द घिमिरे

"गोरखा जिल्लाबाट पढ्नका लागि मधेस झरेका आनन्द अहिले २५ करोड रुपैयाँ भन्दा बढीको मालिक बनेका छन् "

  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • चितवन/ चितवनको भरतपुर–१२ का बासिन्दा आनन्द घिमिरे चितवन तथा नवलपुरका घरजग्गा व्यवसायीबीच स्थापित नाम हो । पेसा व्यवसायमा विभिन्न उतारचढाबसँगै उनीले घरजग्गा व्यवसायमा आफूलाई स्थापित गराए । उनी चितवन आउँदा रित्तो हात आएका थिए । तर, निरन्तरको मेहनत र लगनशीलताले उनी अहिले करोडौँ रुपैयाँको मालिक भएका छन् । गोरखा जिल्लाबाट पढ्नका लागि मधेस झरेका आनन्द अहिले २५ करोड रुपैयाँ भन्दा बढीको मालिक बनेका छन् । गोरखाको पालुङटार–२ मा जन्मिएका घिमिरे उच्च शिक्षा अध्ययनका लागि भन्दै विसं २०५० मा मधेस झरेका थिए । पाँच दाजुभाइ र तीन दिदीबहिनी भएका घिमिरे २०३२ भदौ ५ गते जन्मिएका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पढेको गोरखाको अमरज्योति माध्यमिक विद्यालय लुईँटेलबाट प्रवेशिका उत्तीर्ण गरी घिमिरे २०५० मा मधेस झरेका हुन् । अध्ययनका लागि उनी चितवनको नारायणगढस्थित बालकुमारी कलेजमा व्यवस्थापन संकायमा भर्ना भए ।

    Advertisement

    यसरी अध्ययनकै लागि मधेस आएका घिमिरे आज करोडपति बनेका छन् । उनका जीवनमा धेरै उतारचढाब आए । जीवनमा उनले विभिन्न पेसा परिवर्तन गर्दै अहिले घरजग्गा कारोबार गर्दै आएका छन् । चितवन आएर अध्ययन शुरु गरेसँगै उनले व्यवस्थापन संकाय र स्वास्थ्य शिक्षातर्फ सिएमए अध्ययन गरेका थिए । घिमिरे अहिले चितवन तथा नवलपुरमा कहलिएका घरजग्गा व्यवसायी हुन् । उनको आफ्नै आनन्द प्रपोटी डिलर्स प्रालि रहेको छ । भरतपुर–१२ मा रहेको कार्यालयबाटै उनले घरजग्गा किनबेचको काम गर्दै आइरहेका छन् । उनी भरतपुर–१२ का स्थानीय वासिन्दा हुन् भने अहिले उनीसँग भरतपुर महानगरपालिकाभित्र करिब ३ बिघा जमीन रहेको छ । घिमिरेले चितवन, नवलपुर तथा काठमाडौँसमेत घरजग्गाको कारोबार गर्दै आएका छन् ।

    घिमिरेको सङ्घर्ष

    चितवनको बालकुमारी कलेजमा भर्ना भएका घिमिरे केही वर्षसम्म नवलपुरको दलदलेमा बस्दै आएका थिए । चार÷पाँच वर्षको दलदले बसाइँपछि उनी चितवनतर्फ आएको बताउँछन् । उनले चितवन आएपछि औषधि पसल, प्रोभिजन स्टोर्स सञ्चालन, घरजग्गा व्यवसाय, निर्माण व्यवसायमा समेत आफूलाई परीक्षण गर्ने काम गरे । घिमिरेलाई सबै व्यवसायमा एकपछि अर्को सफलता मिल्दै गयो । तर, उनले सबै पेसाबाट आफूलाई विस्तारै बाहिर धकेल्दै घरजग्गा व्यवसायमा स्थापित बनाए ।
    चितवनको बसाईपछि उनले भरतपुर–१० स्थित अस्पताल रोडमा २०५८ मा औषधि पसल सञ्चालन गरेको बताउँछन् । उनले बालकुमारी कलेजबाट सिएमए समेत अध्ययन गरेकाले औषधि पसल सञ्चालन गरेका थिए । पढ्नका लागि मधेस झरेका घिमिरेलाई आफैले केही गर्नुपर्छ भन्ने लागेर पनि औषधि पसल सञ्चालन गरेको बताउँछन् । उनी भन्छन्, ‘महिनावारी तलब बुझ्नुभन्दा आफै उद्यमी बन्नुपर्छ भन्ने लागेका कारण औषधि व्यवसाय शुरु गरेको थिएँ ।’ औषधि व्यवसाय सञ्चालन गर्ने समय मुलुकमा संकटकाल घोषणा गरिएका कारण पनि व्यवसाय गर्दा निकै कठिनाइ भोगेको घिमिरेले बताए । ‘संकटकालमा व्यवसाय शुरु गर्दा कहिले सरकार पक्ष त कहिले तत्कालीन विद्रोही पक्षबाट निरन्तर पेलानमा पर्ने गरेको थिए ।

    औषधि पसल सञ्चालनकै क्रममा घिमिरेले २०५९ वैशाख २३ गते विवाह गरेको बताए । विवाह गरेको केही वर्षसम्म घिमिरेले औषधि व्यवसायलाई नै आफ्नो मुख्य व्यवसाय बनाए । तर, औषधि व्यवसाय सञ्चालनको तीन÷चार वर्षपछि उनको मन फेरियो । उनले भरतपुर–९ स्थित केन्द्रीय बस टर्मिनल चोकमा प्रोभिजन स्टोर्स सञ्चालन गरे । करिब २०६१/६२ प्रोभिजनल व्यवसाय सञ्चालन गर्दा चितवनमा भरखरै जग्गा किनबेच हुने लहर शुरु हुँदै थियो । घरजग्गाको कारोबार गर्ने व्यक्तिहरु घमिरेको पसलमा नियमित आउने गर्दथे । ‘मेरो पसलमा घरजग्गाको कारोबार गर्ने व्यक्तिहरु नियमित आउँदा उहाँहरुसँग मेरो सम्पर्क बढ्न थाल्यो’ घिमिरेले भने, ‘उनीहरुसँगको सम्पर्क र भेटघाटबाट घरजग्गा कारबारमा लागेँ ।’

    विसं २०६५ बाट घरजग्गा व्यवसायमा संलग्न घिमिरेले २०७३ मा घरजग्गा सम्बन्धी कारोबार गर्नेगरी आफ्नै कम्पनी दर्ता गराए । भरतपुर–१२ मा आनन्द प्रोपटी डिलर्स प्रालि दर्ता गरेर घरजग्गा किनबेच गर्न शुरु गरेपछि विभिन्न व्यक्तिसँग सम्पर्क बढ्न थालेको उनी बताउँछन् । घरजग्गा व्यवसायमा भिजेपछि उनले अन्य व्यवसाय छोडेर आफूलाई पूर्णरुपमा घरजग्गा कारोबारमा संलग्न बनाए । कम्पनी दर्तापछि घिमिरेले ठूलो जग्गा खरिद गरेर त्यसलाई योजनाबद्ध रुपमा प्लटिङ गरेर बेचबिखन गर्न थाले । कम आर्थिक अवस्था भएका र विशेष गरी खाडी मुलुकमा रोजगारमा गएका नेपालीहरुको चितवनमा घर बनाउने सपना साकार पार्नका लागि आफूले आवश्यकताअनुसारको घडेरी निर्माण गरी बिक्री गर्न शुरु गरेको घिमिरे बताउँछन् ।

    घिमिरेले घरजग्गाको कारोबार गर्दा थोरै मात्रै नाफा गरेर किनबेच गर्ने कारण उनी लोकप्रिय हुँदै गए । उनीसँग एकपटक कारोबार गरेका व्यक्ति पटक पटक घिमिरेकै सम्पर्क आउन थाले । जसको कारण सस्तोमा राम्रो जग्गा बिक्री गर्नु भएको उनी बताउँछन् । चितवनमा घरजग्गाको कारबार गरेका उनले काठमाडौँमा समेत जग्गा किनबेचको काम गर्न सफल भए । काठमाडौँको जग्गा किनबेचमा राम्रै फाइदा भएको उनी सुनाउँछन् । अहिले घिमिरेसँग चितवन र नवलपुरका विभिन्न स्थानमा बिक्रीका लागि जमीनहरु रहेका छन् । अहिले भरतपुरकै वडा नम्बर ९ वसन्त चोक नजिकै पनि घिमिरेले घडेरी बिक्रीका लागि योजना बनाएर काम शुरु गरेका छन् । कोभिडका कारण कारोबार घटेको भए पनि उनी यो व्यवसायबाट पछि हट्नुभन्दा पनि कारोबारलाई विस्तार गर्ने योजनामा छन् । उनी भन्छन्, ‘अब चाँडै नै अमेरिकामा पनि घरजग्गा कारोबार गर्ने योजना बनाएको छु । त्यहाँका मानिसहरुसँग सहकार्य गरेर काम गर्ने तयारी भइरहेको छ ।’

    कोभिडका कारण आफूले अमेरिका घरजग्गाको कारोबार विस्तार गर्न नसकेको उनको भनाइ छ । ‘कोरोनाका कारण एक ठाउँबाट अर्को ठाउँमा जानै समस्या छ’ घिमिरेले भने, ‘त्यसैले कारोबार विस्तरा गर्न पाइरहेको छैन ।’ कोभिडका कारण विदेशमा काम गर्ने नेपालीहरुको आम्दानी पनि कम भइरहेकाले नेपालमा पनि कारोबार मन्द भइरहेको उनको बुझाइ छ । नेपालमा आउने रेमिट्यान्स घटेपछि घरजग्गाको कारोबार पनि घटेको उनले बताए । कोभिड संक्रमण फैलिनु अगाडि उनी परिवार सहित छिमेकी मुलुक चीन र अष्ट्रेलियाको भ्रमणमा गएका थिए । अमेरिका जाने तयारी भइरहकै बेला कोरोना संक्रमण फैलिएपछि आफू अमेरिका जान नपाएको उनले बताए । वैदेशिक भ्रमणमा उनले आफ्नी पत्नी र छोरीलाईसमेत साथमै लिएर गएका थिए ।

    केही वर्ष अगाडि घरजग्गा व्यवसायमा मन्दी आएसँगै उनले निर्माण व्यवसायतर्फ पनि हात हालेका थिए । ए एन कन्स्ट्रक्सन प्रालि सञ्चालन गरेर निर्माण सम्बन्धीको काममा समेत हात हालेका उनले त्यो कारोबारलाई खासै अगाडि लिएर गएनन् । निर्माण सम्बन्धी उपकरण थोरै खरिद गरेका कारण निर्माण कम्पनीको काम सुस्त गतिमा अगाडि बढिरहेको उनको भनाइ छ ।

    घिमिरेले हालसम्म १५ बिघा बढी जग्गा किनबेचमार्फत एक हजार बढीलाई सेवा दिएको बताउँछन् । आफ्नो पुर्ख्यौली सम्पत्ति गोरखामा नै भएको भन्दै घिमिरेले यहाँ आउँदा घरबाट केही पनि नलिइ आएको बताउँछन् । चितवनमा जोडेको सम्पत्ति सबै आफ्नै प्रयासमा जोडेको उनको भनाइ छ । घिमिरेले आफ्नी छोरीलाई डाक्टर बनाउने भन्दै सोहीअनुसारको अध्ययनमा प्रेरणा दिइरहेको बताउँछन् । घिमिरेकी छोरी अहिले भरतपुरकै एसओएस बालग्राममा कक्षा १२ मा विज्ञान विषय पढ्दैछिन् ।

    समाजसेवामा पनि संलग्न
    घिमिरेको ध्यान सम्पत्ति कमाउनतर्फ मात्रै केन्द्रित भएन । उनले कमाएको रकमबाट केही रकम गरिबी तथा असहायहरुको लागि खर्च गर्ने गरेका छन् । घिमिरे उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, नेपाल रेडक्रस सोसाइटीका साथै विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । संघसंस्थामार्फत तथा व्यक्तिगत रुपमै भए पनि उनले समुदायमा विपन्न परिवारलाई सहयोग गर्दै आएको बताउँछन् । सामाजिक सेवामा आफूलाई संलग्न गराएकै कारण घिमिरेलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेका छन् ।

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.