भरतपुर/सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लव अफ लालीगुराँस नारायणगढले चितवन मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउन कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउने कार्यक्रममा रिजन चियर पर्सन बिनिता नेपाल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा लायन वर्ष २०१९–२०२० की अध्यक्ष हिरा श्रेष्ठ, आश्रमकी सचिव देवी आचार्य, लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी कोषाध्यक्ष लायन मञ्जु पौडेल, लायन दिपिका खड्कीलगायतको उपस्थिति रहेको थियो । आश्रममा आश्रित करीब ५० जना सहयोगापेक्षीहरुलाई खाना खुवाइएको लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक सेवामा काम गर्ने उद्देश्य अनुरुप मानव सेवा आश्रममा आश्रित सहयोगापेक्षीहरुलाई भोजन खुवाउने कार्यक्रम राखिएको लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लवले खासगरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।





