• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

क्यान्सर रोग परिक्षण सम्बन्धी तीनदिने स्वास्थ्य शिबिर


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • भरतपुर/लघुवित्तीय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल विजय लघुवित्त वित्तीय संस्थाको समन्वयमा पाल्पाको रामपुर अस्पतालमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघरको क्यान्सर तथा मुख, टाउको घाटीको क्यान्सर रोगको परिक्षण सम्बन्धी ३ दिने स्वास्थ्य शिबिर वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोग, विजय लघुवित्त वित्तीय संस्था गैडाकोटको संयोजन र आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमलाई प्रभावकारी र निरन्तर फलदायी बनाउने उदेश्यले कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको र पहिलो चरणमा रामपुर नगरपालिका भित्रका ४ वटा स्वास्थ्य चौकी तथा प्राथमिक उपचार र रामपुर अस्पतालका २० जना स्वास्थ्य कर्मीहरुलाई तालिम प्रदान गरिएको थियो भने दोश्रो चरणमा महिला तथा पुरुषहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
    कार्यक्रममा स्थानीय ५०७ जनाले सेवा लिएको र सो मध्य शिबिरमा पाठेघरको मुखको क्यान्सरको जाँच ३४८ जना, पाठेघर खसेको समस्या भएका ३१ जना, पाठेघरको अस्वाभाविक लक्षण देखिएका १३१ जना, शिबिरमा स्तनको परिक्षण गरिएका महिलाहरु मध्ये ३३८ जनाको परिक्षण गरिएकोमा ९ जनामा असामान्य अवस्था देखिएको र थप परिक्षणका लागि सिफारिस गरिएको । मुखको जाँच १७८ जनाको गराइएकोमा ८ जना उच्च जोखिममा र २ जना अति जोखिममा रहेको कुरा बीपी क्यान्सर अस्पतालका क्यान्सर रोगथाम नियन्त्रण तथा अनुशन्धान विभागका विभागिय प्रमुख भोला शिवाकोटीले जानकारी दिनुभयो । उक्त शिबिरमा आउने अधिकांश महिला भएकोले र यस क्षेत्रमा धुम्रपान मध्यपान गर्नेको संख्या अधिक भएकोले यो संख्या अधिक हुन सक्ने बताउँदै सर्तकताको आवश्यकता भएको बताउनु भएको थियो ।

    कार्यक्रमका मुख्य समन्वय कर्ता विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले विजय लघुवित्त वित्तीय कारोबार गर्ने संस्थामात्रै नभई सामाजिक सेवाका कार्यक्रमहरु समेत संचालन गर्ने संस्था रहेको र यस वाहेक लघुवित्तले महिलाहरुको क्षमताविकास, आयआर्जन तथा स्वरोजगार मुलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आई रहेको बताउनु भएको थियो ।

    कार्यक्रममा स्वागत मन्तब्य दिदै रामपुर नगर पालिकाका कार्यकारी अधिकृत बाबुराम अर्यालले लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय सेवाका अलवा सामाजिक सेवा गर्नु अत्यन्तै सकारात्मक रहेको साथै आउने दिनहरुमा पनि रामपुर नगरपालिका र वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र विजय लघुवित्त वित्तीय संस्थासगको सम्वन्धविस्तार गर्दै यस नगर पालिकाका महिलाहरुको स्वास्थ्य तथा क्षमतामा वृद्धी गर्ने कार्यहरुमा सहकार्य गर्न पाइयोस भन्दै नगर पालिकाले सदैव सहयोग गर्ने बताउनु भएको थियो ।
    त्यस्तै रामपुर अस्पतालका निमित्त मे.सु डा.विजय शर्माले कार्यक्रमको आयोजनाले प्रत्यक्ष रुपमा ५०० जना भन्दा वढी महिला तथा पुरुषहरुले लाभान्वित हुनु आफैमा सकारात्मक रहेको भन्दै पाठेघरको मुखको जाँचगर्ने तालिम नै सञ्चालन गरेकोमा आगामी दिनमा पाल्पाका स्वास्थ्य संस्थाहरुले यो सुविधा दिन सकिने हुदा अझै कार्यक्रमको औचित्य प्रभावकारी भएको बताउनु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुरका महिलाहरुको स्वास्थ्य अवस्थामा ध्यान दिदै यस क्षेत्रमा महिलाहरुका लागि आवश्यक यस शिबिरको आयोजना गर्न समन्वय गर्ने विजय लघुवित्त बित्तीय संस्था, प्राविधिक सहयोग उपलब्ध गराउने वी.पी. क्यान्सर अस्पताल भरतपुरको सहयोग रहेकै कारणले आज यस नगरपालिकाले राम्रो कार्यक्रमको आयोजना गर्न सम्भव भएको भन्दै सम्पुर्ण स्थानीय महिलाहरुलाई शिबिरवाट उचित लाभ उठाउन आब्हान समेत गर्नु भएको र आउने दिनहरुमा समेत यस प्रकारका कार्यक्रममा समन्वय गर्न विजय लघुवित्त वित्तीय संस्था र वीपी कोइराला क्यान्सर अस्पताललाई अनुरोध गर्दै जनताको सरोकार रहने यस्ता कार्यहरुमा नगरपालिकाले खुलेर सहयोग गर्ने बताउनु भएको थियो ।

    कार्यक्रमको उद्घाटन समारोह रामपुर नगरपालिकाका उपमेयर विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वीपीकोइराला मेमोरिय क्यान्सर अस्पतालका डाक्टर गम्भिर श्रेष्ठ, बरिष्ठ नर्सिङग अधिकृत अयोध्या पाठक, सिनियर स्टाफ नर्स मञ्जु शर्मा, तारा दवाडी, रामपुर नगरपालिकाभित्रका स्वास्थ्य संस्थाका प्रमुखहरु, र रामपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले सेवाप्रदान गरेको थियो । सो कार्यक्रमको सामाजिक परिचालन विजय लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत ध्रुबराज मिश्र, रामपुर शाखाका प्रबन्धक दीपक न्यौपाने, रामपुर नगरपालिकाका लेखा अधिकृत रामहरी पाण्डे, लेखा अधिकृत रेणुराज ज्ञावाली, सुचना अधिकृत महेन्द्र श्रेष्ठ, र महिला विकास निरिक्षक पुजा परियारले गर्नु भएको थियो । सो कार्यक्रमको संचालन रामपुर नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख तीर्थ राज ढुङानाले गर्नु भएको थियो । सोहि अवसरमा महीला तथा बालवालिका विरुद्धको हिंसाको सप्ताह व्यापी कार्यक्रमको समेत सेतो रिवन वितरण गर्दै समापन गरिएको थियो ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.