• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु


  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
  • रत्ननगर/करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण विदेशबाट फर्केर आएका र पैसा र धितोको अभावले बेरोजगार बनेका युवा तथा युवतीहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो । सो कार्यक्रम अञ्चालनको लागि नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक करोड रुपैया विनियोजन गरेको थियो । सो कार्यक्रम सञ्चालनको लागि २०७७ पौष १ गते नगरपालिका र नेपाल बैंक बीच सम्झौता श्रोत व्यक्ति विश्वास श्रेष्ठले जानकारी दिए ।

    Advertisement

    नगरपालिकाको एक करोड र नेपाल बैंकको साढे २ करोड गरी साढे तीन करोड लगानी गर्ने गरी बैंकसंग सम्झौता भएको छ । आर्थिक बर्ष २०७७÷७८ का विनियोजन गरेको एक करोड रुपैयाबाट १०० जना र आगामी आर्थिक बर्षको लागि विनियोजन गरिएको एक करोड रुपैयाबाट १०० जना गरी २०० जनालाई स्वरोजगार बनाउने योजना नगरपालिकाको रहेको छ । कार्यक्रम अन्तर्गत नेपाल बैंकले कर्जा लगानी गरेको छ भने त्यसको व्याज नगरपालिकाले तिर्ने छ । महिला उद्यमीका लागि ६ प्रतिशत व्याज मध्ये २ प्रतिशत नगरपालिकाले र बाँकी ४ प्रतिशत नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदान र अन्य उद्यमीको हकमा ५ प्रतिशत व्याज मध्ये ३ प्रतिशत नगरपालिका र बाँकी ३ प्रतिशत व्याज नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदानमा मिलाउने गरी नेपाल बैंक संग सम्झौता गरिएको मेयर नारायण वनले जानकारी दिए ।

    नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले १३ जनालाई चेक हस्तान्तरण गरेका छन । पहिलो चरणमा रत्ननगर १ को सौराहा गुर्मे बेकरीका सञ्चालक किशोर गिरी क्षेत्री,सोही वडाको वन्स अ टी ग्यारेजका सञ्चालक उत्सव कुँवर,रत्ननगर ३ को दुवाडी श्रृङ्गारकी सञ्चालिका शर्मिला गौतम,सोही वडाको हुमा जनरल स्टोर्सकी सञ्चालिक हुमावती गिरी, रत्ननगर ४ को इभान ब्युटीपार्लर एण्ड कस्मेटीक सपकी सञ्चालिका बबिता घर्ती मगर,रत्ननगर ५ को सुष्मा वेकरीकी सुष्मा महतो, रत्ननगर ९ को दिब्यान्स फ्रेस हाउसका सञ्चालक दिपेन्द्र चौधरी कर्जा पाएका छन् ।

    त्यसैगरी रत्ननगर ९ को सफलता वंगुरपालन फर्मकी सञ्चालिका सन्तमाया चेपाङ, रत्ननगर १० नवयुग पशुपंक्षी तथा कृषि फार्मकी सञ्चालिका राधा नेपाली, रत्ननगर १० को रत्ननगर च्याउ फर्मकी सञ्चालिका गगनमाया गुरुङ, रत्ननगर १२ को कृष्ण पशु फर्मका सञ्चालक कृष्ण क्षेत्री रत्ननगर १६ को काली बाख्रापालन फर्मका सञ्चालक बिवेक लामा र सोही वडाको खतिवडा बाख्रा फर्मका सञ्चालक कृष्णमणि खतिवडाले विना घितो,विना व्याज कर्जा पाएका छन् । सो अबसरमा मेयर वनले नगर भित्रै रोजगारी सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम सुरु गरिएको बताए । चालु आर्थिक बर्षमा १०० जना र आगामी आर्थिक बर्षमा १०० जनालाई उद्यमी बनाइने उनले बताए । कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुको सीप र पुँजिलाई स्वादेशमा लगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको भन्दै मेयर वनले पैसा र धितोको अभावले उद्यम गर्न नसकेकालाई प्राथमिकता दिइने बताए ।

    कार्यक्रममा उपमेयर दुवाडीले रकम थोरै भएपनि आफै ठाउ,आफै गाउँमा केही गर्न चाहनेका लागि उक्त कर्जा दरिलो माध्यम भएको बताइन । प्रमुख प्रशासकीय अधिकृत पौडेलले सीप,जाँगर र उत्सहा भएका र पैसा नभएर बेरोजगार बनेका युवाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम आएको बताए । यो स्थानीय सरकारले प्रदान गरेको सुनौलो अबसर हो उनले भने यसको सदुपयोग कत्तिको गर्न सकिन्छ भन्ने कुरा तपाईहरुको हातमा छ । नेपाल बैंक टाँडी शाखाका प्रबन्धक रविन्द्र गिरीले उद्यमशिलता प्रर्बद्धन कार्यक्रमको उद्देश्य र प्रक्रियाहरुको बारेमा जानकारी गराएका थिए ।

     

    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.