• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरले गर्यो नेपालमा नै पहिलो पटक स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगद सहित सम्मान र बिदाइ

"हामी निरन्तर सहयोग गर्छौ ः दाहाल "

  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • चितवन /भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो । नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले भब्य सम्मान र बिदाइ गरेको हो ।

    Advertisement

    हामी निरन्तर सहयोग गर्छौ ः दाहाल


    विगत ३५ वर्ष भन्दा बढि समय देखि लगातार सेवामा रहनुभएका आमा तथा दिदिहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले निति बनाएर एैन र कानुनमा टेकेर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
    सधै सेवामै खटिने आमा तथा दिदिहरुका लागि ५० हजार नगद खास ठुलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको र आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाको हितमा महानगर निरन्तर लाग्ने दाहालले बताइन् । उनीहरुका लागि चाडपर्व भत्ता देखि अरु कँहा के गर्न सकिन्छ आफुहरुले छलफल गरिरहेको र सहयोग गरिरहने प्रतिवद्धता जनाइन् ।
    नया पुस्तालाई आफनो ज्ञान दिनुस ः ठकुरी
    सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले नि स्वास्थ रुपमा समाजमा काम गरेका स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसि लागेको बताइन् । सेवाबाट अवकास लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन् ।
    महानगरले आगामी दिनमा पनि महानगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको हितमा धेरै कार्यहरु गर्ने पनि बताइन् ।
    सम्मान भन्ने कुरा सानो भएपनि त्यसले ठुलो महत्व राख्ने बताउदै उनले  यो सम्मानले आगामी दिनमा थप उर्जा प्रदान गर्ने बताइन् ।

    समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्न सकिन्छ ः खतिवडा


    सो अवसरमा महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले
    निस्वार्थ भावले लामो समयसम्म काम गरेका महिला आमा तथा दिदीबहिनीलाई सम्मान गर्र्नु आफैमा सार्थक कामको सुरुवात भएको बताइन् । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ । समाजमा धन सम्पति भन्दा पनि सेवाले ठुलो छाप छोड्ने हुदा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको समाजले सधै चर्चा गर्ने खतिवडाको भनाई छ ।
    स्वास्थ्य स्वयम सेबिकालाई मेरो सलाम छ ः भण्डारी
    त्यस्तै भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निस्वार्थ भावनाले आफनो कर्मलाई सधै शिरमा राखेर जनताको सेवामा समर्पित भएर हिड्ने स्वास्थ्य स्वयंसेविका प्रति आफुहरु निकै खुसि भएको बताए । महिला स्वास्थ्य स्वयंसेविकाको योगदान समाजमा उच्च रहेको उनको भनाई थियो ।
    कहि कतै एउटाले छोड्दै गर्दा अर्को स्वास्थ्य स्वयंसेविका नियुक्ती गर्दा त्यही परिवारमा पुस्ता हस्तान्तरण हुने प्रबृति पनि देखिएकाले यसको हकमा पनि स्वास्थ्य शाखाले ध्यान दिन आवश्यक रहेको पनि बताए ।
    भरतपुर महानगर २१ का अध्यक्ष चित्रसेन अधिकारीले महानगरले राम्रो कामको सुरुवात गरेको र आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने बताए ।

    हामी धेरै खुसि छौ ः सञ्जाल अध्यक्ष श्रेष्ठ


    स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताए ।
    सुनका गहना बनाउने देखि धर्म कर्म गर्ने सम्मका चाहना
    भरतपुर महानगर वडा नम्वर २७ की महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी भुषालले महानगरले नगद सहित सम्मान गरेपछि आफुलाई निकै भाग्यमानी महशुस गरेको बताइन् । उनले यो रकमले सुनको गहना किन्ने बताइन् । भरतपुर १६ मा कार्यरत लिलादेवी पौडेलले महानगरले सम्मान गरेको रकम बाट धार्मीक कार्यमा खर्चो गर्ने चाहना प्रकट गरिन् ।
    स्वास्थ्य स्वयंसेविकाको योगदान अद्भुत छ ः स्वास्थ्य अधिकारी


    भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए । अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाई हुन नचाहनेहरु पनि रहेका र उनीहरुलार्ई अर्को वर्ष बिदाइ गरिने उनकोे भनाई छ ।
    भरतपुर महानगर जनस्वास्थ्य प्रवर्धन शाखाका निमित्त प्रमुख सुर्य तिवारीले
    मात्रि मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए । ४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि महिला दिदीबहिनीहरुले निरन्तर काम गरिरहेको उनले बताइन् । बच्चा र आमाको स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाको  भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.