• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विधान संसोधन गर्दै आर्दश नारीको २८ औं बार्षिक साधरणसभा सम्पन्न


  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
  • भरतपुर/संस्थाको विधान संसोधन गर्दै आर्दश नारी विकास केन्द्रले आफ्नो २८ औं बार्षिक साधरण सभा आज सम्पन्न गरेको छ । संस्थाको विधान संसोधन गर्ने अधिकार कार्यसमितीलाई दिएको छ । संस्थाको निति, नियमावली, निर्देशिका र आचरसंहिता निमार्ण तथा परिमार्जन गर्ने अख्तियारी समेत कार्यसमितीलाई दिइएको हो । साधरणसभाले ०७६/०७७ बार्षिक र आर्थिक प्रतिवेदन पास गर्दै ०७७/०७८ को बार्षिक कार्ययोजना पारित गरेको छ । आगामी बर्षका लागि संस्थाले रु.३५ लाख ३२ हजार ३ सय ५८ अनुमानित बजेट पेश गरेको छ । आगामी बर्षको कार्ययोजना प्रस्तुत गर्र्र्दै अध्यक्ष मीना खरेलले आर्दश नारीलाई चितवनमा केन्द्रिय कार्यालय रहने गरि राष्ट्रिय संस्थाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले प्रदेश समिति गठनको तयारी भइरहेको जानकारी दिदैं यसकार्यमा सबै आर्दशका अभियन्ता लाग्न आव्हन गर्नुभयो । यस्तै गरि आर्दश फाउन्डेनको स्थापना गरिने भएको छ ।

    Advertisement

    यस्तै संस्थाले पुस्ता हस्तान्तरणका लागि आर्दश युवा समिती गठन गर्ने भएको छ । अमुल्य जिवनका लागि आर्दशको साथ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै लैगिंक तथा घरेलु हिंसा प्रभावितलाई लक्षित गरि मनोसामाजिक परामर्श हेल्प डेक्स निर्माण गरिने भएको छ । द्धन्द्धप्रभावितहरुको क्षेत्रमा जीवीकोपार्जन सुधारका लागि विभिन्न आयआर्जन र सीपमुलक कार्यक्रम सञ्चालन गरिदैंछ । यसैगरि आर्दश आवाज नामक बुलेटिन प्रकाशन, वेवसाइट व्यवस्थापनमा जोड दिइएको छ । संस्थाले आफ्ना नियमित कार्यक्रममा निरन्तरता दिदैं दिवसिय कार्यक्रमलाई थप प्रभावकारी रुपमा मनाउने भएको छ ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष उषा खरेल सुवेदीले संस्थाको गरिमालाई थप उचाईमा पुर्याउन आफु हरपल लाग्ने प्रण गर्नुभयो । उहाँले महिलाहरुको न्याय र अधिकारको सवालमा संस्थाले ससक्त रुपमा आवाज उठाउंदै आएको बताउंदै अध्यक्ष मीना खरेलको नेतृत्व र सक्रियताले आफुहरुलाई काममा थप उर्जा मिलेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा बोल्दै बक्ताहरुले आर्दश नारी विकास केन्द्र सामाजिक क्षेत्रमा ब्रान्ड बनिसकेको बताए । प्रमु्ख अतिथि अधिबक्ता फुलमाया रानाभाटले इतिहास बोकेको यस संस्थाको साखलाई जोगाइराख्नुपर्ने बताउनुभयो । उहाँले आर्दश नारी समाजको कुरिती र विसंगतिका विरुद्ध खरो रुपमा उत्रिएको स्मरण गर्दै हिंसा प्रभावित महिला दिदीबहिनीहरुको न्यायका लागि खेलेको भुमिका प्रसंसायोग्य भएको बताउनुभयो । पछिल्लो समय संस्थाले सामाजिक जागरण संगै आचरण सुधारका लागि आध्यात्मिक कार्यक्रमलाई समेट्नु खुसीको कुरा भएको उहाँको भनाई थियो ।
    यस्तै सल्लाहकार एवं रेडक्रसकर्मी विदुर केसीले समाज रुपान्तरणमा संस्थाले खेलेको भुमिकाको उच्च सम्मान गर्नुभयो । आर्दशको काम सामाजिक रुपान्तरणको अग्रणी स्थानमा भएपनि प्रचारप्रसार नगरिदाँ राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा यसका गतिविधि पुग्न नसकेको उहाँको भनाई थियो ।
    अधिकारकर्मी डाक्टर नर्मता पाण्डेले आर्दशको महत्वपुर्ण सवल पक्ष नै पारदर्शिता भएको बताउदै यसलाई जोगाउंदै राष्ट्रिय स्तरमा अभियान चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो । यस्तै आर्दश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त कडेलले आर्दशले सञ्चालन गरेका कार्यक्रमहरुले समाज सुधारमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । संस्थाका अध्यक्ष मीना खरेलको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि संस्थाको कानुनी सल्लाहकार अधिवक्ता फुलमाया रानाभाट हुनुहुन्थ्यो । संस्थाको बार्षिक प्रतिवदेन सचिव देवी सुवेदी पृथ्वी र कोषाध्यक्षको प्रतिवेदन लेखा अधिकृत सिर्जना पाण्डेले प्रस्तुत गनुर््भएको हो । कोभिडका कारण पदाधिकारीहरु सामाजिक दुरी कायम गरि भौतिक रुपमा उपस्थित भएका थिए भने सदस्य सल्लाहकार संरक्षक भच्र्चुअल माध्यमबाट जोडिएका थिए ।

    आइतबार, असार २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.