• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

बच्चा छाडेर विदेश जान खोज्ने महिललाई अनुमती नदिने


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • रत्ननगर/ रत्ननगर नगरपालिकाको नवौं नगर सभा बजेट,नीति तथा कार्यक्रम सहित १७ वटा महत्वपूर्ण प्रस्ताब पारित गर्दै शुक्रवार समापन गरिएको छ । यही असार ६ गते सौराहामा उद्घाटन गरिएको नगर सभा अन्तर्गत विभिन्न चरणमा बजेट,नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी शुक्रवार समापन गरिएको हो । सो नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ ।

    Advertisement

    नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ । सो नगरपालिकाले आफुले जन्माएको बच्चा दुई बर्ष नहुँदै आमा,बुवा,सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जाने महिलालाई अनुमति नदिई सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ । नगर सभाले वाल विवहा मुक्त,सडक मानब मुक्त नगरपालिका घोषणा गर्ने,जन्म,मृत्यु,विवहा,सम्बन्ध विच्छेद र बसाई सराई तोकिएको समय भित्र गरी पंजिकरणलाई व्यवस्थित गर्ने,नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती दिनु पर्ने,सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने,नगर सभाबाट पारित भएको बजेट शिर्षक र रकम सभाको अनुमतिमा मात्र शिर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने, प्रस्ताब पारित गरिएको मेयर नारायण वनले जानकारी दिए ।

    त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने,नगरपालिकालाई आवश्यक ऐन,कानुन बनाई पछि अनुमोदन गराउने गरी लागु गर्ने,आगामी आर्थिक बर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने,वालमैत्री नगरपालिका घोषणा गर्न वाँकी रहेका वडाको कार्यप्रारम्भ गर्ने,हेरफेर भएका करका दर स्विकृत गर्ने,आगामी आर्थिक बर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने,कर्मचारीको तलवी प्रतिवेदन पासा गरी तलव भत्ता खुवाउने,कर्मचारीको दरबन्दी पुनराबलोकन गर्ने,नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको मेयर वनले बताए ।

    उपमेयर विमला दुवाडीले स्वागत मन्तव्य राखेको सो नगर सभामा सामाजिक विकास समितिका संयोजक केशव आचार्य,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,विधेयक मस्यौता समितिका संयोजक तिलकराज शर्मा,विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,लेखा समितिका संयोजक राजन भट्टले विषयगत क्षेत्रहरुमा विनियोजित बजेटको वारेमा जानकारी गराएका थिए । नगर सभामा मेयर वनले विहीवार आएको बाढीले राजमार्ग देखि दक्षिण तर्फको क्षेत्रमा ठुलो क्षति भएको भन्दै पर्यटन र कृषि क्षेत्र मारमा परेको बताए । सयौ विगहा क्षेत्रमा रोपेको धान खेती बगरमा परिणत भएको भन्दै उनले सामुहित बीउ राखेर रोपाई गर्न किसानलाई सहयोग गर्ने बताए । रोपो हरियो भइसकेको थियो उनले भने एकै दिनमा आएको बाढीले बगर बनाइदियो । मेयर वनले किसानको जग्गा बाझो बस्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपमेयर दुवाडीले बजेट,नीति तथा कार्यक्रमलाई सहि सदुपयोग गरेर नगर विकासको लागि एकजुट हुने बेला आएको बताइन । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सहजीकरण गरेका थिए ।

    रत्ननगरको नगर सभामा ६ वटा संस्था सहित १६ जना पुरस्कृत
    रत्ननगर । रत्ननगर नगरपालिकाले विभिन्न १३ विधामा व्यक्ति तथा सामाजिक संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । नवौं नगर सभामा सो नगरपालिकाले नगरको विकासमा योगदान दिएका व्यक्ति तथा संघ संस्थाहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा निर्माण समिति,व्यवसायी,सामाजिक संघसंस्था,पर्यटन व्यवसायी,किसान,कर्मचारी,पत्रकार,डाक्टर र जनप्रतिनिधि रहेका छन् । गायत्री हरिहर मन्दिर धर्मशाला निर्माण उपभोक्ता समिति,उत्कृष्ट निर्माण कम्पनी न्यू एस वि कन्स्ट्रक्सन प्रा.लि.,उत्कृष्ट करदाताको रुपमा एग्रोमिक्स फिड इन्ड्रस्टिज प्रा.लि.,सामाजिक संस्थाको रुपमा रोटरी क्लव अफ रत्ननगर,सपना भिलेज सोसल इम्प्याक्ट,शान्ति मेड नेपाल,उत्कृष्ट पर्यटन व्यवसायीमा गिरीधारी चौधरी,उत्कष्ट पशुपालक किसानको रुपमा चेतना ढकाल,उत्कृष्ट किसान ज्ञानबहादुर केसी, उत्कृष्ट पत्रकारको रुपमा विपिन आचार्य पुरस्कृत भएका छन् ।

    त्यसैगरी कोरोना नियन्त्रणमा खटिएका कर्मचारीहरु सुर्यकुमार चौधरी र क्षेत्रबहादुर गुरुङ,दुर्गा श्रेष्ठ,उत्कृष्ट सवारी चालकको रुपमा राजेन्द्रकुमार श्रेष्ठ,उत्कृष्ट कर्मचारी स्वास्थ्य तर्फ रत्ननगर अस्पतालका मेसु डा.विश्वबन्धु बगाले,जुरमतिया चौधरी,उत्कृष्ट कर्मचारीको रुपमा संघर्षराज खनाल,सम्शेर बहादुर कुमाल,अर्जुन पंगेनीलाई पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । उत्कृष्ट जनप्रतिनिधिको रुपमा वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरी,वडा नं १२ का वडाध्यक्ष विरबहादुर पाख्रिन र वडा नं १३ का वडाध्यक्ष चित्रबहादुर भण्डारीलाई पुरस्कृत गरिएको छ । उल्लेखित व्यक्ति तथा सामाजिक संघसंस्थाहरुलाई मेयर नारायण वन र उपमेयर विमला दुवाडीले दोसल्ला,सम्मानपत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.