• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अनुदानमा  ट्याक्टर पाएपछि किसान भए अचाक्ली खुसी

"७ कृषक फार्मले पाए भरतपुर महानगरबाट उच्च क्षमताका ट्याक्टर "

  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरले नगर भित्र कृषिको क्षेत्रमा आधुनिकिकरण र यान्त्रिकरण गर्दै अगाडि बढ्ने योजनाका साथ कृषकलाई धमाधम कृषि उपकरण वितरण गरेको छ । अहिले हरेक दिन जसो कृषिका अत्याधुनिक उपकरणहरु महानगरबाट किसानहरुले ५० प्रतिशत अनुदानमा प्राप्त गर्न थालेका छन् । भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रर्वद्धन महाशाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राईस टान्सप्लान्टर ) देखी कृषकको सामान ओसार पोसार र कृषि कर्मका लागी ट्याक्टर समेत किसानहरुलाई वितरण गरेको छ । महानगरले धमाधम कृषकहरुलाई लाखांै मुल्यका अत्याधुनिक र अत्यावश्यक उपकरणहरु वितरण गर्न थालेपछि किसानहरु पनि निकै उत्साहित भएका छन् । सोमबार मात्रै माहानगरले ६ वटा ट्याक्टर र एक वटा हाते ट्याक्टर किसानलाई वितरण गरेको छ । महानगरको परिसरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरीले एक कार्यक्रमका बिच ट्याक्टर किसानलाई गरेका हुन् ।
    कस कसले पाए ट्याक्टर
    ५० हर्स पावरको उच्च प्रबिधिको ट्याक्टर महानगरले किसानलाई वितरण गरेको हो । महानगरबाट वितरण गरिएको ट्याक्टर, कैलास कृषि विकास कृषक समुह भरतपुर ५, बिमल एग्रो फर्म एण्ड रिर्सच सेन्टर भरतपुर ६, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था भरतपुर २२, अमृत किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड भरतपुर २५, हिम सिखर कृषि सहकारी संस्था भरतपुर महानगर २६, उन्नत बिज बृद्धि कृषक समुह भरतपुर १४ ले पाएको हो । त्यस्तै रिजन कृषि तथा पशुपक्षी फर्म भरतपुर १८ ले हाते ट्याक्टर प्राप्त गरेको छ । ट्याक्टरमा, हाईरो, कल्टिभेटर र रोटाभेटर समेत रहेको छ ।
    प्रति ट्याक्टर १६ लाख ५२ हजार लागत मुल्य रहेको र महानगरले प्रति ट्याक्टर ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।
    अझै ५ फर्मले पाउदैछन् उपकरण
    महानगरमा परेको ४३ वटा आबेदनबाट छनोट गरेर १३ वटा फर्मलाई माग अनुसारको उपकरणमा महानगरले ५० प्रतिशत अनुदान दिएको पौडेलको  भनाई छ । सोमबार ७ फार्म लाई ट्रयाक्टर हस्तान्तरण गरिएको यस अघि आईतबार १ फर्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण भएको र अव ५ वटा फार्मलाई केहि दिनमै वितरण गरिने पौडेलको भनाई छ । उनका अनुसार ४ वटा बिउ प्रशोधन मेसिन र १ वटा ईलेक्ट्रीक ड्राएर मेसिन अव हस्तान्तरण गर्न बाँकि रहेको र २५÷२६ गते भित्र ति मेसिन आईसक्ने र किसानलाई वितरण गरिने उनको भनाई छ ।

    Advertisement


    खाडिमा श्रम खेर नफालौ ः मेयर दहाल
    भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरपालिले कृषिलाई एकदमै प्राथमिकतामा राखेर अगाडी बढेको बताईन् । कृषि क्षेत्रको विकासका लागि यान्त्रिकिकरण र आधुनिकिकरणमा आफुहरुले जोड दिएको बताउदै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन आफुहरु निरन्तर खटिएको बताईन् ।  कुवेत, ईराक लगायत तेस्रो मुलुकमा गएर सस्तो मुल्यमा श्रम बेच्ने युवाहरुलाई यहि स्वरोजगार बनाएर कृषि कर्ममा सरिक बनाउन महानगर निरन्तर लाग्ने र हरेक कृषकको साथमा महानगर रहेको दाहालको भनाई छ । चितवनमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दुधमा प्रतिलिटर ३ रुपैँया अनुदान दिन थालिएको पनि दाहालको  भनाई छ । कृषि पेशामा अगाडी बढ्न यो कार्यक्रमले किसानलाई उत्प्रेरणा दिएको बताउदै दाहालले सिचाँइृका लागी बोरिङ निर्माणमा पनि महानगरले काम गरिरहेको बताईन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई महानगरले थप गर्दै लाने उनको भनाई छ ।
    युवालाई कृषि कर्ममा सरिक बनाउछौ ः ठकुरी
    महानगर उपप्रमुख पार्बती शाह ठकुरीले किसानलाई कृषि पेशाबाटै सवल बनाउने उद्धेश्य सहित कृषि उपकरण वितरण गरिएको बताईन् ।  कृषि प्रधान देशमा ९५ प्रतिशत कृषकहरु रहेपनि किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिती आएकाले अब युवालाई यहि कृषि कर्ममा सरिक बनाउन आफुहरु लागेको उनको तर्क छ । आगामी दिनमा बिदेशबाट फर्कीएका युवालाई कृषि कर्ममा सरिक बनाउन पनि यो कार्यक्रमले सहयोग पुग्ने उनले बताईन् । आउने वर्षमा पनि कृषिका लागी प्रयाप्त बजेट विनियोजन गरिएको ठकुरीको भनाई छ ।
    अचाक्ली खुसी छु ः कृषक तिर्थ सुबेदी
    बिमल एग्रो फार्म एण्ड रिसर्च सेन्टर भरतपुर ६ का सञ्चालक तिर्थ सुबेदी
    ले भरतपुर महानगरले उच्च क्षमताको, बहु उपयोगी ट्याक्टर वितरण गरेर कृषकलाई धेरै गुन लगाएको बताए ।  आफुले नेपाली हाईब्रेड मकै र धानको बिउ उत्पादन गर्दै आएको बताउदै उनले महानगरबाट यान्त्रिकरणमा सहयोग पाउदा आफुलाई धेरै माग्यामानी महसुस गरेका छन् । महानगरको सहयोगबाट अचाक्ली खुसी भएको उनको भनाई छ ।  महानगरले  ५० हर्स पावरको उच्च क्षमताको ट्याक्टर वितरण गरेकोे र यसमा ड्रायर मेसिन समेत जोडेर त्यसले धान मकै सुकाउन , साईलेज बनाउने मेसिन देखि अरु धेरै ठुला मेसिन जडान गरेर काम गर्न सकिने बताए ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.