• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अब ट्रायलमा आफ्नै सवारी

"प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने "

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
  • सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी (नवीकरण गर्ने गरी) सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाइने अहिलेको व्यवस्था हटाइएको छ ।

    Advertisement

    ‘यसको ठाउँमा १ साउनदेखि दुवै परीक्षा पास गर्नेलाई एक वर्षसम्म परीक्षण लाइसेन्स दिइनेछ’ यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने । विभागका अनुसार परीक्षण लाइसेन्स पाएको व्यक्तिले तोकिएको समयावधिभित्र पाँचपटकसम्म नियम उल्लंघन गरेमा पुनः नयाँ परीक्षा दिनुपर्नेछ । परीक्षण लाइसेन्सको रूपमा अहिले प्रयोग भइरहेको स्मार्ट लाइसेन्स दिइनेछ । तर, त्यसमा चिप्स भने हुनेछैन ।

    त्यस्तै, साउनदेखि नै चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षाको ढाँचामा पनि परिवर्तन गरेको छ । यसअघि शतप्रतिशत (१०० अंक) पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने भएको छ । तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ ।

    अहिले प्रयोगात्मक परीक्षामा पास हुन सय अंकमा सय नै ल्याउनुपर्ने व्यवस्था छ । ‘नयाँ व्यवस्था जेठदेखि थालनी गर्ने तयारी गरिएको भए पनि निषेधाज्ञाका कारण नयाँ आर्थिक वर्ष २०७८/७९ (साउन)देखि सुरु गर्न लागिएको हो’ महानिर्देशक घिमिरेले भने ।

    लिखित परीक्षाका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह बुधबार सार्वजनिक गरेको छ । विभागले आफ्नै वेबसाइटमार्फत संग्रह सार्वजनिक गरेको हो । त्यही संग्रहबाट मात्र लिखित परीक्षाको प्रश्नपत्र तयार गरिनेछ । लिखित परीक्षा ३० मिनेटको हुनेछ भने विद्युतीय माध्यमबाटसमेत परीक्षा सञ्चालन गर्न सकिनेछ ।

    लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्ष समेटिएको सामान्य व्यावहारिक ज्ञानको विषय समेटिनेछ ।

    १ सय पूर्णांक र २० वटा प्रश्न हुनेछन् । सबै प्रश्नको अंकभार ५ हुनेछ । अहिले पनि ३० मिनेटमा लिखित परीक्षाको समयावधि थियो भने २० वटा प्रश्न सोधिएका हुन्छन् । त्यसमध्ये १० वटाको सही उत्तर दिनुपर्ने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछ ।

    ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने

    सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले आफैँले सवारीसाधनको व्यवस्था गर्ने व्यवस्था गरिएको छ । तर, तोकिएको निश्चित मापदण्ड भने पूरा गरिनुपर्छ । प्रयोगात्मक परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान

    पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ । इन्जिन कम्तीमा ७५० सिसी हुनुपर्नेछ । व्हिल–बेस कम्तीमा २३०० मिलिमिटर लम्बाइ, चौडाइ र उचाइ कम्तीमा ३३००, १४५० र १४५० मिलिमिटर हुनुपर्नेलगायत छन् ।

    त्यस्तै, मोटरसाइकल वा स्कुटरको हकमा पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सिसी भएको, ह्विल–बेस कम्तीमा १२ सय मिलिमिटर भएको हुनुपर्नेछ । यसबाहेक मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल एसिस्ट वा समान प्रकृतिको प्रणाली

    जडान नभएको, सवारीदर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बिमा भएको हुनुपर्नेछ । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यान चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरणको परीक्षा पास गर्नुपर्नेछ ।

    कुन चरणको अंकभार कति ?

    प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ । हेलमेटका लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असम्यमित रूपमा सवारी चलाएमा ३ अंक घट्नेछ ।

    घुमाउरो आठको अंकभार २० अंक छ । जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ । यति हुँदैमा परीक्षार्थी फेल हुनेछैन । घुमाउरो आठमा

    एकपटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ ।

    साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ । यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ । त्यस्तै, यु–टर्नको अंकभार १० रहेको छ । टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ । यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ ।

    ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ । ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ । स्पिड ब्रेकर वा उबडखाबड को अंकभार १५ रहेको छ । स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।

    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.