भरतपुर/हिजोआज शरीरको तौल घटाउन होस् वा शारीरिक तन्दुरुस्तीका लागि होस् वा सिक्स प्याक निकाल्न, जिम धाउनेको संख्या बढ्दो छ । यद्यपी जिम समग्र त्यस्तो समाधान होइन, जसले हाम्रो चाहना अनुसारको नतिजा दिन्छ । किनभने यसका लागि अनुशासित जीवनशैली पहिलो शर्त हो । उचित पोषणदेखि स्वस्थ्य खानपान र दिनचर्या पालना नगरे जिमले अपेक्षित लाभ मिल्दैन । जिमको आफ्नै विधी छ, त्यसैले जथाभावी जिम गर्दैमा सोचेजस्तो परिणम हासिल हुँदैन ।
चितवन फिजिकल फिटनेस सेन्टरमा दिनहुँ जिम गर्न आउने युवायुवतीहरुको संख्यामा वृद्धि भईरहेको छ । चितवन जिमले भरतपुर, क्षेत्रपुर र गैंडाकोटमा रहेको आफ्नो शाखाबाट दक्ष एवं अनुभवी प्रशिक्षकहरुको प्रत्यक्ष निगरानीमा जिमका पारखीहरुलाई जिम सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । २५ वर्षअघि सानो स्थानबाट केही जिमका सामाग्रीहरुबाट थालनी गरिएको यस चितवन जिमले हाल आएर तीनवटै शाखाबाट अत्याधुनिक प्रविधिसहित ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको चितवन फिजिकल फिटनेसका प्रबन्ध निर्देशक प्रकाश गुरुङले जानकारी दिनुभयो ।
चितवन फिजिकल फिटनेशले आफ्नो तीन वटै शाखाबाट टिम सम्बन्धि सम्पूर्ण कामका साथै ब्रिटिस आर्मी र सिंगापुर पुलिसको टे«निङ समेत गराईरहेको चितवन जिम भरतपुर शाखाका म्यानेजर नविन रानाले जानकारी गराउनु भयो ।




