• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

भूमिहीनलाई लालपुर्जा दिन नक्सांकनगर्ने प्रकृया कालिका थाल्यो


  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • कालिका/नगरक्षेत्रमा बसोवासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा कालिका नगरपालिकाले नक्साकंनगर्ने प्रकृया सुरु गरेको छ । लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो ।
    नगरक्षेत्रभित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नं. ६ वाट कन्ट्रोल प्वाईन्ट निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल प्वाइन्ट निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ ।
    नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले संयुक्त रुपमा कन्ट्रोल प्वाईन्ट निर्माणको सिलन्यास गरेका छन् । वडा नं. ६ हुँदै अन्य सबै वडामा पुगेर प्राविधिकहरुले जग्गाको क्षेत्रफल नापेर नक्साकंन गर्नेछन् । कालिका नगरपालिकामा मात्रै २ सयवटा कन्ट्रोल प्वाईन्ट निर्माणहुनेछ ।
    लामो समयदेखि भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने प्रकृयामा कालिका नगरपालिका सक्रिय भएर अगाडी बढेको छ । कन्ट्रोल प्वाईन्टको शिलन्यानसले आफुहरुलाई थप उत्साहित बनाएको वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मीले बताए । वर्षौदेखिको भूमिहीनहरुको समस्या छिट्टै समाधानहुने उनले बताए । कालिकाको वडा नं. ३ ले पनि भूमिहीनका लागि वडावाटहुने आवश्यक काम सकिसकेको छ । वडा अध्यक्ष टिकाराज रिजालका अनुसार वडा आफैले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गाको नक्साकंन गरिसकेको छ ।

    Advertisement

    नगरक्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बस्तीमा बसोबासगर्नेहरुको तथ्यांक लिने, कम्प्यूटरमा इन्ट्रीलिने काम भइसकेको छ । अब नापनक्सा तयार गरेर राज्यले बनाएको नीति अनुसार किताकाट गरेर लालपुर्जा दिनेकाम बाँकी छ । नगरपालिकाले भूमिहीनको समस्यालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दै आएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए । नगरपालिकाको भखरै सम्पन्न नीति तथा कार्यक्रममा पनि भूमि समस्या समाधानका लागि बजेट व्यवस्थापनको काम गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । भूमिहीनहरुलाई लालपुर्जा दिने सबैको दायित्व भएकाले यो अभियानमा सबैलाई हातेमालो गरेर साथ दिन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गरे ।
    कालिका नगरपालिका क्षेत्रभित्रका झण्डै १९ सय ४६ जना भूमिही दलित, सुकुम्वासीले फारम भरेका छन् । नगरक्षेत्रभित्र अव्यवस्थित बसोवासगर्दै आएका ३ हजार ६ सय ४५ घरधुरीगरी झण्डै ५ हजार ५ सय ९१ घरधुरीले फारम भरेका छन् । नगरपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासगर्दै आएका परिवारका लागि १८ सय ३० विगहा १४ कट्ठा ५ धुर जग्गाको व्यवस्थापन गर्नुपर्नेछ ।
    भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्य अनुसार नेपाल सरकारले काम तीब्रपारेपनि स्थानीयतहले खासै महत्व नदिएको भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले बताए । कतिपयलाई यो काम सरकारले नगरेको भए हुनेथ्यो झैगरी आलटाल गरिरहेका छन अध्यक्ष पाठकले सुनाए । सबैभन्दाबढी माडी नगरपालिकामा काम प्रभावित भएको छ । निकुञ्जको क्षेत्रमा पर्नेभएकाले तथ्यांक लिने काम बाहेक अन्य कामहरु अगाडी बढ्न सकेको छैन ।
    यता पूर्वी चितवनको राप्तीनगरपालिकाले भूमिहीनहरुकालागि जग्गाको क्षेत्रफल नाप्नेकाम सुरु गरेको छ । अन्य स्थानीयतहले डाटालिने र प्राप्त डाटालाई कम्प्युटरमा इन्ट्रीगर्ने काम गरिरहेका छन् । जग्गाको नाप, नक्सा देखि किताकाट जतिछिटोगर्न सके त्यतिनै छिटो लालपुर्जा वितरण हुने उनको भनाई छ । ((००)))

     

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.