• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ ः मन्त्री चौधरी


  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं/ नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न
    क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न
    नेतृत्वको भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । परिसंघका उपाध्यक्ष एवं सिएनआई
    सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको हो ।
    अन्तरक्रिया कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, महिलाविरुद्ध सबै
    स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणा र युनाइटेड
    इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल वक्ताको रूपमा सहभागी हुनुभयो ।
    कार्यक्रम सञ्चालन सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत
    अनिल केशरी शाहले गर्नुभयो । भर्चुअल विधिबाट गरिएको छलफल एवं अन्तरक्रियामा विभिन्न क्षेत्रमा
    नेतृत्वदायी भूमिकामा रहनुभएका व्यक्तित्वहरूको सहभागिता थियो ।
    कार्यक्रममा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप
    जोखिममा परेको बताउनुभयो । उहाँले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै
    किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको उल्लेख गर्नुभयो ।
    मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन
    सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुजी र बजारको खोजीमा पनि सहयोग आवश्यक
    रहेको उल्लेख गर्नुभयो । “महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न
    पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।
    यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य राणाले
    कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक
    क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताउनुभयो । उहाँले कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने
    जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको
    उल्लेख गर्नुभयो ।

    Advertisement


    “अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,” राणाले भन्नुभयो,
    “नागरिकहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी
    नेतृत्व तहबाट हुनुपर्छ । अहिले भएका कामहरूको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप
    काम गर्नुपर्छ ।”त्बपिष्लन द्यगकष्लभकक, त्बपिष्लन ऋजबलनभ
    यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र
    चेतनामा फरकपन देखिएको बताउनुभयो । उहाँले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका
    कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
    “हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी
    पुरा गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यो महामारी हो, कहिले सकिन्छ भन्न सकिँदैन, जहिलेसम्म यो रहन्छ
    हामीले संस्थागत उत्तरदायित्व बहन गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ ।”
    कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीले अहिले
    सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताउनुभयो । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको
    भन्दै उहाँले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताउनुभयो ।
    सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको
    संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । अहिलेको
    संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
    परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले विभिन्न विषयमा नियमितरूपमा नेतृत्वदायी भूमिकामा
    रहनुभएका व्यक्तिहरूसँग सिएनआई–सिइओ डाइलग सिरिज गर्दै आएको छ ।

    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.