गोरखा/पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखा नगरपालिकाको कार्यालयमा कार्यक्रम गरेर गोरखाका ५ वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्ससहित स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन्। गोरखा नै घर भएका खत्रीले सम्भव नेपालमार्फत् गोरखा नगरपालिकाका लागि २ वटा एम्बुलेन्स, शहिद खन गाउँपालिकाका लागि १, भीमसेन थापा गाउँपालिकालाई १, गण्डकी गाउँपालिकालाई १, धार्चे गाउँपालिकालाई १ एम्बुलेन्स र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।

खत्रीले एम्बुलेन्सको साँचो र स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेका थिए। खत्रीले ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन्ट किट, एक हजार दुई सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, एक सय थान अक्सिमिटर, पिपिईसेटलगायत सामग्री हस्तान्तरण गरेको शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।





