भरतपुर/जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा जेठ २७ गतेसम्म लम्बिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार निषेधाज्ञा जेष्ठ २७ गतेसम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तर लम्बिएको उल्लेख गरिएको छ ।
जारी आदेशमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन, हिडडुल गर्न नपाईने अत्यावश्यक काममा निस्कदा अनिवार्य माक्स लगाउने, भौतिक दुरी कायम गर्ने तथा तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने लगायतका विषयहरु समेटिएका छन् । जारी गरिएको तीन पेज लामो आदेश पत्रमा निषेधाज्ञाका समयमा सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसाय एवं कार्यालयहरुको बारेमा समेत जानकारी दिईएको छ ।
Advertisement







