• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

भरतपुरमा औद्योगिक सुरक्षा स्टिकर टाँस एवं तथ्याङ्क अद्यावधिक अभियानको शुभारम्भ

"चितवन उद्योग संघद्वारा प्रमुख जिल्ला अधिकारीको स्वागत "

  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवनका उद्योगहरुमा सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ तथ्याङ्क अद्यावधिक अभियान–२०७६ को शुभारम्भ गरियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भट्टराईले औद्योगिक सुरक्षा स्टिकर टाँस गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । चितवन आगमन सँगै प्रमुख जिल्ला अधिकारी भट्टराईको सम्वत यो नै पहिलो कार्यक्रम हो । प्रमुख अतिथि भट्टराईले चितवन आउँदै गर्दा उद्योगीहरुबाट भएको स्वागत एवं सम्मानले आफूलाई निकै हौसला मिलेको बताउनुभयो । उहाँले चितवन बसाईका क्रममा उद्योगीहरुसँग सहकार्य गर्ने उद्योग संघले अघि सारेका परियोजनाहरुमा सँगै रहेर अघि बढ्ने समेत बताउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुलाई बरिष्ठ उपाध्यक्ष राजु पौडेलले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो भने संघका अध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको उद्देश्य र संघले अघि सारेका परियोजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी लगायत संघद्वारा स्वागत समेत गरिएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सोमप्रसाद काप्री, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय भट्टराई, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मी, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य विक्रम सापकोटा, मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, जितबहादुर हमाल, युग राज वस्ती, महिला उद्यमी मञ्चका संयोजक सुधा सुवेदी पौडेल, निर्देशक पार्वती कुँबर, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरे, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, इभेन्ट सुपरभाइजर दिपक दुवाडीलगायतको उपस्थिति रहेको थियो ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई योजना तथा नीति निर्माण एवं सामाजिक उत्तरदायित्व वहन उपसमितिका संयोजक मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    त्यस लगत्तै योजना तथा नीति निर्माण एवं सामाजिक उत्तरदायित्व वहन उपसमितिका संयोजक मदन घिमिरेको संयोजकत्वमा गएको टोलीले भरतपुर क्षेत्रमा रहेका हमाल प्लाष्टिक उद्योग, पिया प्लाष्टिक उद्योग, चितवन प्लाष्टिक उद्योग, जय गणेश प्लाष्टिक उद्योग, बिष्णु प्लाष्टिक उद्योग, त्रिदेव इन्जिनियरिङ, एभरेष्ट अटो इण्डष्ट्रिज, गौतम खाद्य उद्योग, डेलि पोलिमर्श, लिप्टोन सफ्ट ड्रिङक उद्योग, ओली प्लाष्टिक, यति डिष्ट्रिलरी, युनाइटेड प्याकेजिङ, श्री प्लाष्टिक पाईप उद्योग, न्यू श्रेष्ठ एण्ड सप्लायर्स, बासु इलेक्ट्रिक, स्वर्ण म्याच उद्योग, श्री गणेश प्लाष्टिक उद्योग, बन्दना प्लाष्टिक उद्योग, चितवन पोलि पाईप उद्योग, शिवम प्लाष्टिक उद्योग, आकाश प्लाष्टिक उद्योग, चितवन हिम पाईप, ईको पोलिमर्स, तिलक इन्जिनियरिङ, हाईटेक डेभलपर्स प्रा.लि., नेपाल वेलहोप, कामधेनु एग्रो मिक्सलगायतका दुई दर्जन भन्दा बढी उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँस गरिएको थियो ।

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.