माडी । भरतपुर महानगरपालिका वडा नं ७ सप्तगण्डकी टोल निवासी समाजसेवी सुधा दवाडीले आफ्नो जन्मदिनको अवसरमा माडीका अतिविपन्न दुई परिवारलाई आज मङ्गलबवार खाद्यान्न उपलब्ध गराउनुभएको छ । कोभिडका कारण ज्यान गुमाएका माडी नगरपालिका वडा नं ६ स्याउलीवासका रामबहादुर कामीको परिवार र माडी नगरपालिका वडा नं ७ देबेन्द्रपुर निवासी एकल महिला आइतीमाया परियारलाई चामल,दाल,आलु,साबुन नुन लगायतका सामाग्री उपलब्ध गराइएको हो ।

खाद्यान्न उपलब्ध गराउँदै सुधा दवाडीका श्रीमान् नेकपा एमालेका युवा नेता, सामाजिक अगुवा श्रीप्रसाद दवाडीले विपदको समयमा धैर्य गर्न आग्रह गर्दै आगामी दिनमा पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका कार्यपालिका सदस्य पूर्णाकला सुनार, नेकपा एमाले माडीका युवा ईन्चार्ज सूर्य खनाल, युवा संघ माडीका राम कार्की र सञ्जय ढकालको उपस्थिति रहेको थियो । खाद्यान्न सामग्री ग्रहण गर्दै रामबहादुर कामीका छोरा दिपकले समस्यामा सहयोग गर्ने सहयोगीप्रति धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । बाबुको काजक्रियामा रहेक दिपक पनि कोरोना सङ्क्रमित हुनुहुन्छ ।




