• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • नवलपुर/ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ नारायणगढ-बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भन्नुभयो, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताउनुभयो । सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । “यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्”, आचार्यले भन्नुभयो, “साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।” यस सडकखण्डमा पर्ने १२ वटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो ।

    Advertisement

    गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठवटा साना पुल निर्माणको काम भइरहेको छ । “सानामध्ये दुईवटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईवटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।” आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताउनुभयो । “गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।” रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको आचार्यले बताउनुभयो ।

    रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । “केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । त्यो बनाउने काम पनि यार्डभित्र भइरहेको छ”, आचार्यले भन्नुभयो, “टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेका हौँ ।” स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।

    सडक विस्तारको काम छ प्रतिशत सम्पन्न भएको छ । “काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो”, आचार्यले भन्नुभयो, “यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।”

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर भइरहेको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ ।

    बजार क्षेत्रमा छ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.