उनीनिकट साथीहरुका अनुसार भण्डारी दुर्गम क्षेत्रमा बसेर पूर्वाधार निर्माण कार्यमा क्रियाशिल थिए । सहयोगी भावना, मेहनती र इमानदार उनी सबैका प्रिय थिए । विद्यार्थी जीवनमा समेत पुल्चोक क्याम्पसमा हरेक कार्यमा उनी अग्रसर रहन्थे र आफ्नो राम्रो छाप छाडेका थिए । उनी पछिल्लो समय कर्णाली क्षेत्रको लुक्ला–खुलालु–लैफू सडकअन्तर्गतको पुल निर्माणमा खटिएका थिए । उनी निर्माण व्यवसायी श्री कन्काई–नेपाल प्रगति जेभीको तर्फबाट सो प्रोजेक्टमा कार्यरत थिए । कामकै क्रममा ज्वरो आएपछि उनी अस्पताल गएका थिए । उनको पिसीआर परीक्षण गरिएको छ र रिपोर्ट आज (सोमबार) बेलुकासम्म आउँछ । उनी निकटका अनुसार उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनले पद्मोदय पब्लिक मोडल हाईस्कुल दाङबाट प्लस टू पास गरेका थिए ।
Advertisement




