काठमाण्डौं/राष्ट्रिय नाचघर जमलमा सम्पन्न नेपाल संगीत एण्ड फेशन अवार्ड २०७७ का विभिन्न विधामा पर्न सफल बिजेताहरुलाई एक कार्यक्रमका बीच बधाई एवं शुभकामना प्रदान गरिएको छ । कार्यक्रम स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजना तथा विलक्षण क्रिएसनको व्यवस्थापनमा सम्पन्न अवार्ड कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । अवार्ड कार्यक्रममा संगीत र फेशनको ४७ विधामा १ सय ३० अवार्ड वितरण गरिएको थियो ।

अवार्ड अन्तर्गत पोखराबाट डिजे सोपोइजनलाई वेष्ट फेशन म्युजिक अवार्ड, फेशन डिजाइनर सपना तिवारीलाई वर्षको वेष्ट डिजाइनर र आकाँक्षा विश्वकर्मालाई वेष्ट प्याजेन्ट मोडलको अवार्ड प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा वरिष्ठ संगीतकार शंभुजित बाँसकोटा, पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतका चिर परिचित व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।







