• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

कोरोनाबाट निको हुनेको संख्या बढ्दै


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • काठमाण्डाै/नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ। अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म को’रोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्मको जम्मा संक्रमित मध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ । आइतबार एकैदिन चार हजारभन्दा धेरै को’रोना सङ्क्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना को’रोना सङ्क्रमणमुक्त भएका हुन् । आठ हजार आठ सय ८५ जना को’रोनाका नयाँ संक्रमित थपिएका छन् ।

    थपिएका को’रोना संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ सं’क्रमित थपिएकामा एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो । यस्तै २१ गते सात हजार सात सय ७० जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय ७५ जना डिस्चार्ज भएका थिए । यो भनेको थपिएका संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या २३ दशमलव १७ प्रतिशत हो । २२ गते पनि २१ गतेभन्दा केही कम संख्यामा निको हुने प्रतिशत बढेको छ । २२ गते आठ हजार ६ सय ५९ जना नयाँ संक्रमित थपिएकामा एक हजार नौ सय ९३ जना अर्थात् २३ दशमलव ०१ प्रतिशत निको भएका थिए ।

    Advertisement

    यसैगरी २३ गते नौ हजार ७० जना नयाँ संक्रमित थपिएकामा दुई हजार सात सय सात जना निको भएका थिए । निको हुनेको यो दर २९ दशमलव ८५ प्रतिशत हो । वैशाख २४ गते निको हुनेको संख्या अझै बढेको छ । २४ गते एकै दिन थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ३१ दशमलव ५९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । यो दिन कुल नौ हजार एक सय ९६ जना संक्रमित थपिएकामा दुई हजार नौ सय पाँच जना निको भएका थिए । यस्तै वैशाख २५ गते शनिबार आठ हजार चार सय १८ जना नयाँ संक्रमित थपिएकामा तीन हजार ७० जना निको भएका छन् । यो भनेको थपि एका को’रोना संक्रमितको तुलनामा निको हुने दर ३६ दशमलव ४६ प्रतिशत हो ।

    दैनिक संक्रमितहरुको संख्या धेरै नघटे पनि निको हुनेको संख्या बढ्नु सुखद भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । संक्रमितको संख्या धेरै भएकोले निको हुनेको संख्या कम जस्तो लागेको उहाँको भनाई छ । पीसीआर परीक्षण सँगै को’रोना संक्रमित बढ्दै गए पनि सावधानी अपनाउनुपर्ने तर आत्तिनु नहुने उहाँको सुझाव छ । समयमै उपचार नपाएका कारणले गएको वर्षभन्दा यो वर्ष मृत्युदर बढेको डाक्टर पुनले बताउनुभयो । गएको वर्ष कन्ट्याक ट्रेसिङ भएको थियो । त्यसमा परेका सबैले जाँच गर्थे । जसका कारण लक्षण भएका बिरामी कम थिए । यो पटक भने लक्षण देखिएपछि मात्रै जाँच गर्ने र गाह्रो भएपछि मात्रै अस्पताल जाने क्रम बढेकाले मृत्युदर बढेको हुन सक्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो। संक्रमितहरु मध्ये ८० प्रतिशत भन्दा धेरैमा सामान्य लक्षण छ । जुन गएको वर्षको आँकडासँग मिल्न जान्छ ।

    अहिलेको अवस्थामा सामान्य लक्षण भएका बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा राम्रो हुने डा. अधिकारीको भनाइ छ । ‘बाँकी मध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ’ अधिकारी भन्नुहुन्छ, ‘यस्ता बिरामीहरुलाई यथाशिघ्र अस्पताल र प्रत्यक्ष स्वास्थ्यकर्मीको उपस्थितीमा उपचारको खाँचो हुन्छ ।’ ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’ समयमै संक्रमण पहिचान भएर स्वास्थ्य कर्मीको सम्पर्कमा आएका अधि कांश व्यक्ति पूर्ण रूपमा निको भएका उहाँले बताउनुभयो ।

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.