• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि अर्को सपना देखे, त्यो हो होटलको मालिक बन्ने


  •   शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
  • चितवन/चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्को सपना देखे, त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।

    ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ कृष्ण भट्टले । विसं २०३७ मा गोरखाको घ्याम्पेसालमा जन्मिनुभएका भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आउनुभयो । अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सीताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेन्टमा ल्याउनुभयो । भट्टले त्यहाँ १० वर्ष वेटर काम गर्नुभयो । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उहाँ दक्खल हासिल गर्नुभयो ।

    Advertisement

    भट्टले भन्नुभयो, “मैले गोविन्द दाइ (भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्द तिवारी) लाई भनेको थिएँ, विवाह गरेपछि आफैँ केही गर्छु ।” रोजगारीकै क्रममा रकम जोगाएर उहाँले कृष्णपुरमा एउटा घडेरी जोडिसक्नुभएको थियो । उद्देश्य थियो– त्यही बेचेर व्यवसाय गर्ने । जे सोच्नुभयो त्यो भएरै छाड्यो । विसं २०६२ चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गर्नुभयो । श्रीमान्, श्रीमती र दुई कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । “कैयौँ रात हामी राम्रोसँग सुतेका छैनौँ”, भट्टले विगतलाई सम्झँदै भन्नुभयो, “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यही पनि रात दिनको हाम्रो मेहनत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँगको सामिप्यताका कारणले कृष्ण खोज्दै आउने सेवाग्राहीका कारण व्यवसाय सफल भएको उहाँ बताउनुभयो ।

    सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उहाँको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरि आउने हुँदा उहाँलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उहाँले भरतपुरको बसपार्क चोकमा अर्को शाखा खोल्नुभयो । विसं २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा तीन धुर जग्गा आफैँले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त गयो । यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उहाँले २० वटा कोठासहितको होटल शुरु गर्नुभएको छ । होटलमा ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । साठ्ठी जनासम्मलाई बसाइको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु छन् ।

    आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उहाँ बताउनुहुन्छ । कमाएको रकम थपेर बैंकको सहायताले रु नौ करोड लागतमा होटल खोलेको भट्टको भनाइ छ । चालिस वर्षको उमेरमा दुईवटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बन्नुभएका भट्टका व्यवसायमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्नुहुन्छ, “जे काम गरे पनि निरन्तर मेहनत गयो भने सफलता हात पर्छ ।”

    आफ्नो कडा परिश्रमकै कारण सफल भएको उहाँको भनाइ छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उहाँको योजना छ । देशभरबाट चितवन हुँदै आवतजावत गर्ने धेरैको रोजाइको खाजा ‘तास’ परिकार उहाँको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उहाँले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाइसम्मका लागि सेवा दिँदै आउनुभएको छ ।

    उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउनुहुन्छ । काम सिकेपछि आफैँ उद्यमी बन्नुपर्छ भन्ने उदाहरण भट्टले प्रस्तुत गरेको उहाँको भनाइ छ । गौतमले भन्नुभयो, “युवावस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाले गर्नुपर्ने उहाँ बताउनुहुन्छ । नेपालमा रोजगारी पाइँदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बन्नुभएको छ । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उहाँको जीवनबाट पाउन सकिन्छ । रासस

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.