भरतपुर/मिडिया सम्बन्धि हरेक किसिमका कामहरु गर्दै आएको उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि.ले बिहीबार एक कार्यक्रमको आयोजना गरी निर्देशकहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा बसेको बैठकले प्रा.लि.मा रहेर मिडियाले गर्दै आएका हरेक गतिविधि एवं कार्यक्रमहरुमा उल्लेख्य योगदान पु¥याएको भन्दै निर्देशकहरुलाई बधाई ज्ञापन गरेको थियो । अध्यक्ष भट्टले मिडिया स्थापनाको अवस्था र अबको भावी योजना सहित स्वागत मन्तव्य राख्नुभएको बधाई एवं शुभकामना कार्यक्रममा टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले उज्यालो टाईम्सले गर्ने आगामि कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले निर्देशकहरुलाई बधाई दिदै आफूसँगै टिममा रहेर काम गर्न समेत आग्रह गर्नुभयो ।

बधाई एवं शुभकामना कार्यक्रममा ग्रेट एफ.एम.का अध्यक्ष रामेश्वर रिजालले उज्यालो टाईम्सले मिडियाको क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरुको प्रशंसा समेत गर्नुभएको थियो । सो अवसरमा उहाँले निर्देशकहरुलाई शुभकामना समेत दिनुभयो । कार्यक्रममा निर्देशक पुष्प श्रेष्ठले आफूलाई उज्यालो टाईम्सले टिममा सहभागी गराएर काम गर्ने मौका दिएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमलाई निर्देशक डोलबहादुर कार्की (अविनाश)ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




