भरतपुर/गोरखा जिल्लाका विभिन्न स्थानबाट बसाई सराई गरी चितवन आई बसोबास गर्ने कौशिका (अलिना) गोत्रीय भट्ट सेवा समाजको चौथो नियमित बैठक समाजका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा बसी विशेष निर्णय समेत गरियो ।
समाजका अध्यक्ष टंकप्रसाद भट्टले बैठकमा प्रस्तुत एजेण्डा सहित बैठकमा उपस्थित सम्पूर्णलाई नयाँ वर्षको शुभकामना सहित स्वागत गर्नुभएको थियो ।
बैठकले समाजले गरेका गतिविधि, अब बस्ने पाँचौ बैठकको लागि स्थान छनौट, २०७८ को अवसरमा प्रकाशित भित्तेपात्रो –क्यालेण्डर) र कोषमा जम्मा गरिने शेयर रकमको बारेमा छलफल गरेको थियो ।

बैठकले समाजमा रिक्त रहेको बरिष्ठ उपाध्यक्ष पदमा भरतपुर–२९, चितवन निवासी पत्रकार राजु भट्टलाई सर्वसम्मत रुपमा चयन समेत गरिएको थियो । बैठकबाटै भट्टलाई बरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत प्रदान गरिएको । समाजका सचिव सिताराम भट्टले सञ्चालन गर्नुभएको थियो भने हालसम्मको आर्थिक विवरण सहित क्यालेण्डर प्रकाशन खर्च विवरण समाजका कोषाध्यक्ष प्रेम प्रसाद भट्टले प्रस्तुत गर्नुभएको थियो । समाजबाट प्रकाशित क्यालेण्डर प्राप्त नभए समाजका सल्लाहकार कृष्ण बहादुर (पहलमान) भट्टसँग सम्पर्क गरी लिने व्यवस्था मिलाइएको क्यालेण्डर प्रकाशन समितिका संयोजक राजु भट्टले जानकारी दिनुभयो ।





