भरतपुर/नेपालीहरुले २०७७ लाई बिदाई एवं नवर्ष २०७८ लाई स्वागत गर्दैगर्दा टोल सुधार समिति स्याउली बजारले पनि नवर्ष २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष मधुसुदन ढकालको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमम प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सम्पूर्णले फुलको गुच्छा एकले अर्कालाई साटासाट गरेर शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. १० का वडा अध्यक्ष अरुणपीडित भण्डारीले टोल सुधार समितिले फुलको गुच्छा साटासाट गरी शुभकामना आदान प्रदान गरेर सम्पूर्णमा भाइचाराको सम्बन्ध बढाएको एकले अर्कालाई सद्भाव, मायाप्रेम बाँड्ने मौका मिलेको हुँदा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा सल्लाहकार हरिकृष्ण पौडेल, सल्लाहकार सदस्य केशवप्रसाद रेग्मी, युवा परिचालन संयोजक राकेशमान श्रेष्ठ लगायतले नववर्ष २०७८ ले सम्पूर्णमा खुशी, अमनचयन, हर्षोउल्लास छाओस् भन्दै शुभकामना व्यक्त गरेको थिए ।
टोल सुधार समिति स्याउलीबजारद्वारा शुभकामना आदान प्रदान
टोल सुधार समिति स्याउलीबजारद्वारा शुभकामना आदान प्रदान
Advertisement
तपाईको प्रतिक्रिया




