• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

बजेट अभावले विकासको काम नरोकिने


  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
  • काठमाडौं/बाग्मती प्रदेशसभा सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख) का सांसद् प्रकाश श्रेष्ठले विगतका वर्षहरूमा जस्तो अब बजेट अभावले पूर्वाधार विकासको काम नरोकिने बताएका छन् । तारकेश्वर नगरपालिका–४ र ५ वडास्थित जनजागृति टोल सुधार समितिको सक्रियतामा सम्पन्न प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरर्गत विनियोजित १० लाख रुपैयाँ बजेटबाट निर्मित ढलान सडकबाटो उद्घाटन समारोहमा सांसद् श्रेष्ठले यस्तो बताएका हुन् । सांसद् श्रेष्ठले शनिबार जनजागृति टोल सुधार समितिद्वारा आयोजित कार्यक्रमबीच बाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरर्गत विनियोजित बजेटबाट निर्मित सो ढलान सडकबाटो उद्घाटन गरेका थिए ।

    Advertisement

    स्थानीय उपभोक्तालाई थप जिम्मेवार बनाउन सरकारले सडकबाटो, खानेपानी ढल विस्तारलगायतका पूर्वाधार निर्माणको काममा साझेदारी गर्दा त्यसको परिणाम राम्रो देखिएको भन्दै टोल सुधार समितिमार्फत गर्नुपर्ने पूर्वाधार विकासको काममा अब आवश्यक बजेट अभाव नहुने बताए । उनले अहिले बाग्मती प्रदेश सरकारले आफ्नो कार्यक्षेत्रमा रहेका भौतिक पूर्वाधार विकासमा उपभोक्ताले माग गरेअनुरूप प्रयाप्त बजेट विनियोजन गरेको जानकारी गराए । आफ्नो कार्यकालमा अहिलेसम्म काठमाडौंको तारेकेश्वर र नार्गाजुन नगरपालिकामा जनअपेक्षा अनुरूप धेरै पूर्वाधार विकासको काम भएको दाबी गर्दै उनले अझै विभिन्न ठूला परियोजना निर्माणको काम थालनी भइसकेको बताए । उनले अहिले तारकेश्वर र नार्गाजुन नगरपालिकाभित्रका विभिन्न स्थानमा खानेपानी, कृषि र पर्यटकीय पूर्वाधार विस्तारका लागि बाग्मती प्रदेश सरकारले धेरै बजेट खर्च गरेर मेगा पोर्जेट बनाउन लागिरहेको जानकारी गराउँदै स्थानीयवासीलाई यस्ता परियोजनामा हातेमालो गरी अघि बढ्ने नीति लिइएको बताए ।

    तारेकेश्वर नगरपालिका ४ र ५ वडाका स्थानीयवासीलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन आफ्नो पहलमा ५० लाख रुपैयाँको लागतमा डिपबोरिङ खन्ने काम सम्पन्न भए पनि अझै अपेक्षाकृत रूपमा लोलाङवासीलाई खानेपानी अभाव हुने देखिएको भन्दै उनले अब मेलम्चीको पानी बालाजुबाट हाल पाँचमानेतर्फबाट ल्याइएको पुरानो पाइपमा कनेक्सन गरेर भने पनि लोलाङवासीलाई खानेपानीको प्रबन्ध मिलाउन पहल गर्ने बताए । अब खानेपानी नपुगेको स्थानमा आवश्यक पानी ल्याउन स्थानीय टोलवासीलाई नै नयाँ इस्टमेटसहित थप योजनाको प्रस्ताव पेस गर्न आग्रह गर्दै उनले आफूले माग भएअनुरूपको बजेट पार्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बाग्मती प्रदेश सरकारले बिस्तारै पर्यटकीय हवको रूपमा विस्तार हुँदै गरेको यस तारकेश्वर नगरपालिकाको सम्पूर्ण सडकलाई कालोपत्रे र ढलान गरी धुलोमुक्त बनाउने लक्ष्य लिएको जानकारी गराउँदै उनले यस क्षेत्रभित्र अझै ढलान गर्न बाँकी रहेका स्थानका लागि आवश्यक बजेट माग गरी नयाँ परियोजना प्रस्ताव ल्याउन टोलवासीलाई आग्रह गरे । उनले आगामी जेठको बजेटमा पहिलेभन्दा धेरै लागतसहितको परियोजना पेस गर्न स्थानीयवासीलाई सुझाव दिए ।

    यसैगरी, उनले टोलवासीलाई जतिसक्दो छिटो समूहमा आधारित आयआर्जनमुलक कामको परियोजना बनाएर बाग्मती प्रदेश सरकारले प्रदान गर्ने १५ लाख रुपैयाँको सहुलियतपूर्ण कर्जाको लाभ लिन आग्रह गरे । यस्तो कर्जा उपलब्ध गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सांसद श्रेष्ठले भने, ‘ सडक, खानेपानी तथा ढलनिकास, पर्यटन, कृषिजस्ता भौतिक पूर्वाधार विकासको कामसँगै हामी सामाजिक र अन्य कामलाई पनि प्राथमिक्ता दिनेछौं ।’ उनले आफूहरूले गरिरहेको यस्तो उपभोक्ताले सहज रूपमा प्रत्यक्ष लाभ पाउने खालको पूर्वाधार विस्तारको अभियानमा साथदिन सबैलाई आग्रह गरे । तारकेश्वर नगरपालिका–४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले पनि लोलाङहाइटका टोलवासीलाई हाल खानेपानीको समस्या भइरहेको महसुस गरी अब मेलम्चीको पानी पुरानो पाइपमा कनेक्सन गरी न्यूनतम सातामा एकदिन भए पनि उपभोक्तालाई मेलम्चीको पानी उपलब्ध गराउन माग गरे ।

    जनजागृति टोल सुधार समितिका सल्लाहकार कमलप्रसाद रिमालले स्थानीय टोलवासीको पूर्वाधार विकासका योजना मागमा प्रदेश सांसद श्रेष्ठको धेरै साथ र सहयोग पाइएको भन्दै अब यस क्षेत्रमा भएका पुरानो पाइपमा मेलम्चीको पानी ल्याउनका लागि कनेक्सनको काम भइरहेकाले अझै आफूहरूको यस्तो काममा साथ दिन आग्रह गरे । सो कार्यक्रममा जनजागृति टोल सुधार समितिका उपाध्यक्ष गणेश देवकोटा र सचिव राजकुमार प्रधानले अहिलेसम्म यस क्षेत्रमा भएका विविध समस्या र विकासे सम्भावनाबारे जानकारी गराएका थिए । उनीहरूले यस समितिको सक्रियतामा बाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तरर्गत विनियोजित १० लाख रुपैयाँ बजेटबाट १ सय १३ मिटर सडक ढलान सम्पन्न गर्न प्रदेश सांसद श्रेष्ठको भूमिका एकदमै प्रशंसनीय र महŒवपूर्ण भएको बताएका थिए ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.