• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

प्लास्टिकजन्य पदार्थबाट सिर्जित समस्या बिषयक छलफल कार्यक्रम सम्पन्न


  •   सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं/प्लास्टिकजन्य पदार्थबाट सिर्जित समस्या बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । आईतबार राजधानीमा राष्ट्रिय उपभोक्ता मंचद्वारा आयोजित उक्त कार्यक्रम फेसियल हाउसको प्रायोजनमा संचालनमा आएको हो । राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रम वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले प्लास्टिकजन्य सामाग्रीको समुचित प्रयोग गर्न आवश्यक रहेको बताउदै दण्ड जरिवाना भन्दा पनि सचेतना अभिब्रिद्धीका कार्यक्रमहरु बढाउदै लग्नुपर्ने आवश्यकता औल्याए । साथै, महानिर्देशक पौडेलले काठमाडौंमा मात्र ४ लाख ५० हजार व्यवसायिक फर्महरु रहेको जानकारी गराउदै गुनासो आईसके पछि मात्र अनुगमन गर्नुपर्ने बाध्यता रहेको र आगामी दिनमा अनुगमनका क्रममा यस बिषयलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले प्लास्टिकजन्य फोहरलाई जथाभावी फाल्ने कार्यलाई निरुत्साहित गर्न वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने गरि सरकारकातर्फबाट सहुलियतको व्यवस्था गरिनुपर्ने धारणा राखे । साथै उनले फेसलेस, क्यासलेस र होम डेलिभरी सिस्टमलाई प्रबर्द्धन गर्दै जाने हो भने मात्र प्लास्टिकको प्रयोगलाई निकै हद घटाउन सकिने बताए । वातावरण विभागका उपमहानिर्देशक ईन्द्र बिक्रम जोशीले २०७१ सालमा प्लास्टिकजन्य सामाग्रीलाई निरुत्साहित गर्ने कार्यले प्राथमिकता पाउदै गर्दा सोको प्रयोग माथि नियन्त्रण कायमै हुँदै गईरहेको परिप्रेक्ष्यमा भुकम्प पस्चात भने प्रभावकारीतामा ह्रास आएको बताए । साथै उनले हाल सरकारी स्तरबाट प्लास्टिक सम्बन्धमा नियमावली ल्याउने तयारी स्वरुप विभिन्न तहमा छलफल भैरहेको जनाउदै प्लास्टिकको सट्टामा वैकल्पिक माध्यमको रुपमा कागज लगायतको सजिलै नस्ट हुने र कम प्रदुषणयुक्त वस्तुको प्रयोग माथि जोड दिदै आईएको उल्लेख गरे। त्यसैगरि राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले प्रत्येक दिन नौ सय मेट्रिक टन प्लास्टिकजन्य पदार्थ फोहरका रुपमा थुप्रिने गरेको उल्लेख गर्दै यस तर्फ सरोकारवालाहरु बेलैमा सचेत हुन आवश्यक रहेको औल्याए । साथै, उनले हाल दैनिक रुपमा भैरहेको प्लास्टिकको प्रयोगमा कमी ल्याउनुको विकल्प नरहेको बताउदै राष्ट्रिय उपभोक्ता मंचले भावी दिनमा उपभोक्ता जागरणका कार्यक्रमहरुलाई प्राथमिकता दिदै जाने उल्लेख गरे ।

    नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तथा उद्योग समिती सभापति भरत आचार्यले प्लास्टिक आँफैमा समस्या नभएको उल्लेख गर्दै यसको ह्याण्डलिंङमा विचार पुर्याउन आवश्यक रहेको बताए । साथै, उनले नेपालमा पुनर्प्रयोग, प्रयोगमा कमी तथा पुनर्चक्र सम्बन्धमा नीतिगत अभाव रहेको र घर घरबाट यसको व्यवस्थापन हुनुपर्ने, स्थानिय सरकारले बढि जिम्मेवार ढ्ङगले अघि बढनुपर्ने खाँचो औल्याए । राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले एउटा प्लास्टिकको बोतल पूर्ण रुपमा नस्ट हुन ४ सय पचास बर्ष लाग्ने तथ्य उजागर गर्दै मानिसहरु अझै पनि गम्भिर बन्न नसकि रहेको उल्लेख गरे । साथै, उनले नेपालको संविधानमा उपभोक्ता अधिकारको सुनिश्चितता गर्ने र वातावरण संरक्षण गर्ने सवालले स्थान पाएता पनि कार्यन्वयन पक्षमा कमजोरी रहेको औल्याए ।

    राष्ट्रिय उपभोक्ता मंचका महासचिव गोविन्द सुवेदीले प्लास्टिकजन्य पदार्थको सन्दर्भमा सम्पूर्ण सरोकारवालाहरुको चासो र चिन्ता बढनुपर्ने बताउदै नीतिगत व्यवस्थाले समस्या समाधानमा सघाउ पुग्ने राय पेश गरे । कार्यक्रमलाई सहजीकरण गर्दै कर्पोरेट मिडियाका अध्यक्ष उज्जवलजंग शाहले मानिसले प्रयोग गर्ने हरेक जसो वस्तु प्लास्टिकजन्य रहने भएकाले यसको प्रयोगलाई रोक्न नसकिने तर वैकल्पिक उपाय अबलम्बन गर्दै आदत डाल्दै जानुपर्ने बताए । कार्यक्रममा कर्पोरेट म्यागाजिनका सम्पादक एवम् टेलिभिजन कार्यक्रम प्रस्तोता सरोज ओझा लगायतको उपस्थिती रहेको थियो ।

    सोमबार, चैत ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.