• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

आमाको नाममा


  •   शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
  • बा लाहुर बाट आउदा घरमा भेट्ने मान्छेको लाइन हुन्थ्यो । बा आएको थाहा पाउना साथ खुबै हल्ला खल्ला मचिन्थ्यो लौ बेदे आएछ बुढा पाका उज्यालो अनुहार लगाएर दौडन्थे ३/४ वटा ठूल ठूला सुटकेश बोकेर बा घरको आगनमा आइपुगुन्जेल स—सानो जन्ती जति मान्छे हाम्रो आँगनमा जम्मा भैसक्थे। बा प्राय जाडोको समयमा घर आउनुहुन्थ्यो । बा आएदेखि हाम्रो घरको दैनिकि बदलिन्थ्यो विहान झिसमिस उज्यालो हुन नपाउदै चार गाउका बाका दावली हरु आँगनमा जम्मा हुन्थे । चियाको चुस्कि सँगै खुकुरी चुरोट हातमा लिएर बा लाहुर गए देखिका रसिला कथाहरु सुनाउनु हुन्थ्यो भद्र भलादमी हरु बढो रस पुर्ण तरिकाले कुरा सुन्थे । बाको बाक कला सारै राम्रो थियो सायद त्यसैले पनि मान्छेहरु यति धैर्यता पुर्बक बालाई सुनेर बसिरहन्थे । आमा र फूपूहरुलाई चाहि थप बोझ थपिन्थ्यो एकातिर गाउमा खेती लगाउने उर्केने बेला हुन्थ्यो अर्का्तिर बा र उहाका साथिहरुलाई चिया को स्वागतमा जुट्नु पथ्र्यो । कुनै पनि काममा अलिकति तल माथि भयो भने बा सातो खाइदिनुहुन्थ्यो त्यसैले पनि आमा र फुपुहरु हरेक पल बिरालोको चालमा आºना कामहरु सक्नु हुन्थ्यो ,बा हरेक दिन नुहाउनुहुन्थ्यो बाले नुहाउनु भनेको आमाको लागि एक दर्जन काम थपिनु थियो पानी तताउने चिसो र तातो पानी गरेर ठिक्क बनाइदिने ,साबुन ठिक पार्ने नुहाएपछि बाले लगाउने लुगा ठिक्क पार्नु आदि । दिउसोको १२÷१ बजिसक्दा पनि आगनमा भद्र भलादमी जमघट चलेकै हुन्थ्यो । आमाले बालाई खाना खुवाएर आºनो काममा जान पाउने समयको प्रतिक्षामा रहनुहुन्थ्यो जुन बाबाको नुहाइधुवाइको कार्यक्रम सकिएपछि मात्र संभव थियो ।थाहा छैन आमा बिहान कति बेला उठ्थिन कति बेला खाना खान्थिन कति बेला आफ्ना अरु ब्यक्तिगत कामहरु गर्थिन । आमा हुनुको अर्थ केबल बाको हुनु र अनबरत खटिरहनु मात्र हो की अरु केही पनि ,अनेक प्रश्नले चिमोट्छ अहिले सम्झदा
    बाले सधै लाहुर बाट फरक फरक खालका स्वादिला चकलेट र अरु पनि धेरै थरी खानेकुरा अनि राम्रा राम्रा लुगा ल्याइदिनुहुन्थ्यो । त्यसैले पनि बा आएको बेला म र बैनी सबै केटाकेटीका आर्कषणको केन्द्र बन्थ्यौ । लाहुरको अत्तर छर्केको मग मग बासना आउने फरर फुकेको जामा लगाएर केटाकेटीको अगाडी जादा आफुलाई स्वर्गकी परी झै अनुभुति हुन्थ्यो अनि कामै नपरे पनि गाउभरी ओहोर दोहोर गरिन्थ्यो । आमा भन्नुहुन्थ्यो खोलेर राख दशैमा लगाउनु पर्छ । हाम्रा बा लाहुर हुनुहुन्छ भन्दा गर्वले छाति फुल्थ्यो अरु साथीहरुको अगाडी आफ्नो सानै छुट्टै हुन्थ्यो । तर अबोध मस्तिष्क लाई के थाहा लाहुर भनेको इन्डिया हो जसले हाम्रा बा जस्ता कैयौ बिरहरुको मिठो बैस खर्लप्प निलेको छ अनि कैयन कलिला सपनाहरुको अपहरण गरेको छ । बदलामा दिएको छ केबल एक नमिठो अनुभुति । लगभग दुइ महिनाको छुट्टि सकिएपछि बा फर्कने समय आउथ्यो । बा फर्कदा घरमा सन्नाटा छाउथ्यो चारैतिर अध्यारो बादल ले घरे झै लाग्थ्यो आमा र हजुरआमा निन्याउरो मुख लगाएर बस्नु हुन्थ्यो फुपु दिदिले रङ्गी चङ्गि फूलहरुले सजाएर दुइवटा घडामा पानी राखेर बाको साइत पारिदिनुहुन्थ्यो । बा सारै कमलो मनको हुनुहुन्थ्यो घरबाट हिड्न थाल्दा उहाभन्दा अगाडी हिड्थ्यो उहाको आखामा छुटेको बलिन्धरा आशु । छोरा मान्छे रुनु हुन्न भन्ने तथ्य हाम्रो बालाई लागु हुन्नथ्यो उहा केटी मान्छेले झै डाको छोडेर रुदै जानुहुन्थ्यो । बरु आमा सम्हालिनुहुन्थ्यो आफ्नो आसु कहिल्यै अरुलाई देखाउनुहुन्नथ्यो रुन परे एक्लै रुनु हुन्थ्यो । मैले धेरै चोटी आमालाई एक्लै रोएको देखेकी छु तर अरुको अगाडी आसु नझार्ने बानी थियो आमाको । बा गएपछि फेरी पुरानै दैनिकि शूरु हुन्थ्यो हाम्रो घरको । अब ३ बर्ष जति घरको सम्पुर्ण जिम्मेवारी आमाको काधमा हुन्थ्यो सधै एक हल गोरु , २÷४ वटा भैसी एक गोठ बाख्रा(गन्ति याद छैन) हुन्थे तिनको दाना पानी घर ब्यबहार केटाकेटी को स्याहार संहार को सम्पुर्ण जिम्मेबारी आमा सम्हाल्नुहुन्थ्यो । हुनत जिम्मेवारी हरु बाहरु पनि त बोक्दछन् तर फरक यत्ति छ की बाहरु आफ्नो मनको मालिक हुन् भने आमाहरु आफ्नो जिवनका अनगीन्ति सपनाहरु परिबारको खुशीको लागि बन्धकी राखीदिन्छन् यो सब सम्झदा मन त्यसै त्यसै अमिलो भएर आउछ ।
    आफ्नो जिवनको रहरलाग्दो २५ बर्ष बाले दक्षिण भारतको तामीलनाडु भन्ने ठाउलाई सुम्पीनु भयो ,बा बिनाका २५ हिउदको एक्लो यात्रा गर्ने क्रममा आमाले जतिसुकै कठिन र अप्ठ्यारा हुरीबतास बिचबाट गृहस्थीको दिप बालीरहनु भयो । दाज्यूहरुको बिहे भएपनि र्दुइ दिदि बैनीको बिहे गर्न बाकी छदै आमाले बालाई अब लाहुरको मोह त्याग्न घर परिबार सम्हालेर बस्न अनि छोराहरुलाई आ–आफ्नो कर्मक्षेत्रमा जान दिन निकै कर गर्नु भो नमान्दा नमान्दै पनि आमाकै कर बलले बाले जागिर छोडेर घर आउनुभयो । बाले हामी दुबै छोरीको बीहे गरेर अभिभावक हुनुको कर्तब्य निर्बाह गर्नुभयो ।
    आखिर मान्छे हुनुको नियति सुन्य बाट शूरु भएर शुन्य मै झर्नु रहेछ बाटोमा भेटिएका सबै सबै दुई दिनका सहयात्रि हरु मात्र त रहेछन् । बा र आमाले शुरु गरेको गृहस्थी जिबन चार चार सन्तानको कर्तब्य पुरा गरिसकेपछि फेरी बा र आमा मै आएर टुङ्गिएको थियो। तैपनि चारै सन्तानै आ आफ्नो जिबन पथमा सफल भएर उभिदा सफलताको नोबेल पुरस्कार पाए झै गर्बले छाति फूलाउनुहुन्थ्यो उहाँहरु । यो खुसीका अगाडि झीना र कमजोर थिए जिवनका मसिना दुखहरु । आमा गाउकै नमुना हुनु हुन्थ्यो , मेहेनत र परिश्रमको प्रतिमुर्ति । आमा गलेको थाकेको र बिचलित भएको मलाई कमै मात्र थाहा छ । छिमेकीको बारीमा सुख्खा हुदा हाम्रो बारी को चोटा चोटा अनगिन्ती तरकारी हरु फल्थ्यो त्यो भन्दा हराभरा हुन्थ्यो आमाको ममताको बारी जुन हाम्रा लागि सधै फलिरह्यो । चाड पर्ब भोज भतेर जमघट केही नभनी आमा कुनै मैदानको सीपाही झै निरन्तर लडिरहनु भयो गृहस्थी जीवनको चुनौतिपुर्ण मैदानमा । माटो आमाको जिबन थियो माटो दुख्दा आमा पनि दुख्नु हुन्थ्यो हर पल हर क्षण आमाले आफ्नो जिबन माटोका लागि समर्पण गर्नु भएको थियो । मलाई अझैे याद छ त्यो दिन । म त्यस्तै १४ बर्षकी हुदी हुँ बर्षाको समय थियो रोपाइको दिन थियो त्यो । आमाको अथक प्रयास र मेहेनतले समयमै सकीएको थियो रोपाइ गरेर । रोपाई सकिएपछि कुलो (सानो बाध हालेर) हाम्रो बारी तिर सोझाएर घर आएका थियौ । दिउसो रोपाइकै क्रममा आमाको खुट्टा मा (के ले काट्यो थाहा छैन) घाउ ठूलै भएको थियो । हामी एक प्रहर मात्र निदाएका थियौ होला आकाश बेजोडले गर्जन थाल्यो एकै क्षणमा बाल्टी बाट पानी खन्याए झै आकाश बाट पानी को धारा खस्न थाल्यो ,आमा मेरो नजिकै आउनुभयो कल्पना उठ न दिनभरीको थकाइले लखतरान परेको भर्खर निदाउन मात्र आटेको मेरो कलिलो ज्यान उठ्नै मानेन । आमाले फेरी घचघचाउन थाल्नु भयो आखामा एक डङ्गुर निद्रा बोकेर मन नलागी नलागी उठे म । खै किन हो आमाले भनेको कुनै पनि कुरा टार्न सक्दिनथे म । आमाले कानैको छेउमा आएर साउती मार्नु भयो माटो त जम्मै बगाउने भयो के गर्ने हो ? कुलो पनि यतै सोझाइयो अब बारीमा बाढी पस्छ अनि मलिलो माटो जति जम्मै बगाउछ बाहिर अन्धकार थियो आमाको खुट्टा झन बढि सुनिएको थियो । माटोको मायाले आमालाई एकक्षण पनि त्याहा रोकीन दिएन आमा एकदम कर गर्नु थाल्नु भयो छिटो जाउन जम्मै माटो बगाइसक्यो आमाको खुट्टाको घाउको कारण एक्लै जान सक्ने अबस्थामा हुनु हुन्नथ्यो सायद त्यसैले मलाई उठाउनु भएको थियो नत्र सके सम्म अरुलाई दुख दिने बानी थिएन आमाको । आमाले मेरो हात समात्नु भयो गह्रा पुरै भरिएर आलि भत्काउनै आटेको थियो । बिस्तारै हिलो आलिमा लड्दै लड्दै हामी खेतको पुछारमा पुग्यौ पानी अबीरल परि नै रहेको थियो मुसो झै निथु्रक्क भिझ्दै कुलोको बाध भत्काइदियौ पानी हामीलाई छोडेर हुर्र अगाडी बढ्यो । आमाको मन शितलो भयो । भोलीपल्ट आमाको घाउ जचाउन हामी अस्पताल गयौ टाका लगाउन पर्ने गरी काटेको रहेछ । अहिले समझदा लाग्छ आमाको यो प्रकृति प्रेम साच्चिकै समझन लायकको छ । आफ्नो खुट्टाको घाउको पीडाले दिने भन्दा कयौ गुना अनमोल थियो मुश्किलले जतन गरेको माटोले सुम्पेको खुशी ।
    बैनी को बिबाह भएपछि अस्ट्रेलिया गई । सानो दाज्यू पहिल्यै देखी अमेरिका हुनु हुन्थ्यो अब सन्तानको नाउमा म र ठूलो दाज्यू मात्र स्वेदश थियौ तर फरक फरक ठाउमा । सरकारी जागीरमा नियुक्त भएपछि मेरो पोस्टीङ नेपालगञ्ज भयो । काठमाण्डौ हुनु भएको दाज्यूले पटक पटक आग्रह गर्दा पनि बा आमा पुख्यौली थलो छाड्ने अबस्थामा हुनु हुन्नथ्यो। त्यहि परिबेशमा अल्झेका थिए आमाका बैसका मिठा सपनाहरु । तिनै गाउका दावलीहरु सँग कतै कतै साचिएका थिए आमाले बिना शर्त चुपचाप खर्चेका अतितका सप्तरङ्गी यादहरु । तिनै खोला नाला फाटहरु थिए आमाले लडेको जिवन युद्धका साक्षी । त्यहि माटोलाई थाहा थियो आमाको चुनौतिपुर्ण जिवनगाथा त्यसैले पनि आमा जुनसुकै हालतमा पनि आफ्नो ठाउ छोड्न चाहानुहुन्नथ्यो । त्यसै बिचमा एक पटक बा बेस्सरी बीरामी पर्नु भयो । त्यतिबेला आमा काठमाण्डौ हुनुहुन्थ्यो म नेपालगञ्ज । बाको बीरामी अबस्थाको ज्ञानले मलाई डोराएर बा भएको ठाउमा ल्याएको थियो । बा मेरो हात समातेर बेस्सरी रुनु भएको थियो त्यतिबेला । बीरामी भएपछि बाले आफ्नो आत्मबिश्वास गुमाउनु भएको थियो । गलामा आसु अड्काएर बाले भन्नुभएको थियो नानी मेरो जिवन अब लामो समय रहन्न नातीलाई ठूलो मान्छे बनाएस है । त्यसै भक्कानीएको थियो मेरो मन । रोकेर आशुलाई बुबाको अगाडी शाहासी घोषित गरेकी थिए आफुलाई अनि भनेकी थिए बाबा यस्तो कुरा नगर्नु जिवन सँग आशा राख्नु पर्छ निराशाले हामीलाई झन गलाउछ बा मेरो अभिब्यक्तिले उज्यालो हुनुभएको थियो । बुबा लाई भेटेर नेपालगञ्ज फर्केको त्यस्तै एक महिना भएको हुदो हो असारको महिना थियो रातीको त्यस्तै ११ बजेको हुदो हो घरबाट फोन आयो बैनीको(फूपूको छोरी) मुटुमा बज्रपात हुने गरी । उनको आशय थियो जिबनको अन्तिम अबस्थामा बा छटपटाइरहनु भएको छ छिटो आइपुग्नु पर्यो मेरो आखा तिरमीराउन थाल्यो मुटु जोडले धड्कन थाल्यो हातखुट्टा काम्न थाल्यो मैले चाहेर पनि आफुलाई नियन्त्रण गर्न सकिन एकाएक आखामा आमाको तस्बिर नाच्न थाल्यो आमा के गरिरहनु भएको होला यतिबेला । रातीनै एम्बुलेन्स रिर्जभ गरेर ३ बर्षको छोरो च्यापेर हामी बालाई भेट्न कुद्यौ पानी घनघोर परेको थियो त्यो भन्दा ठूलो गरी गर्जिएको थियो मेरो मनको आकाश । हामी त्यस्तै बिहानको नौ बजे घर पुग्यौ घर वरीपरीका मान्छेले घेरेका थिए हाम्रो घरलाई मलाई यो कुराको अनुमान पहिला नै थियो । १४ बर्षको कलिलो उमेरमा आमाको जिवनसाथी बन्नुभएका हाम्रा बा, ४÷४ वटा सन्तानका आर्दश पिता आज सबैकुरा छोडेर तुलसीको मठ नजिकै लाशमा परिणत हुनु भएको थियो । ढलेको थियो गल्र्याम्म हाम्रो आशाको धुरी खावो अनि उजाड र अन्धकार भएको थियो हाम्रो उज्यालो संसार । भाचिएको थियो आमाको बुढेसकालको साहाराको लट्ठी । बा नेपालगंज आउनु न भनेर मैले बोलाउदा बा सधै भन्नुहुन्थ्यो मलाई फुर्सद छैन । अहिले टुङ्गीएका थिए बाका ति तमाम हतारहरु ।बा उन्मुक्त हुनु भएको थियो सम्पुर्ण बन्धनहरुबाट अनि केबल रहेको थियो एक मौन सन्नाटा । जुन शरीरलाई म बा बा भनेर झुण्डीन्थे त्यो शरीरबाट बा अलग्गीनुभएको थियो । आजसम्म मेरो ज्ञान अपुरो रहेछ बा भनेको केबल शरीर मात्र होइन रहेछ अलिकति आस्था पनि रहेछ अलिकति चेतना पनि रहेछ अनि अलिकति बिश्वास पनि रहेछ । मेरो उपस्थिति पछि वरीपरीकाले भन्न थाले छोरी आइहाली छिटो लैजाउ लाशलाई । बालाई लाश भन्दा मलाई एकदम रिस उठीरहेको थियो मेरो बाको शरीर कसरी लाश भयो अरुका लागि ।आखिर जीवनको परिभाषा यतै कतै अल्झीएको छ सायद । अनेक प्रश्नले घेरेको थियो मलाई जिवन को अर्थ यतिमात्र हो जन्मनु अनि अनेक सम्बन्ध हरु जोड्नु अनि अन्तमा सारा सम्बन्धहरु छोडेर एक्लै जानु ।जिबनका खोल्न बाकी जान्न बाकी रहस्यमय अनेक अनेक प्रश्नहरुले थिला थिला पारेको थियो मलाई । म फुपुदिदिको काखमा एकोहोरो रोइरहेकी थिए आमा का हुनुहुन्छ थाहा थिएन हेर्ने आट पनि थिएन पछि थाहा पाए आमा मेरो नजिकै मुढो झै हुनुहुदोरहेछ निशब्दः मौन अर्धचेत अबस्थामा । सानो दाज्यु र बैनी बिदेश भएकोले बाबाको अन्त्येस्टीमा ठूलो दाज्यु र म मात्र भयौ । बाको पार्थिब शरीर चितामा बलिरहदा म आमालाई अन्तिम पटक रातो कपडामा हेरीरहेकी थिए त्रिबेणीले एक एक गरी बगाइरहेको थियो आमाका शरीरमा भएका राता रङ्गहरु सँगै मिसाएर आमाका जीवनमा बचेका खुशीहरु पनि । अनि बेस्वादको जिन्दगीको बाकी थियो ।
    । उफ कुन युगमा बाचीरहेका छौ कुन्नी हामी पीडा जति सबै नारीका नाममा बन्दकी । अब बा नहुनुको अर्थमा आमा पहिरहनुहुनेछ कुनै सीपाहीको बर्दि जस्तो नियमपुर्बक यीनै बिना रङ्गका लुगाहरु अनि चिन्नेछ समाजले परै बाट यसको लोग्नेले छोडेर गएछ । जति सुकै प्रयास गरेपनि बाको दियो निभ्यो सधै सधैका लागि । आमा र बाको इतिहास पल्टाउदा आमा काहा थिइन खै ? घर बाको थियो, परिबार बाको थियो , बंश बाको थियो, छोरा छोरी पनि बाका नै थिए कुटुम्ब इस्टमित्र पनि बाका नै थिए त्यहा कतै आमा थिइनन आमा थिइन त केबल बाको सेवामा, प्रशव वेदनामा , चुलो चौकामा , मेलापात र बनजल र घरका अन्य काममा ,बुहारी हुनुको जिम्मेबारीमा आमा र भाउज्यु हुनुको कर्तब्यमा । बर्षो देखी यसरी नै नारीहरु केबल पूरुषको कुनै एउटा भागमा परिणत भएर बसिरहेछन ,थाहा छैन यो शिलशिला कहिले समाप्त होला अनि आम नारीहरुले पनि मान्छे हुनुको बिरासत उपभोग गर्न पाउलान ।

    Advertisement

    शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.