चितवन लगायत देशका विभिन्न स्थानहरुमा हुने ब्यूटी प्याजेन्टहरुमा कोरियोग्राफरको भूमिका निर्वाह गरिसकेका, मोडलिङ क्षेत्रमा विभिन्न अवार्डहरु जित्दै आएका चितवनका उदयमान मोडल उडेन ठकुरीले भ्वाईज अफ स्टाइल चितवनको फष्ट रनरअफको ताज समेत हासिल गरिसकेका छन् । उनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका छन् ।
Advertisement
ठकुरी हालै काठमाण्डौंमा ड्रीम सर्च एजेन्सी ले आयोजना गरेको “फेसनफेयर पुरस्कार २०२०” मा नेपाल, भारत लगायतका स्थानहरुबाट आएर प्रतिस्पर्धामा उत्रिएका मोडलहरुलाई पछि पार्दै “बेस्ट इमर्जिंग कोरियोग्राफर” बाट सम्मानित भएका छन् । आफूले पाएको अवार्डले गर्दा झन् जिम्मेवारी वहन भएको ठकुरी बताउँछन् । अझै कोरियोग्राफरको क्षेत्रमा सक्रिय रुपमा लाग्दै समाजको लागि केही गर्ने ठकुरीले बताए ।





