भरतपुर/चितवन फिजिकल फिटनेश एवं चितवन जिम हाउसका प्रेस सल्लाहकार राजु भट्टकी ममतामय हजुरआमा बिष्णुमाया भट्टको ९० वर्षको उमेरमा भएको दुःखद् निधनले चितवन फिजिकल फिटनेश परिवारलाई स्तब्ध बनाएको छ । यस दुःखद् घडीमा जिम हाउस परिवारले समवेदना प्रकट समेत गरेको छ ।
समवेदना प्रकट कार्यक्रममा चितवन फिजिकल फिटनेशका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रकाश गुरुङ, प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठ, सल्लाहकारहरु प्रविन सिंह (पिन्टु), विजय थापा लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी आजै आधुनिकी दिदीबहिनी आमा समूहकी सदस्य मिरा भट्टकी सासुआमा बिष्णुमाया भट्टप्रति समवेदना प्रकट गरियो । समवेदना प्रकट कार्यक्रममा समूहकी अध्यक्ष सुकमाया भुजेल, उपाध्यक्ष प्रमिला लामिछाने, सचिव सुष्मा श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी बराल लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।






