• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चलचित्र पत्रकार संघ चितवनको साधारणसभामा चार जना सम्मानीत

  •   मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
  • भरतपुर/चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत एक जना कलाकार र तीन जना पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

    Advertisement

    चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको छ । श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी, पत्रकारितामार्फत चलचित्र क्षेत्रको उन्नयनमा टेवा पु¥याएको भन्दै संघले अनलाइन खबरका विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।

    सम्मानीत सबैलाई पाँच हजार ५५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्लाबाट सम्मान गरिएको हो । साधारणसभाका क्रममा कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारिता सँगै धेरै क्षेत्रमा कलम चलाएको बताउनुभयो । कलाकार र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेको क्षेत्रमा नेपाली कालाकारिता क्षेत्रको शीर उँचो हुने धुर्मुसको भनाइ थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले रङ्ग पत्रकारहरु पनि नेपाल पत्रकार महासंघको एशोसिएट सदस्य भएको उल्लेख गर्दै सहकार्य गरेर नेपाली पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले विट पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्नुभयो । विट पत्रकारिता हुँदै गर्दा चितवनमा चलचित्र पत्रकारहरुको भूमिका अझै बढेको उहाँहरुको भनाइ थियो ।

    कार्यक्रममा सम्मानीतहरुको तर्फबाट कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकार विजय आवाज र किशोर खनालले मन्तव्य राख्नुभएको थियो । साधारणसभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले जानकारी दिनुभयो ।

    त्यसैगरी, जिल्लाले गर्ने हरेक काम केन्द्रसँग सहकार्य गरेर गर्ने र चाँडै नै राष्ट्रिय स्तरको कार्यशाला गर्ने निर्णय समेत भएको पोखरेलले बताउनुभयो । कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गर्नुभएको थियो ।

    मङ्गलबार, माघ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.