• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

सुरक्षित गर्भपतन र परिवार नियोजनबारे अन्तरक्रिया


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • खैरहनी/खैरहनीमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धि अन्तरक्रिया गरिएको छ । ग्रीन तारा नेपालले सञ्चालन गरेको महिला स्वास्थ्य परियोजनाअन्तर्गत सुरक्षित गर्भपतन र परिवार नियोजन आइयुसिडीको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुका बीच अन्तरक्रिया गरिएको हो ।

    Advertisement

    कार्यक्रममा महिलाहरुले गर्भपतन तथा परिवार नियोजनका लागी सरकारी स्वास्थ्य संस्था भन्दा निजी स्वास्थ्य संस्थामा छिटो र सहज सेवा पाइने बताए । सरकारीमा ढिलासुस्ती हुने, औषधि तथा आवश्यक सामग्रीहरुको अभाव हुने, स्वास्थ्यकर्मी झर्किने, झन्झट मान्नेजस्ता समस्या रहेको उनीहरुले गुनासो गरे । जवाफमा खैरहनी प्रथामिक स्वास्थ्य केन्द्रका टेकनाथ बसेलले नगरपालिका भइसकेपछि सेवा प्रवाहमा उल्लेख्य सुधार भइसकेको दाबी गरे । उनले निजी अस्पतालसरह नै सरकारीमा पनि सेवा सुविधा सुरु भइसकेकाले निर्धक्क सेवा लिन सकिने बताए ।

    स्थानीय स्वयमसेविकाहरुले पनि महिलाहरुलाई निजीमा भन्दा सरकारी स्वास्थ्य संस्थामा सेवा लिन अनुरोध गर्ने गरेको बताए । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले निजीले दिने सेवा पनि प्रभावकारी हुने भएपनि सेवाशुल्क महंगो लिन नहुने बताए । उनले निजी क्षेत्रको सेवाप्रवाहको रेकर्ड प्राप्त नहुदाँ समस्या आउन सक्ने बताए । कार्यक्रममा नगरपालिकाका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले सुरक्षित गर्भपतन, परिवार नियोजन, स्वास्थ्य बिमा लगायत बिषयमा सहजीकरण गरेका थिए । उनले गर्भपतन र परिवार नियोजन महिलाको अधिकार भएकाले महिलाले चाहेमा जुनसुकै बेला सेवा लिन सकिने बताए ।

    ग्रीन तारा नेपालका कन्ट्रि डाइरेक्टर रामचन्द्र सिलवालले सरकारी पहुँच नभएको क्षेत्र र समुदायलाई लक्षित गर्दै निजी स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा महिला स्वास्थ्य परियोजना सञ्चालन गरिएको जानकारी दिए । यो परियोजनाअन्तर्गत महिला तथा किशोरीहरुको सुरक्षित गर्भपतन, परिवार नियोजनको साधन आइयुसिडी प्रयोग लगायत सेवाहरु दिइदै आएको उनको भनाई थियो । ग्रीन तारा नेपालका कार्यक्रम अधिकृत श्याम बासुकलाले चितवनको खैरहनी नगरपालिकासँगै रत्ननगर, माडी र भरतपुर महानगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको बताए । जसका लागी खैरहनीमा रहेको चौधरी पोलिक्लिनिकसँग सहकार्य गरिएको उनले जानकारी दिए ।

    संस्थाले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई बिशेष तालिम प्रदान गरि यो परियोजना सञ्चालन गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न सेवाग्राही महिलाहरु, स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरु, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.