नारायणगढ/ग्राण्ड मल्टि इन्टरटेन्टमेण्ट हाउस प्रा.लि.को आयोजनामा खुल्ला नृत्य तथा गायनतर्फ नवप्रतिभाको खोजी अभियान चितवन स्टार ओपन डान्सिङ एण्ड सिङगिङ प्रतियोगिता नेपाल २०७७ को अडिसन राउण्ड सम्पन्न भएको छ ।
ग्राण्ड मल्टि इन्टरटेन्टमेण्ट हाउस प्रा.लि.का प्रबन्ध निर्देशक रिता लोहनीको अध्यक्षतामा उद्योग वाणिज्य संघ–चितवनको को सभाहलमा सम्पन्न अडिसन राउण्डमा समाजसेवी एवं युवा उद्यमी राकेशमान श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने बरिष्ठ पत्रकार राजु भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
करीब तीन दर्जनभन्दा बढी प्रतियोगिहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा आर्यान थापा र विवश नेपालीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
Advertisement





