कलाकार अनुरागमान सिंह कुँवरले ग्रामिण भेगका ६ जना बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । पौष १७ गते आफ्नो जन्मदिन पारेर कलाकार कुँवरले यसको घोषणा गरेका हुन् ।

ग्रामिण भेगका ६ जना बालबालिकालाई प्लस टुसम्म निःशुल्क पढाउँछु, वर्थडेमा अनुरागले भने, पढ्ने ईच्छा भएका तर आर्थिक अभाव भएका बालबालिकाको खोजीमा छौं । झण्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेका कलाकार अनुरागमान सिंह कुँवरले यसअघि जन्मदिनमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । पर्दामा उनी विशेषतः भिलेनको भूमिका निभाउँछन् ।

अनुरागमान सिंह कुँवरले ‘के यो माया हो’, ‘माइ प्रमिस’, ‘वडा नं ६’, ‘रातो घर’, ‘छक्का पञ्जा ३’, ‘छ माया छपक्कै’, ‘फेसबुक’ लगायत फिल्महरुमा अभिनय गरेका छन् । यही पौष १७ गते पर्न गएको उनको जन्मदिनमा वरिष्ठ कलाकर्मी नीर शाह, हरिवंश आचार्य, गौरी मल्ल, किरण के.सी सहित नायक रमेश उप्रेती, आर्यन सिग्देल, सविन श्रेष्ठ, पुर्व फुटबल कप्तान हरि खड्का उपस्थित थिए ।

यस्तै ‘छक्का पञ्जा समुह’बाट दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे अनि निर्माता, कलाकार तथा निर्देशक निर्मल शर्मा, चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने, कलाकार विल्सन विक्रम राई, मोडल दिपक घिमिरेले अनुरागलाई जन्मदिनको शुभेच्छा दिए ।

यस्तै राजनीतितर्फ काठमाण्डू महानगरपालिकाको उप मेयर हरि प्रभा खड्गी, नेपाली कांग्रेसको केन्द्रिय सदस्य प्रदीप पौडेल, बलदेव तिमल्सिेना, नेकपा पुर्व पर्यटन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका पुर्व रक्षा मन्त्री भिमसेन दास प्रधान अनुरागको वर्थ डे मा उपस्थित थिए ।






