भरतपुर/ब्लुरेज प्रोडक्सनको आयोजनामा द शो फेशन रनवे सम्पन्न भएको छ । भरतपुरमा सम्पन्न द शो फेशन रनवेको उपाधि पुरुषतर्फ अजिज मिया र महिलातर्फ सरस्वती विश्वकर्माले हात पारेका छन् ।
त्यस्तै फष्ट रनरअफ पुरुषतर्फ कृष्ण चौधरी, महिलातर्फ पुजा सुनार, त्यसैगरी सेकेण्ड रनरअफ पुरुषतर्फ समिर चौधरी र महिलातर्फ अंशु सुनारले हात पारेका छन् ।
प्रतियोगिता अन्तर्गत विभिन्न खाले गु्रमिङ तालिम, व्यक्तित्व विकास तालिम, फोटोसुट सम्पन्न गरिएको थियो । प्रतियोगितामा प्रदान गरिएको अवार्डहरु मध्ये वेष्ट एक्सप्रेरियन्स नविन सुनार, वेष्ट डे«स सौरभ सुनार, मोष्ट क्रियटिभ अजिज मिया, वेष्ट पोज जिना चौधरी, मोष्ट फ्रेण्डली पुजा सुनार, मोष्ट पपुलर अंशु सुनार, वेष्ट फिजिक्स कृष्ण चौधरी, पोजेटिभ यचुचेट समिर चौधरीले हात पारेका थिए ।
सेलिना बानियाँको सभापतित्वमा सम्पन्न द शो फेशन रनवेको मुख्य निर्णायकमा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ र निर्णायकमा सञ्चारकर्मी राजु भट्ट रहनुभएको थियो । आरजु अधिकारीले कोरियोग्राफर गरेको प्रतियोगितालाई पिक्सेल प्यालेस स्टुडियोले खिचेको थियो ।





