रत्ननगर, ०८ पौष/चितवन उद्योग संघले हाल कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि रत्ननगर नगरपालिकालाई प्रस्ताव पेश गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रस्ताव पेश कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले चितवन उद्योग संघले उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवन उद्योग संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा रत्ननगर नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने र संघले अघि सारेका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
प्रस्ताव पेश कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबर, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु गोपाल प्रसाद गैरे, पुरुषोत्तम रिजाल, रत्ननगर इकाई समितिका उपाध्यक्ष गोविन्द प्रसाद खनाल, रत्ननगर महिला उद्यमी मञ्चका अध्यक्ष प्रमिला पोखरेल, रत्ननगर युवा उद्यमी मञ्चका अध्यक्ष शिव खनाल, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायक कञ्चन खतिवडा, रत्ननगरका उद्योगीलगायतको सहभागिता रहेको थियो ।

Advertisement




