राप्ती, ०७ पौष/चितवन उद्योग संघले हाल कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि राप्ती नगरपालिकालाई प्रस्ताव पेश गरेको छ ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम भुजेललाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले चितवन उद्योग संघले उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।
त्यस्तै प्रस्ताव पेश कार्यक्रममा आफ्नो धारणा राख्दै राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाराम भुजेलले चितवन उद्योग संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा राप्ती नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने र संघले अघि सारेका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
प्रस्ताव पेश कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, दुर्गा प्रसाद भण्डारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, गोपाल प्रसाद गैरे, राप्ती इकाई समितिका उपाध्यक्ष सुदिप कुमार ओली, संघका सञ्चार अधिकृत राजु भट्ट, राप्ती इकाईका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
Advertisement




