• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तपाईहरुमाथि ठूलो अन्याय भईरहेको छ !


  •   मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
  • मोहन चापागाई

    राजनीतिक अगुवा

    Advertisement

    मोहन चापागाई, राजनीतिक अगुवाका रुपमा चिनिनुहुन्छ । कुनै दल विशेषभन्दा पनि आफुलाई नेपाली हुँ भनेर चिनाउन रुचाउने चापागाई वैचारिकरुपमा म कुनै पनि वाद वा विचारहरु मान्दिन भन्नुहुन्छ । मार्क्सवाद भनेको केहिपनि नभएर एउटा धर्म जस्तै दर्शन हो भन्ने चापागाई केवल नेपालवादको समर्थन गर्नुहुन्छ । ‘नेपालवाद’ नामक पुस्तक नै लेख्नुभएका चापागाई आफुलाई एक सरल नेपाली भनेर चिनाउनुहुन्छ । आफ्नै स्वतन्त्र विचारधारामा अडिग रहेका चापागाईले लामो समयदेखि विभिन्न कालखण्डको नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेको बताउनुहुन्छ । नेपालमा घटेका प्रायः राजनीतिक घटनाक्रमको साक्षी रहनुभएका चापागाई वर्तमान परिस्थितिलाई पनि चनाखोपूर्वक हेरिरहनुभएको छ । नेपाली राजनीतिक परिवर्तनका महत्वपूर्ण पात्र भएर पनि हाल छायाँमा रहनुभएका चापगाईसँग नेपाली राजनीतिको विगत, वर्तमा र भविष्यबारे गरेको कुराकानीको सारसंक्षेप :

    तपाई एकजमानामा जल्दोबल्दो राजनीतिज्ञ एवं लेखक हुनुहुन्थ्यो, अहिले किन हराउनुभयो ?

    म हराएको छैन । कोही पनि मानिस जन्मिसकेपछि हराउँदैन । म पन्चायतकालमा पन्चायत विरोधी थिए । निर्वासनमा बनारस बसे । मैले मेरो जीवनको लामो अध्ययन र अनुसन्धानबाट मार्क्सवाद भनेको एउटा दर्शन हो तर, यो शासन प्रणाली होइन भन्ने ठम्याए । पछि बहुदल आएपछि मैले आफ्नो विचार मिल्ने पात्र खोज्दै हिड्दा पुष्पलालसँग सहयात्रा र सहआन्दोलन गरे । उहाँसँग पनि विस्तारै बैचारिक रुपमा मतभेद हुनथालेपछि आफ्नो विचारको सतह मिल्ने गिरिजाबाबु भेटे । पछि उहाँ पनि कम्युनिष्टसँग मिल्नुभयो । सहयात्रीहरुबाट उचित साथ नमिलेपछि एक्लाएक्लै आफ्नो संघर्षको बाटो हिँडिरहेको छु । त्यसैले म हराएको छैन् ।

    तपाई पहिला पन्चायत विरोधी हुनुभयो, कहिले कम्युनिष्ट बनेर पुष्पलालहरुसँग मिल्नुभयो, पछि फेरी काँग्रेस भएर गिरिजाबाबुसँग मिल्नुभयो, काँग्रेसबाट फेरी राजावादी हुनुभयो ।

    अहिले चाहिं तपाई कुन पार्टीमा आवद्ध हुनुहुन्छ ?

    म अहिले कुनै पार्टीमा छैन । म स्वतन्त्र छु । म पहिला पनि मार्क्सवादको सिद्धान्त पूर्णरुपमा ठीक छैन, त्यो केवल गाइडलाइन्स हुनसक्छ तर, सबै कुरा माक्र्सले भनेजस्तो हुँदैन भनेर खण्डन गर्ने विचारधाराअनुसार नै पुष्पलालहरुसँग सहकार्य गरेको थिए । गिरिजाले कम्युनिष्टहरुलाइ माले, मन्डले र मसाले भनेर अछुत मान्नुहुन्थ्यो । त्यसैले मेरो माक्सवार्दको खण्डन गर्ने विचारधारा उहाँसँग मिल्न थालेपछि उहाँसँग सहकार्य गरेको थिए । जसरी विशेश्वरले आफ्नो जीवनकालमा कहिल्यै कम्युनिष्टसँग सहकार्य गरेनन त्यसैको अडिग विचारधाराबाट प्रभावित भएर म गिरिजाबाबुसँग सहकार्यमा थिए । तर, गिरिजाबाबु माओवादीसँग मिल्न दिल्ली पुगे । त्यसैले त्यहाँ पनि मेरो विचारधारा मिलेन । अहिले त नेपालमा काँग्रेस छैनन बरु जागिरे काँग्रेसीहरु मात्र छन् ।

    तपाईले राजा वीरेन्द्रको आर्शीवाद पाएपछि राजावादी हुनुभयो भन्ने आरोप छ नि ?

    मैले पहिल्यै भनिसके मलाई कुनै बाद वा बादी मन पर्दैन त्यसैले म राजावादी हो भनेर कसैले भन्छन भने भनिरहुन । मलाई कसैको आरोपले प्रभाव पार्दैन । यद्यपि, मैले नेपालको सामाजिक व्यवस्थाको हिसावले राजतन्त्र नमासौं भनेर भनेको थिए । मेरो जीवनकालमा राजा वीरेन्द्रसँग जम्मा एकपटक भेट भएको छ । उहाँ राम्रो हुनुहुन्थ्यो, म राजाहरुको आलोचना गर्थे र फेरि पनि राजा बीरेन्द्रले मलाई मन पराउनुहुन्थ्यो रे । राजा बीरेन्द्रको अन्त्यपछि ज्ञानेन्द्रसँग मेरो विचार मिलेन । अहिले अरुले ‘राजा आउ देश बचाउ’ भनिरहेका छन तर, ‘जनता आउ देश बचाउ’ भनेर बोल्ने मान्छे म एक्लो छु । तर, राजाहरुले एकीकरण गरेर बनाएको देश नेपालमा राजव्यवस्था चै नमासम तर, अरु कार्यप्रणलीहरुमा सुधार गरम भन्ने मेरो राय थियो र अझै पनि छ । साथै, शुरु देखिनै मेरो विचारधारा नेपालमा संघीय प्रणाली फिट हुँदैन भन्ने थियो । अहिले नेपालमा एउटा पनि पार्टी छैन सिर्फ राजनीतिको नाममा व्यापारीहरु मात्र छन्, दलालीहरु मात्र छन्, घुसखोरीहरु मात्र छन् ।

    तपाईले जो–जोसँग जुन–जुन पार्टीमा सहकार्य गर्नुभयो तिनीहरुले तपाईलाई प्रयोग गरेको मात्र देखियो ? के भन्नुहुन्छ ?

    होईन होइन । म यस्तो स्वतन्त्र मान्छेलाई कसैले प्रयोग गर्नै सक्दैनन् । मलाई प्रयोग गर्न प्रयास गरेका थिए सकेनन् । बरु मेरो आफ्नो विचारधारालाई प्रवाह गर्न मैले चाहि उनीहरुलाई थोरबहुत प्रयोग गरे हुँला । अनि यिनिहरुले मलाई राजावादी भन्न मिल्छ ? बरु मदन भण्डारी राजावादी थिए, उनले भनेका थिए–‘श्रीपेच खोलेर आए म राजालाई चुनावमा हराउँछ’ु भनेर । उनी त्यत्रो राजनीतिज्ञलाई पनि कस्तो थाहा नभएको कि राजा भनेको व्यक्ति हैन व्यवस्था हो ।

    मदन भण्डारीको हत्या थियो कि दुर्घटना, तपाईलाई केही थाहा छ कि ?

    त्यो त मैले कसरी भनौ । मदन भण्डारीको दुर्घटनामा मृत्युपछि मदनकै नाम बेचेर नेपालका कम्यूनिष्टहरु कयौं पटक, बार बार, राज गरिरहेका छन् । देशको शासनसत्तामा हालीमुहाली उनीहरुले नै गरिरहेका छन । तर खै त पत्ता मदनलाइ कसले मार्यो भनेर पत्ता लगाय त ? यी सब ठगहरु हुन्, भ्रष्टहरु हुन्, धोकेवाजहरु हुन । यिनीहरुले मदनको हत्यारा पत्ता लगाउन सकेनन् । आफैले बाहेक अरु कसैले हत्या गरेको हुन्थ्यो भने त कम्युनिष्टहरुकै रजगज, पावर र पुँजी भएको बेलामा को हो त्यो हत्यारा पत्ता लगाउन सक्नुपथ्र्यो नि ? मुख्य शंकालाग्दो कुरा यहि छ ।

    त्यसो भए अहिले नेपालमा कम्प्यूनिष्ट छैनन त ?

    हो नेपालमा कम्युनिष्ट छैनन् । कम्युनिजम नामको विश्वप्रख्यात दर्शनको नाममा जागीर खाने खौवाहरु मात्र छन् । कम्युनिष्ट भनेको आन्दोलन हो । यहाँ त आन्दोलन हैन दबदवा छ । बरु नेपालका सो कल्ड कम्युनिष्टहरुलाई राजावादी भन्न मिल्छ । यिनीहरुको रहनसहन, खानपान, जीवनशैली, कार्यशैली, नेतृत्व सबै राजासँग ठ्याक्कै मिल्दो छ ।

    के त्यसो भए नेपालमा काँग्रेसी मात्र छन् त अहिले ?

    अहँ, काँग्रेस पनि छैन । काँग्रेस भनेको त एउटा संघर्ष अन्दोलन हो, विचारधारा हो । अहिले नेपालमा काँग्रेस छैनन् । उही कम्युनिष्ट जस्तै काँग्रेस विचारधाराको नाममा जागीर खाने खौवाहरु मात्र छन । काँग्रेस भन्ने चीज त उही दिनदेखि सकिएको हो नेपालमा जब गिरिजाले माओवादीसँग साँठगाँठ गरेर आफ्नो विचारधारालाई लात हानिदिए । विपीले कहिल्यै आफ्नो विचारधारालाई छाडेनन् तर, गिरीजाले भने काँग्रेसको हत्या गरे ।

    यहाँलाई त हरेक गोप्य सूचनाहरु जानकारी हुन्छन भनिन्छ, राजा बीरेन्द्रको हत्या चाहिं कसले गरेको थियो ?

    राजा बीरेन्द्रको हत्या नेपाली इतिहासकै सबैभन्दा ठूलो दुःखद घटना हो । यसका पछि ठूलो गोलघेरा छ । आफ्नै वरपरकालाई गोटी बनाएर परकाले सिध्याय राजा बीरेन्द्रलाई । यो विषयमा अर्को पटक कुरा गरौंला ।

    अहिले नेपालको राजनीतिक कता जाँदै छ ?

    नेपालको अहिलेको राजनीति दिशा भनेको दुर्घटनातर्फको दिशा हो । यस्तो राजनीतिले जनताको नीति निर्माण गर्न सक्दैन । जनताको सेवा गर्न सक्दैन । र, राजनीति भनेको खासमा विशुद्ध सेवा हो । मिनिस्टर भन्ने अंग्रेजी शब्दको अर्थ नै सेवा हो । तर यहाँ राजनीति भनेको व्यापार, व्यवसाय वा धन्दा भैरहेको छ । त्यसैले अहिलेको राजनीति केवल एउटा व्यापाारिक जमातहरुको भीड मात्र भैरहेको छ । उदाहरणको लागि पहिले गुन्द्रुक खाने नेताहरुको अहिलेको जीवनशैली, खानपान, गाडी, बंगला र उनीहरुको कमाई हेर्न सक्नुहुन्छ ।

    तपाई अहिलेको संविधान मान्नुहुन्छ कि मान्नुहुन्न ?

    अहिलेको संविधान मान्नु भनेको संघीय प्रणाली मान्नु हो । त्यसैले म मेरो जीवनको शुरुवाती दिनदेखि नै नेपाल जस्तो सानो सुन्दर देशालाई चिराचिरा पार्न जरुरी छैन, नेपाललाई फुटाएर संघीय बनाउन जरुरी छैन, नेपालमा संघीय प्रणाली फिट हुँदैन भन्ने गर्थे । मैले भनेअनुसार नै अहिले संघीय प्रणाली फेलिएर हुँदै गईरहेको छ । त्यसैले म अहिलेको संविधान मान्न सक्दिन । मैले त नेपालमा राजसंस्था भनेको एउटा प्रणाली मात्र हो यसलाई नमासौ भनेको थिए । नेपाल हिन्दुहरुको बाहुल्य देश हो त्यसैले हिन्दुराज्य नमासौ भनेको थिए । देशलाई टुक्राटुक्रा नपारौं भनेको थिए तर, केही पनि भएन । त्यसैले म यो संविधान के आधारले मानौं जबकि सम्पूर्ण नेपालीहरुले हिन्दुराज्य चाहिन्छ भन्दाभन्दै धर्मनिरपेक्ष राज्य बनाए । यी खौवाहरुले त देशको धर्म संस्कृति नै बेचेर खाए । आफ्नो धर्म त बेचेर खाए खाए अन्तमा कृश्चियन पादरीले खुवाएको होली वाइन खाए । त्यसैले यो संविधान मान्ने आधार नै छैन ।

    के अब नेपाल हिन्दुराज्य बन्न सक्ला ? अब राजतन्त्र फर्किएला ?

    अब यो कसैले फर्काएर फर्किदैन । नेपालमा पुनः यी व्यवस्था ल्याउन कुशल राजनीतिज्ञ चाहिन्छ । दुःखद कुरा यही हो कि अहिले नेपालमा एकजना पनि राजनीतिज्ञ छैन । सबैले राजनीति नामक व्यवसाय मात्र गरिरहेका छन । धर्म बचाउन र देश बचाउन त जनता जनार्दन दर्शन मनन् गर्ने राजनीतिज्ञ चाहिन्छ । व्यापारीहरुले त बेचेर खाने काम मात्र गर्न सक्छन ।

    अहिलेसम्म जनवादी व्यक्तिको रुपमा रहनुभयो, अबका योजना के छन् तपाईका ?

    मेरो चाहाना भनेको जनताको अधिकार सुनिश्चित गर्ने शासन व्यवस्था नेपालमा निर्माण गर्ने थियो पहिले तर, मेरो जीवनको दुई दुभाग्य भनेको राजा बीरेन्द्र मारिनु र गिरिजाले माओवादीसँग साठगाँठ गर्नु हो । यी घटनासँगै मेरा सपनाहरु पनि ओइलाए । म कुनै पनि पार्टीमा लागिन म सदैव स्वतन्त्र थिए । त्यसैले अहिले पनि मेरो व्यक्तिगत आवाज भनेको ‘जनता आउ देश बचाउ’ हो ।

    अन्तमा के भन्न चाहनुहुन्छ ?

    म अरु धेरै केही भन्न चाहान्न । तपाईहरु जस्तो संचारमाध्यमले आवाजलाई बुलन्द गराईदिएमा म एउटै प्रमुख कुरा भन्दछु । अहिले हाम्रो देश ठुलो संकटमा छ । संकटकालको भन्दापनि ठूलो संकटमा छ । त्यसैले ‘जनता आउ देश बचाउ’ भन्ने नै हो । नेपाल जस्तो देशमा संघीयता फिट हुँदैन, हिन्दु नै हिन्दुको बाहुल्यता भएको देशमा धर्म निरपेक्षता फिट हुँदैन, राजाहरुले नै बनाएको वा जन्माएको देशमा राजसंस्था हटाउनु हुँदैन । त्यसैले जनता जाग्नुहोस । तपाईहरुमाथि ठुलो अन्याय भइरहेको छ । तपाईहरुको न्यायको लागि अरु कसैले लडिदिदैनन । तपाईहरु आफैले आफ्नो देश र आफ्नो अस्मिता बचाउनु पर्ने छ ।

    मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.