• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

‘एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता हो, महासंघले नेतृत्व लिनु पर्छ : कृष्णलाल महर्जन


  •   शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
  • ललितपुर, २५ मंसिर /ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य कृष्णलाल महर्जनले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता भएको औंल्याउदै एकताबद्ध निजी क्षेत्र अभियानको नेतृत्व सम्हाल्न नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वलाई आग्रह गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघद्वारा मंगलबार आयोजित महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई स्वागत एवं बधाई कार्यक्रम माझ अध्यक्ष कृष्णलाल महर्जनले निजी क्षेत्रलाई एकताको सूत्रमा बाँध्न आग्रह गरेका हुन् ।

    Advertisement

    “निजी क्षेत्रको छाता संगठनका हैसियतले महासंघको काँधमा ऐतिहासिक जिम्मेवारी छ र त्यो जिम्मेवारी महासंघले सीएनआई, चेम्बरलगायत अन्य संगठनसमेतको विश्वास र सहमति लिएर पूरा गर्नुपर्छ,” अध्यक्ष महर्जनले भने, “अन्य संगठनलाई पनि विश्वासमा लिनुपर्ने र निजी क्षेत्रको साझा धारणा बनाउनुपर्ने यो बेला हामी महासंघभित्रै एक आपसमा पुराना तुष पालेर बस्यौं भने कहिँ पनि पुग्दैनौं, यसैले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता हो र निसन्देह यसको नेतृत्व महासंघले नै लिनुपर्छ ।” उनले भने । अध्यक्ष महर्जनले निजी क्षेत्रको नेतृत्व महासंघले लिएमा ललितपुर उद्योग वाणिज्य संघ महासंघलाई काँधमा बोकेर अगाडि बढ्न पनि तयार रहेको बताए । थप धारणा राख्दै उनले भनेका छन् “कोभिडका कारण यतिबेला निजी क्षेत्र नराम्ररी थला परेको छ ।

    महामारीको संकट सुरु भएको झन्डै ९ महिना पुग्न लागिसक्दा पनि बल्ल हामी सरकारबाट घोषित पुनर्कर्जा र व्यवसाय सञ्चालन कोष कार्यान्वयनको पहिलो चरणमा आइपुगेका छौं । अहिलेसम्म राष्ट्र बैंकले ऋणीप्रति राखेको सद्भावकै कारण आम व्यवसायीहरुको समस्या सतहमा त्यतिधेरै आइसकेको छैन । तर, व्यवसाय पुनः सञ्चालन नहुने हो र अर्थतन्त्रले पहिलेकै लय पक्रन सकेन भने केही समयभित्रै यो विष्फोट हुनसक्ने अवस्था छ,”। सो अवसरमा महर्जनले महासंघको नयाँ नेतृत्वले अहिलेको संकट र चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्नुपर्ने भनाई राख्दै सरकारलाई निजी क्षेत्रका एजेण्डा सम्बोधन गर्ने गरि काम गर्न सक्नुपर्ने उल्लेख गरे। “हामी निजी क्षेत्र भनेकै संकटमा अवसर देख्ने वर्ग भएकाले सरकारलाई फकाएर हुन्छ कि दबाब दिएर हुन्छ, जसरी पनि निजी क्षेत्रका एजेण्डामा अगाडि बढाउनु पर्छ । त्यसका लागि हामी पहिले एक हुनु आवश्यक छ,” उनले भने, “हामीले अर्थतन्त्र पुनरुत्थानका लागि मात्र नभइ अबको मुलुकको एजेण्डा नै राजनीतिक नभई आर्थिक एजेण्डा हो भनेर स्थापित गर्न सक्यौं भने निश्चय पनि हाम्रो कार्यकाल सफलमात्र नभइ ऐतिहासिक पनि हुनेछ । ” महर्जनले आफ्नो धारणा राख्दै भने ।

    त्यसै गरि महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको ५४ औ साधारण सभा र सोही अवसर माझ सम्पन्न निर्वाचन पस्चात महासंघमा पक्ष विपक्ष भन्ने भावनाको अन्त्य भई सकेको कुरा राख्दै सबै मिलेर मुलुकको आर्थिक विकासका लागि सशक्त रुपमा कार्यक्रम बनाउने योजना लिएको बताए । अध्यक्ष गोल्छाले देशैभर हाल सुस्त रहेको आर्थिक गतिविधिलाई गति दिन महासंघले सबैको सहमति र सल्लाहमा चाँडै नै धारणापत्र तयार पारि कार्यान्वयका लागि सरकारलाई पेश गर्ने पनि बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले धन्यवाद ज्ञापन गर्दै निर्वाचित पदाधिकारी र सदस्यहरु एक एकजुट भई महासंघलाई सशक्त तुल्याउनु पर्ने बताए । उपाध्यक्ष जोशीले महासंघलाई नमुनाका रुपमा स्थापित गर्न लाग्नुपर्ने औल्याउदै यसका लागि संघले सदैव सहयोगी भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।

    कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा सहित विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरु लगायत वाग्मति प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो । अध्यक्ष महर्जन सहित निर्वतमान अध्यक्ष सविन श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जोशीले महासंघका अध्यक्ष शेखर गोल्छा सहित विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा संघका महासचिव मनोज बहादुर न्याछ्योंले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.