• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रुसी व्यापारिक प्रतिनिधी मण्डल र चेम्बर पदाधिकारी बिच भ्याक्सिन र लगानी बारे छलफल


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • काठमाडौं, २४ मंसिर /रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।

    Advertisement

    व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुक बीच सहकार्य गर्नु ठूलो संभावना रहेको पनि उनले औल्याए । उनले पूर्वाधार विकास अन्तर्गत रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाईल क्षेत्रमा विभिन्न परियोजना संचालन गर्न दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त संभावना रहेको बताए ।

    यसको साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपालसंग कृषि क्षेत्रमा “फिजियोलोजीको” सहयोगका लागि प्रारम्भिक चरणको कार्य भइरहेको उनले उल्लेख गरे । मिट्रभले दुई ठूला मुलुकको बीचमा रहेको नेपाल ले पुलको काम गर्न सक्ने बताए । खासगरि नेपालमा परापूर्वककाल देखि प्रयोग भइरहेको आयुर्वेद एवम् पर्यटन र रुसमा प्रविधि पर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकास गर्न सहकार्य गर्न सकिने बताए । साथै उनले ब्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिन सुझाए ।

    पर्यटन प्रवद्र्धन र व्यवसाय प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने रुसी ब्यापारीका प्रतिनिधीमण्डलका प्रमुख मिट्रभको तर्क थियो । सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारीक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसि लागेको बताउदै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँए । अध्यक्ष श्रेष्ठले सो भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका खेल्न तयार रहेको पनि बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोत र ४०० के.भी. ट्रान्समिसन लाईनमा समेत रुसी लगानी आउने आशा एवं विश्वास व्यक्त गरे ।

    विगतमा रुससँग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट पर्याप्त प्रवद्र्धन गर्न सिधा हवाई सम्पर्क हुनुपर्ने बताउदै नेपाल जडिबुटी र आयुर्वेद्को जननी मुलुक नेपाल भएकोले स्वास्थ्य उपचारका लागी नेपालको जडिबुटी र रुसको प्रविधीको प्रयोग गर्नुपर्ने बताए । नेपालमा रुसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङ वा अन्य निकायसँग समेत वि टु वि वैठक गरी सो कार्य गर्न सकिने समेत श्रेष्ठले स्पस्ट पारे । खनीज तथा खनीजजन्य वस्तुको उत्खनन, आपसी ब्यापार र लगानीको लागी समेत नेपाल उपयुक्त मुलुक रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । साथै उनले नेपाल अल्पविकसित मुलक भएकोले र विकाशोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुदा हाल सम्म अमेरिका, अस्ट्रेलिया र यूरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणली जि.एस.पी. र एभीथ्रिङ्ग बट आर्म अन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाईदा लिन रुसी लगानीकर्ताहरुलाई आग्रह र अनुरोध गरे ।

    दुई मुलुकमा हुने ब्यापर मेला तथा प्रर्दशनीमा सहभागीतामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए । द्विपक्षिय भेटका क्रममा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, युथ चेम्बरका अध्यक्ष ,पर्यटन समितिका सभापति,सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति , नेपाल चीन व्यापार प्रवद्र्धन समिति सभापति , वाणिज्य समितिका सभापति र कार्य समिती सदस्यहरुको उपस्थिति रहेको थियो । सामाजिक दुरी र सरकारबाट तोकिएको स्वास्थ्य प्रोटोकल कायम गरी सिमित रुपमा भेट एवम् छलफल गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.