भरतपुर, १४ मंसिर/दुमाडी कौशिक गोत्रिय अलिना भट्ट समाजको तेश्रो बार्षिक कुल पूजा विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
गोरखा, तनहुँ, लमजुङ, धादिङ लगायतका छिमेकी जिल्लाहरुबाट चितवनका विभिन्न स्थानमा बसाई सराई गरी आएका कौशिक गोत्रिय अलिना भट्टहरुको परिवारहरुले रत्ननगर, जिरौनामा तेश्रो बार्षिक कूल पूजा गरी मनाएका छन् ।
Advertisement
दुमाडी कौशिक गोत्रिय अलिना भट्ट समाजका अध्यक्ष देवीप्रसाद भट्टको संयोजकत्वमा सम्पन्न कुल पूजामा सचिव कृष्णप्रसाद भट्टले दोश्रो कुल पूजा पछि भट्ट समाजमा भएका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने, कोषाध्यक्ष गोकुल प्रसाद भट्टले समाजले गरेका आर्थिक गतिविधिका बारेमा आफूसँग भएको आर्थिक विवरण पेश गर्नुभएको थियो ।





