• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कृषि र औंद्योगिक क्रान्ति गर्ने सोच बोकेका धर्तीपुत्र सुबोधकुमार गुप्ता (व्यक्ति बिशेष)


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने गर्छन् । परिवारको साथ विना सफलता हासिल गर्ने मानिसहरुलाई हम्मेहम्मे पर्ने उनी बताउँछन् । ४६ बर्ष टेकेका गुप्ता यो अवस्थासम्म आईपुग्दा आफ्ना पिता मातासँगै श्रीमती रानी, छोरा मोहित अनि साहिल, छोरी मोहिनी र साथीभाइ एवम इस्टमित्रको दर्विलो साथ र स्नेह आफुसँग रहेको स्मरण गर्छन् । सामाजिक चेतका धनी तथा शिक्षाप्रेमी सुबोध कुमार गुप्ता विभिन्न सामाजिक संघ संस्था एवम् शैक्षिक प्रतिस्ठानहरुमा समेत आवद्ध छन् ।

    Advertisement

    व्यवसाय र संगठनमा गुप्ताको भूमिका

    सुबोध कुमार गुप्ता २२ बर्षको उमेर देखी उद्योग व्यापारको क्षेत्रमा लाग्दै आएका छन् । गुप्ता व्यवसायिक रुपमा कृषि एवम् खाद्यान्नको क्षेत्रमा सकृय छन् । त्यसो त उनी कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिस्ठित व्यवसायिक घराना मोहित ग्रुपका संचालक हुन । उनले मोहित ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड मानिन्छ । ग्रुपलाई सहि दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्धितिय कार्यकौशलता तथा व्यवस्थापकिय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिस्ठित व्यवसायिक प्रतिस्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रुपमा हेरिदै आईएको छ ।

    कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धी हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट सो क्षेत्रको नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दुरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढिकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ । खाद्य उद्योगको क्षेत्रको विकास र उन्नयनमा निकै सकृयतापुर्वक लागि पर्दै आएका गुप्तालाई व्यवसायिक ब्रित्तमा भिजन भएका नेताको रुपमा लिईन्छ । युवा व्यवसायीहरु माझ निकै चर्चित गुप्तामा नयाँ पुस्ताका लागि रोल मोडल बन्न सक्ने ल्याकत देखिन्छ ।

    त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगंज वासी माझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरुको शहरको उपमा पाएको वीरगंज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यहि शहरबाटै आफ्नो व्यवसायिक यात्राको शुभारम्भ गर्दै सफलताको मुकाम प्राप्ती गरेका हुन ।दुई दशक अघि देखी विरगंज उद्योग वाणिज्य संघको कार्य समितीमा रहेर कार्य गर्दै आएका गुप्ता हाल संगठनको वरिस्ठ उपाध्यक्ष छन् । यस अघि उनी संघको महासचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । साथै उनले महासंघमा रहेर ट्रेड कमिटी सदस्यको कार्यानुभव संगालेका छन् । यस अर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रुपमा हेर्ने गरेको पाईन्छ ।

    अब्बल नेतृत्व र ख्याती

    चामल, तेल दाल उद्योग संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा गुप्ताले देश, देशवासी, व्यवसायी र खाद्य क्षेत्रमा पुर्याएको योगदान प्रशसनिय रहेको छ । मुलुकले विगत ८ महिना यता कोभिडको कहर झेलिरहेको अवस्थामा उनले बागडोर सम्हालेको संघले जनस्तर एवम् राज्यस्तरमा राम्रो छाप छोडन सफल रह्यो । विशेषत यस अवधी माझ मुलुकमा खाद्यान्न पदार्थको अभाव हुन नदिन उनको नेतृत्वमा संघले लिएको पहलकदमी राष्ट्रिय अर्थतन्त्र साथै उपभोक्ताको खाद्य अधिकारको क्षेत्रमा कोशे ढुङ्गा साबित भएको छ । गएको झण्डै ८ महिनाको अन्तरालमा नेपालमा खाद्यान्नको अभाव महशुश हुन पाएन । यसलाई सुखद पक्ष नै मान्नु पर्छ ।त्यसो त यस माझमा व्यवसायिक वातावरण निर्माण गर्न उनले संघको तर्फबाट सरकारका विभिन्न तह समक्ष गरेको लबीका कारण व्यवसायीहरुले निर्धक्कका साथ आफ्नो व्यवसाय संचालन गर्ने माहौल बन्दै आएको छ । व्यवसायीहरुका तमाम समस्याहरुलाई समाधान गर्न समेत आफ्नो बलबुताले भ्याएसम्म उनी सकृयतापुर्वक लागि पर्ने गर्दछन् । निजी क्षेत्रको साँख र गरिमालाई अक्षुण राख्दै व्यापार व्यवसायी गर्नुपर्छ भन्ने मान्यता राख्ने गुप्तालाई एक इमान्दार र कर्मठ व्यवसायीका रुपमा लिईन्छ । फलत: उनको व्यक्तित्व र नेतृत्वको सर्वत्र चर्चा हुँदै आएको छ ।

    यस बाहेक पनि उनले विरगंज उद्योग वाणिज्य संघमा विगत दुई दशक देखी विभिन्न तहमा रहेर गर्दै आएको कार्यले वाणिज्य आन्दोलनलाई बल पुर्याईरहेको छ । त्यसो त विरगंज उद्योग वाणिज्य संघमा निरन्तरको उनको उपस्थितीले यसको सुदृढिकरणमा उस्तै योगदान पुगेको छ । बौद्धिकता, निर्भिक र दृढ आत्मविश्वास, मिलनसारिता, सहयोगीपना, नेतृत्वदायी भूमिका आदी जस्ता सदगुणबाट ओतप्रोत गुप्ताले संगठन विस्तारका लागि खेल्दै आएको भूमिका सर्हानायोग्य रहेको छ ।

    बौद्धिक व्यक्तित्व

    मन, वचन र कर्मले आफ्नो दायित्वमा खरो उत्रदै आएका गुप्ता आम व्यवसायी माझ बौद्धिक व्यक्तित्वका रुपमा पनि परिचित छन् । समय समयमा उनले खाद्य, कृषि र व्यवसाय क्षेत्रसँग सम्बन्धित रही कलम चलाउदै आएको पाईन्छ । उनका लेख रचनाहरु राष्ट्रिय एवम् स्थानिय स्तरका संचार माध्यममा प्रकाशित हुँदै आएका छन् । व्यवसायिक रुपमा उद्योग र व्यापारको क्षेत्रमा लाग्दै गर्दा लेख मार्फत विचार सम्प्रेषणले सो क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ । तसर्थ पनि अनवरत रुपमा उनी लेखन कार्यमा जुटदै आएका छन् । निजी क्षेत्रको भनाई राख्दै लेखिने यस्ता समसामयिक लेखले
    सरकारलाई निती एवम् योजना बनाउन, उपभोक्तालाई बजार अवस्था बारे जानकारी दिलाउन र आम व्यवसायीलाई हौसला प्रदान गर्न सघाउ पुग्ने उनको बुझाई छ । व्यवसायिक वातावरणमा आँच आयो भने देशको अर्थतन्त्र र जनजीवनमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस तर्फ राज्य र सरोकारवाला सबैले ध्यान पुर्याउन जरुरी रहेको उनको भनाई छ ।

    गुप्ताको उम्मेदवारी र वचनबद्धता

    सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
    महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन । भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ ।भिजनरी बिजनेश लिडरका रुपमा हेरिदै आईएका सुबोध कुमार गुप्ता देशको समृद्धि हासिल गर्न सकिने क्षेत्रमा कृषि रहेको औंल्याउछन् ।

    नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत निति र असहयोगका कारण उद्योग कारखानाका लागी चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायीमा रहेको उनको भनाई छ ।

    पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन रहेको अवस्था औल्याउदै तराई मधेश क्षेत्रमा भएको जमिनको खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । फलत: हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन नसकिरहेको उनको दाबी छ ।

    यसर्थ पनि उत्पादनशिल क्षेत्रको पहिचान र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले काम गर्नुपर्ने उनको धारणा छ । यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउदै देशलाई औद्योगिक क्रान्ति तर्फ अघि बढाउन र कोभिड पस्चात सिर्जित परिस्थितीबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफु सधैं अग्रसर रहने वचनबद्धता उनले व्यक्त गरेका छन् ।

    गुप्ताको उम्मेदवारी र वचनबद्धता

    सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
    महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन । भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ ।भिजनरी बिजनेश लिडरका रुपमा हेरिदै आईएका सुबोध कुमार गुप्ता देशको समृद्धि हासिल गर्न सकिने क्षेत्रमा कृषि रहेको औंल्याउछ ।

    नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत निति र असहयोगका कारण उद्योग कारखानाका लागी चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायीमा रहेको उनको भनाई छ ।

    पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन रहेको अवस्थामा तराई मधेश क्षेत्रमा भएको जमिनको खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । फलत: हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन नसकिरहेको उनको दाबी छ ।

    यसर्थ पनि उत्पादनशिल क्षेत्रको पहिचान र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले काम गर्नुपर्ने उनको धारणा छ । यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउदै देशलाई औद्योगिक क्रान्ति तर्फ अघि बढाउन र कोभिड पस्चात सिर्जित परिस्थितीबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफु सधैं अग्रसर रहने वचनबद्धता उनले व्यक्त गरेका छन्

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.